घटना, सूचना र समाचार

आमासहित छोराछोरी मृतावस्थामा भेटिए

https://ratopati.com/story/182251/2021/5/25/death जेठ ११, २०७८

प्युठानमा  एकाघरका आमा सहित छोराछोरी मृतावस्थामा जङ्गलमा भेटिएका छन् । प्युठान नगरपालिका –२  चितिखोलाका २६ वर्षीया गायत्री सुनार, उनीका दुई वर्षीय छोरा र  पाँच वर्षीया छोरी आज मृत भेटिएका हुन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार प्युठान नगरपालिका– १ स्थित चेरनेटा नजिकका जङ्गलमा झुण्डिएको अवस्थामा तीनैजनालाई  फेला परेको हो । 

Read More

बर्दियामा हात्ती आक्रमणबाट आमा छोरीको मृत्यु

http://annapurnapost.com/news/180325 ११ जेठ २०७८

गुलरिया : बर्दियाको गेरुवा गाउँपालिका ११ स्थित आफ्नै घर अगाडि बसेका आमा छोरीको हात्ती आक्रमणबाट मृत्यु भएको छ । खाना खाएर सानी छोरी सहित घर अगाडि बसिरहेकी ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र ३ वर्षीया छोरी दीपिका विकको उपचारका क्रममा मृत्यु भएको हो ।

Read More

स्कुल जाँदैनन् बंगेरीका बालबालिका

https://ekantipur.com/pradesh-3/2020/10/15/160274320962039783.html, आश्विन २९, २०७७

बङगेरी, (हेटौंडा) — सिलाबरको थोत्रो थाल । त्यसैमा निस्तो ढिँडो खाइरहेका छन् बालबालिका । छेवैमा छन्, आमा सुविना र बाबु सोमबहादुर चेपाङ ।

भर्खर २७ वर्ष पुगिन् सुविना । यही उमेरमा उनका ६ सन्तान छन्, एकदेखि १२ वर्षसम्मका । त्यसो त उनले ९ वटा बच्चा जन्माएकी हुन् । तीन जना जोगिएनन् । ती सबैको झाडापखालाले ज्यान गएको सुविना बताउँछिन् ।

मंगलबार बिहान यो चेपाङ दम्पती छोराछोरीलाई ढिँडो खुवाएर मजदुरीमा निस्कने हतारोमा थियो । उनीहरूले दुई माना मकैको पिठोको ढिँडो पकाएर ८ जनाले भाग लगाए । तरकारी थिएन । चोप्ने नुनखुर्सानीसम्म नि थिएन । बिहान ८ बजे खाएको यही ढिँडोले बेलुकीसम्म धान्नुपर्छ ।

बेलुकी आमाबाबुले ज्यालाबनी गरेर पिठो ल्याए बच्चाबच्चीको पेटमा पर्छ । नत्र भोकै सुत्नुपर्छ । त्यसैले उनीहरू सबै जना कुप्रोषणले ग्रस्त भएझैं देखिन्छन् । पिँडुला साना, पेट ठूलो छ । उनीहरूका आङमा कपडा त छ, तर सबै च्यातिएको । त्यसमाथि मयल कटकटिएको छ ।

Read More

चाइल्ड केयर बालगृह संस्थामा आश्रीत बालिकाहरूको उद्धार

कपनस्थित चाइल्ड केयर बालगृह संस्थामा आश्रीत बालिकाको विषयमा राष्ट्रिय बाल अधिकार परिषद्ले मिति २०७७/०४/१८ गते आइतबार देखि नै नेपाल प्रहरीसँग  समन्वय गरी आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएकोमा मिति २०७७/०४/२१ गते उक्त संस्थामा आश्रीत अन्य बालबालिकाको संरक्षण र कानून विपरित कार्य गर्ने संस्था सञ्चालकको विरूद्धमा कारवाही अगाडी बढाएको छ ।  

Read More

बालगृहमै ‘शोषण’

http://annapurnapost.com/news/162967

समाज

 २२ साउन २०७७ ०८:४०:००

घटना–१

राष्ट्रिय बालअधिकार परिषद्मा २०७६ भदौ सुरुमा एउटा यस्तो सूचना आयो जुन यस्तो थियो– ‘बाफलस्थित नमुना प्रगतिशील महिला समाजमा आश्रित बालबालिकामाथि यौन दुर्व्यवहार भएको छ।’ तब परिषद् र प्रहरीको टोली भदौ ४ गते उक्त बालगृह अनुगमनमा पुग्यो। उक्त बालगृहलाई सञ्चालकले होस्टेलका रूपमा पनि प्रयोग गर्दै आएको पाइयो। त्यहाँ आश्रित बालबालिकालाई आधारभूत सुविधा उपलब्ध थिएन। त्यहाँ रहेका बालबालिकाले अनुगमन टोलीसमक्ष आफूहरूमाथि यौन दुर्व्यवहार भएको बताए।

बालगृह सञ्चालकले संवेदनशील ठाउँमा छुने गरेको गुनासो गरे। त्यसपछि यौन दुर्व्यवहार गरेको आरोपमा सञ्चालकलाई गिरफ्तार गरियो। अनुगमन टोलीले ९ बालबालिकाको उद्धार गर्‍यो, जसमध्ये ४ बालक र ५ बालिका थिए। रेकर्डमा भएका ६ जना भने बालगृहबाट गायब थिए। 

घटना–२
रूपन्देही कोटिहवास्थित अविनाश अनाथ आश्रमका कर्मचारीले २०७० सालमा एउटा सूचना पठाए। सूचना थियो– ‘आश्रमका बालबालिकामाथि यौन दुर्व्यवहार हुने गरेको छ।’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका कर्मचारीसहितको टोली रूपन्देही पुग्यो। टोलीले त्यहाँ रहेका बालबालिका असुरक्षित रहेको निष्कर्ष निकाल्यो। उक्त आश्रममा रहेका ८ बालबालिकाको उद्धार गरियो, जसमा ३ बालक र ५ बालिका थिए। आश्रम सञ्चालकविरुद्ध प्रहरीले कारबाही अघि बढायो। त्यहाँबाट उद्धार गरिएका बालबालिकालाई हिमाली नवीन समाज पासिकोटमा राखिएको परिषद्को विवरणमा उल्लेख छ। 

 

 

Read More

राष्ट्रिय बाल अधिकार परिषदमा कार्यकारी निर्देशक र सदस्यको स्वागत तथा पदबहाली कार्यक्रम

राष्ट्रिय बाल अधिकार परिषदमा कार्यकारी निर्देशक र सदस्यको स्वागत तथा पदबहाली कार्यक्रम

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५९(१) बमोजिम स्थापित राष्ट्रिय बाल अधिकार परिषदमा बालबालिका सम्बन्धी (दोस्रो संसोधन) नियमावली, २०५१ को नियम ३ को उपनियम (१) को खण्ड (ण) बमोजिम नेपाल सरकारबाट मनोनित हुनु भएका परिषद्का ४ जना सदस्यज्यूहरु तथा नियम ६ को उपनियम (२) बमोजिम नियुक्त हुनु भएका कार्यकारी निर्देशकज्यूलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री तथा परिषद्का अध्यक्ष श्री पार्वत गुरूङज्यूबाट मिति २०७७।०४।१६ गते स्वागत तथा पदबहाली कार्यक्रम सम्पन्न भएको छ । परिषद्का सदस्यहरूमा श्री विमला ज्ञवाली, श्री भिमलाल गुरूङ, इन्दिरा योञ्जन र सुन्दर बिकलार्इ मनोनयन गरिएको छ भने कार्यकारी निर्देशकमा बाल अधिकारको क्षेत्रमा लामो समयदेखि अनुभव प्राप्त व्यक्ति श्री मिलन राज धरेल नियुक्त हुनुभएको छ ।

परिषद्को सभाहलमा आयोजित कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री यामकुमारी खतिवडा (बास्कोटा), समाज कल्याण परिषद्का सदस्य सचिव श्री पुस्कर खाती,  महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह–सचिव श्री बुद्ध बहादुर गुरूङ, महिला तथा बालबालिका विभागका महानिर्देशक श्री रोशनी श्रेष्ठ लगायत विभिन्न सञ्जाल तथा संघसंस्थाका प्रमुख, प्रतिनिधि, परिषद्का कर्मचारीहरु र पत्रकारको उपस्थिति रहेको थियो । पदबहाली कार्यक्रममा नवनियुक्त कार्यकारी निर्देशकज्यूले राष्ट्रिय बाल अधिकार परिषद्ले आगामी दिनमा देखिने गरी बालबालिकाको हातैमा पुग्नेगरि कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सो कार्यक्रमको अन्त्यमा माननीय मन्त्रीज्यूले विविध समस्याका बावजुद पनि परिषद्ले धैर्यताका साथ बाल अधिकारको क्षेत्रमा गर्दै आएको र अब परिषद्ले पूर्णता पाएको हुँदा आगामी दिनमा नेपालमा बाल अधिकार सुनिश्चितका लागि परिपद्को नेतृत्वले दृढ भएर अघि बढ्ने विश्वास व्यक्त गर्नु भयो र कार्यकाल सफलताको शुभकामना दिदै कार्यक्रमको समापन गर्नुभयो ।

Type the text here

Read More

राष्ट्रिय बाल अधिकार परिषद्का नव मनोनित सदस्यहरूलाइ परिषद्को बारेमा जानकारी

राष्ट्रिय बाल अधिकार परिषद्का मनोनित सदस्यज्यूहरूलाइ मिति २०७७/०४/१८ गते नेपालमा बालबालिकाको अधिकारको सम्मान, संरक्षण, परिपुर्ति तथा पालनाका लागि हालसम्म भएका कानूनी तथा नीतिगत व्यवस्था, परिषद्को काम, कर्तव्य र अधिकार, हालसम्म परिषदबाट हुँदै आएका बालबालिकासम्बन्धी काम-कारवाहीहरू तथा आगामी दिनमा परिषदबाट गर्नुपर्ने कार्यहरू लगायतका विषयमा परिषद्को कार्यालयमा अभिमूखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । 

Read More

बालबालिका बिक्री गर्ने राज्य : एक बालबालिकाबराबर आठ हजार डलरसम्म असुल गरेर सरकारले १८ वर्षमा १९ सय एक बालबालिका विदेश पठायो

https://www.nayapatrikadaily.com/news-details/48229/2020-07-30

नेपाल सरकार र नेपाल बाल संगठनले मिलेर  पछिल्लो १८ वर्षमा १९ सय एक बालबालिकालाई धर्मपुत्र/पुत्रीको रूपमा विदेश पठाएका छन् । एक बालबालिकाबराबर आठ हजार डलरसम्म लिएर सरकारले तीन हजार र संगठनले पाँच हजार डलरसम्म भागबन्डा गर्दै आएका थिए । सरकार र संगठनले नौ सय ३४ बालबालिका पठाएको अभिलेख राखे पनि हिसाब–किताब दुरुस्त छैन । अझ, यसरी नैपठाइएका थप नौ सय ६७ बालबालिकाको त अभिलेखसमेत छैन ।

उच्च अदालतका पूर्वन्यायाधीश हरिबहादुर भट्टराईको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन आयोगले धर्मपुत्र/पुत्री दिँदा हुने आम्दानीमा तत्कालीन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र संगठनका पदाधिकारीहरूले ठूलो अनियमितता गरेको औँल्याएको छ । संगठनले साढे तीन करोड र मन्त्रालयले अढाई करोडको हिसाब नै नराखेको छानबिन प्रतिवेदनमा उल्लेख छ । 

Read More

वर्षायाममा बालबालिकामा झाडापखाला

वर्षायाममा खाना र पानीजन्य ब्याक्टेरियाका कारण बालबालिकालाई झाडापखाला हुन्छ । भाइरस, ब्याक्टेरिया र परजीवी किराका कारण झाडापखाला लाग्छ, जुन फोहोर खानेकुरा र दूषित पानीमा हुन्छन् । कोभिड-१९ को पनि एउटा लक्षण झाडापखाला हो । विषाक्त खानाका कारण पनि यस्तो समस्या आउँछ । झाडापखाला सर्ने तरिकालाई चिकित्सकीय भाषामा ‘फिको ओरलरुट’ भनिन्छ ।

Read More

प्रेस विज्ञप्ति (२०७६/९/२०) बाल अधिकारको स्थिति सम्बन्धी अन्तर्क्रिया कार्यक्रम

नेपालको संविधानमा मौलिक हक र कर्तव्य अन्तर्गत रहेका विभिन्न धाराहरू र विशेष गरी धारा ३९ मा बालबालिकाको हक तथा धारा ५१ मा राज्यका नीतिहरू मध्ये खण्ड (ञ) को उपखण्ड (५) मा बालबालिकाको सर्वोत्तम हितलार्इ प्राथमिक रूपमा ध्यान दिने संवैधानिक व्यवस्था रहेको  छ।बालबालिका सम्बन्धी ऐन, २०७५ को प्रस्तावनामा बालबालिकाको अधिकारको सम्मान, संरक्षण, प्रवर्धन र परिपूर्ति गरी सर्वोत्तम हित कायम गर्ने, दफा ३ देखि दफा १५ सम्म विभिन्न एक्काइस वटा बाल अधिकारहरू, दफा १६ मा सर्वोत्तम हितलार्इ प्राथमिकता दिने, दफा, १७,१८ र १९ मा बालबालिकाप्रति परिवार वा संरक्षक, राज्य र सञ्चार क्षेत्रको दायित्व हुने, बाल अधिकारको  उल्लङ्घन गर्ने वा बालबालिकाप्रतिको दायित्व पूरा नगर्ने व्यक्ति, संस्था वा निकायका प्रमुखलार्इ सचेत तथा सजाय गरी बाल अधिकारको प्रचलन गराउने अधिकार सम्बन्धित स्थानीय तहको न्यायिक समिति तथा उच्च अदालतमा रहने लगायतका मुख्य कानूनी व्यवस्थाहरू उल्लिखित ऐनमा रहेको छ । 

Read More

सडक बालबालिकाको क्षेत्रमा क्रियाशील सेवा प्रदायक संघ संस्थाहरू सूचीकृत हुन आवेदन आव्हान गरिएको सम्बन्धी सूचना

सडक बालबालिका उद्धार, संरक्षण तथा व्यवस्थापन सम्बन्धी एकीकृत कार्यविधि, २०७६ बमोजिम सडक बालबालिकाको पहिचान, उद्धार, संरक्षण तथा व्यवस्थापन, पुनर्स्थापना, मनोविमर्श, सामाजिकीकरण, पारिवारिक पुनर्मिलन तथा पुनर्एकीकरण, रोकथाम तथा सचेतना सम्बन्धी कार्यक्रम सम्बन्धित स्थानीय तह, प्रदेश र संघ तथा तीनै तहमा रहेका सम्बन्धित सरोकारवाला निकाय तथा संघ संस्था बीचको समन्वय, सहयोग र सहकार्यमा सञ्चालन गर्न गराउन नेपाल राज्यभरी सडक बालबालिकाको क्षेत्रमा क्रियाशील रहेका सम्पूर्ण सेवा प्रदायक संघ संस्था तथा बाल गृहहरूले आ(आफ्नो संघ संस्थाको क्षमता, जनशक्ति, उपलब्ध सेवा सुविधा, सञ्चालित कार्यक्रम र आर्थिक स्रोत साधन व्यवस्थापन आदिको तथ्याङ्क विवरण सहित यस परिषद्‍मा सूचीकृत हुन यहीं मिति २०७६ सालको मंसिर २६ गतेभित्र आइपुग्ने गरी आवेदन दिनुहुन यसै सूचनाद्वारा जानकारी गरिएको व्यहोरा अनुरोध छ।

Read More

राष्ट्रिय बाल अधिकार परिषद्मा अध्यक्षज्यूको स्वागत कार्यक्रम

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५९(१) बमोजिम रहने राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष एवम् महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका नव नियुक्त माननीय मन्त्री श्री पार्वत गुरुङ्गज्यूलाई मिति २०७६/८/१० गते राष्ट्रिय बाल अधिकार परिषद्मा स्वागत गरी परिषद्बाट सञ्चालित कार्यक्रम बारे जानकारी गरियो।

Read More

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस भव्यताका साथ सम्पन्न

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्ले संयुक्त रुपमा ३० औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस यहि २०७६ मङिसर ४ (नोभेम्वर २०) गते भव्य समारोहका बीच नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन, २०७६ सार्वजनिक गरी मनाएको छ।

Read More

बालगृहमा रहेका बालबालिकाको तथ्याङ्क विवरण अद्यावधिक गरी पठाउने सम्बन्धी सूचना

बालगृहमा रहेका बालबालिकाको तथ्याङ्क विवरण अद्यावधिक गरी पठाउने सम्बन्धी सूचना

Read More

राष्ट्रिय बाल दिवस २०७६ मूल समारोह सम्पन्न

“सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०७६ देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको  छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को संयुक्त आयोजनामा भदौ २९ गते राष्ट्रिय बाल दिवस २०७६ मूल समारोह भव्यताका साथ सम्पन्न भएको छ।

Read More

जोखिमपूर्ण अवस्थामा राखिएका ९ बालबालिकाको उद्धार

मिति २०७६ साल भदौ ४ गते राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वमा महानगरीय प्रहरी वृत्त, स्वयम्भु, बालबालिका खोजतलास समन्वय केन्द्र १०४, नागार्जुन नगरपालिका४ नं. वडा कार्यालय, बाल हेल्पलाइन १०९८ तथा स्थानीय प्रतिनिधिहरुको समन्वय र सहकार्यमा काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ४ सितापाईला, ख्वपाटोल स्थित एक घरमा“नमुना प्रगतीशिल महिला समाज रयुवा सामुदायिक सेवा केन्द्र”द्धारा अत्यन्तै जोखिमपूर्ण अवस्थामा राखिएका ४ बालक र ५ बालिका गरी जम्मा ९ जना बालबालिका उद्धार गरिएको छ।

Read More

राष्ट्रिय बाल अधिकार परिषद्को समुद्घाटन समारोह

मिति २०७६/३/१ गते बुधबारका दिन एक भव्य समारोहका बीच माननीय मन्त्री श्री थममाया थापाज्यूबाट राष्ट्रिय बाल अधिकार परिषद्को समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री चन्द्र कुमार घिमिरेज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री श्री थममाया थापाज्यूको प्रमुख आतिथ्यता, राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य श्री मोहना अन्सारीज्यू, नागरिक समाजका प्रतिनिधि एवम् बालअधिकारकर्मी श्री गौरी प्रधानज्यू, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह सचिव श्री बीर बहादुर राईज्यू, प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरिक्षक श्री पिताम्बर अधिकारीज्यू, केन्द्रीय बाल कल्याण समितिका पूर्व अध्यक्ष श्री डिल्लीराम गिरीज्यू, केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद भुसालज्यू  लगायतको आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु, बालबालिका, बालअधिकारकर्मी एवम् पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Read More

बालसम्वेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ सम्बन्धी निवेदन

बालसम्वेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ सम्बन्धी निवेदन

Read More

बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार सम्बन्धी जरुरी सूचना

नेपाल पत्रकार महासंघ र केन्द्रीय बालकल्याण समितिको सहकार्यमा बालअधिकार संरक्षण तथा सम्वद्र्धनको विषयमा रिपोर्टिङ्ग गर्ने पत्रकारलाई पुरस्कारद्वारा सम्मानित गरिने भएको छ।

Read More

दर्ता नगरेको बाल गृहबाट १९ जना बालबालिकाको उद्धार

यहीं मिति २०७६/१/२३ गते सोमबारका दिन केन्द्रीय बाल कल्याण समितिको कार्यालय, नेपाल प्रहरी महाराजगंज वृत, बुढानीलकण्ठ नगरपालिका वडा नं. ८ समिति र बालबालिका खोजतलास समन्वय केन्द्र लगायत यस क्षेत्रमा कार्यरत संघसंस्थाहरुको संयुक्त पहलमा काठमाडौंको गोल्फुटारस्थित न्यू कर्णाली होस्टलमा रहेका १९ जना बालबालिकालाई उद्धार गरिएको छ।

Read More