समाचारमा बालबालिका

त्रिशूलीमा बेपत्ता भएका किशोरको चार दिनपछि शव फेला

https://www.onlinekhabar.com/2021/05/950851 २०७८ वैशाख २०

त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको चार दिनपछि शव फेला परेको छ । भरतपुर महानगरपालिका–१ स्थित त्रिशूलीमा पौडी खेल्ने क्रममा यही वैशाख १७ गतेदेखि बेपत्ता भएका युवकको शव सोमबार फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई भरतपुर महानगरपालिका–१ रामनगरमा रहेको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोष भनिने चामबहादुर सुनारी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

ठिमुरास्थित नदीमा पौडी खेल्ने क्रममा बेपत्ता उनको घटनास्थलबाट ६ सय मिटर नारायणगढतर्फ शव फेला परेको हो ।