समाचारमा बालबालिका

जंगलमा किशोर-किशोरीको शव फेला

https://ekantipur.com/pradesh-7/2020/10/31/16041240289323554.html, कार्तिक १५, २०७७

 

कञ्‍चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जंगलमा शनिबार बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जंगलमा कैलालीको गोदावरी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो ।

दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको र शनिबार बिहान जंगलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । 'दुवै जना २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ,' प्रवक्ता थापाले भने, 'घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ ।'

Read More

कोरोनाबाट इलामकी ८ वर्षीया बालिकाको मृत्यु

https://www.onlinekhabar.com/2020/10/903982, २०७७ कार्तिक १ गते १ कात्तिक, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट इलामकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ । सूर्याेदय नगरपालिका- १२ की उनलाई चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको दुबै मृगौलाले काम गर्न छाडेकाले विराट मेडिकल कलेजले काठमाडौं लैजान रिफर गरेको आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए । Read More

कर्णालीमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण

https://www.onlinekhabar.com/2020/07/883719

७ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा तीनजना बालबालिकासहित २२ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Read More

विश्वमा बालबालिका हेरचाहको अवस्था नाजुक : युुनिसेफ

http://annapurnapost.com/news/161821, ०७ साउन २०७७ १३:४०:००

संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको बताएको छ । विश्वमा जारी रहेको कोरोना भाइरसको संकटका कारण यस्तो अवस्था रहेको मंगलबार युनिसेफले जनाएको हो । बालबालिकाले प्रारम्भिक शिक्षा लिने र उनीहरुको राम्रो हेरचाह र रेखदेख गर्नुपर्ने अवस्थामा ह्रास आएको युनिसेफको भनाई छ ।

संयुक्त राष्ट्रसंघले नै हालैमात्र विश्वका कम्तीमा पनि ४ करोड बालबालिकाले प्रारम्भिक शिक्षा लिने, विद्यालय जाने र खेल्ने लगायतको वातावरण नपाएको अथवा यस्ता कार्यबाट बालबालिका वञ्चित हुन पुगेका उक्त प्रतिवेदनमा जनाइएको थियो ।

Read More

बालिकाले कानमा लगाएको मुन्द्रा दिउँसै लुटियाे

https://www.onlinekhabar.com/2020/07/882978

अनलाइनखबर, २०७७ साउन ५ गते ७:३० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गल्कोपाखास्थित बागमती ड्राईभिङ सेन्टर नजिक बालिकाले कानमा लगाएकाे सुनकाे मुन्द्रा दिउँसै लुटपाट भएकाे छ ।

कास्की घर भई काठमाडौं महानगरपालिका-२६ कपुरधारा बस्ने २ जना बालिकाले कानमा लगाएको करिब १ तोला बराबरको सुनको मुन्द्रा शनिबार दिउँसो लुटपाट भएको हाे । 

Read More

जुनीचाँदेमा छोरी जन्मिए रु १० हजार

https://www.imagekhabar.com/news/159425/

गाउँपालिकाले रु २० लाख विनियोजन गरी छोरी जन्मिएको घरलाई रु १० हजारका दरले उपलब्ध गराउँदै आएको छ । ‘छोरी बचाऊ, छोरी पढाऊ र छोरी बढाऊ’ भन्ने कार्यक्रम गरी छोरी जन्मिएको घरमा रु १० हजार रकम दिँदै आएको कावा अध्यक्ष आचार्यले बताइन ।

छोरीप्रति हेर्ने दृष्टिकोण बदल्नका लागि यो कार्यक्रम लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए ।

Read More

सेफ्टीले ल्यायो ‘स्कुल गर्ल’

https://www.onlinekhabar.com/2020/06/874779

५ असार ४, काठमाडौं । विद्यालयहरुमा सित्तैंमा स्यानिटरी प्याड वितरण गर्ने अभियानलाई मध्यनजर राखेर सेफ्टीले सरकारद्वारा जारी आवश्यक मापदण्डहरु अनुकूल हुने गरी यो नयाँ स्यानिटरी प्याड ‘स्कूल गर्ल’बजारमा ल्याएको छ ।

यो स्यानिटरी प्याडको लम्बाई २४० मिमि, मोटाई १३ मिमि र चौडाई ६५ मिमि छ । पर्याप्त सोस्ने क्षमता भएको र प्रयोग गरेपछि नष्ट गर्न मिल्ने तथा नेपालकै उत्पादन पनि हो ।
यो प्याड सरकारको निर्देशन अनुसारका गुणस्तरहरुमा आधारित रहेर उच्च मापदण्डको बनाइएको कम्पनीले बताएको छ ।

Read More

आधारभूत स्वास्थ्य सेवा अवरुद्ध

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,८ बैशाख, काठमाडौं ।

कोरोना भाइरसका कारण आधारभूत स्वास्थ्य सेवा प्रभावित भएको छ। लकडाउनका कारण ५० हजार बालबालिका नियमित खोप सेवाबाट वञ्चित भएका छन्। जन्मिएको १५ महिनामा १२ किसिमको खोप दिइन्छ।

Read More

र्‍यापिड टेस्ट पोजिटिभ देखिएका बालकको पीसीआर टेस्ट निगेटिभ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ बैशाख, मलंगवा ।

तीन दिन अगाडि र्‍यापिड टेस्टमा पोजिटिभ देखिएका सर्लाहीको धनकौल गाउँपालिका ५ का १४ वर्षीय बालकको पीसीआर टेस्ट रिपोर्ट निगेटिभ देखिएको छ । चैत्र २३ गते भारतको राजधानी दिल्लीबाट घर आएका बालकको टेकुमा आइतबार स्वाब परीक्षण गरिएको हो। स्वाब परीक्षणमा बालकको रिपोर्ट निगेटिभ आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिए।

Read More

अज्ञात रोगले गाउँ नै थला

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० फागुन, डोल्पा ।

अज्ञात रोगले गाउँ नै थला परेको छ। त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित करेलीकाँडा गाँउमा अज्ञात रोगको संक्रमण फैलिएको हो। गाउँका ४० जनाभन्दा बढी बिरामी भएका छन्। गाउँका सबै परिवारमा एक जना बिरामी रहेको स्थानीय सुवास लामाले जानकारी दिए।

Read More

कुपोषणबाट जोगाउन बच्चालाई अन्डा

नागरिक न्युजमा प्रकाशित,१९ फागुन, रसुवा ।

रसुवाको उत्तरगया गाउँपालिका–५ कैदलटारकी लक्ष्मी पौडेल आफू र आफ्नो बच्चाको स्वास्थ्यप्रति निकै सचेत छिन्। उनले आफ्नो बच्चालाई ६ महिना स्तनपान मात्र गराइन्। त्यसपछि दूधसँगै खाना थपेर अन्डासमेत मिसाएर खुवाउन थालिन्। ‘बच्चाले दिनहुँ अन्डाको एकैखालको परिकार खान मान्दैन,’ उनले भनिन्, ‘त्यसकारण विभिन्न परिकार बनाएर खुवाउँछु।’ कहिलेकाहीं बच्चालाई अमलेट खुवाउने उनले कहिलेकाहीं भने केराको खीरमा उसिनेको अन्डा मिसाएर दिने गरेकी छन्।

Read More

पहिलो चरणको दादुरा-रुवेला खोप अभियान सुरु

रातोापाटीमा प्रकाशित,१ फागुन, काठमाडौं ।

सरकारले दादुरा-रुवेला खोप अभियान अन्तर्गत पहिलो चरणको खोप अभियान बिहिबारबाट सुरु गरेको छ । यस अभियानमा फागुन महिनाभर ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ जना बालबालिकालाई खोप दिन लागिएको हो । दुई चरणमा सञ्चालन गरिने यो अभियान पहिलो चरणमा प्रदेश नम्बर एक, दुई र पाँचका ३५ जिल्लामा सुरुवात गरिएको हो ।

Read More

बुटवलमा एकै दिन तीन हजार बालबालिकालाई दादुरा रुबेलाको खोप

अनलाइनखबरमा प्रकाशित,१ फागुन, बुटवल ।

बुटवलमा एकै दिन तीन हजार जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको छ । बुटवल उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखाले दिएको जानकारी अनुसार बिहीबार तीन हजार सात सय जना बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाइएको हो । साथै तीन हजार आठ सय जनालाई पोलियो थोपा खुवाइएको महाशाखाले जनाएको छ । पहिलो दिनको अभियानमा नै उत्साहजनक सहभागिता देखिएको महाशाखाले जनाएको छ।

Read More

स्थानीय उत्पादन खान नजान्दा कुपोषण

गोरखापत्र अनलाइनमा प्रकाशित,१ फागुन, डडेलधुरा ।

किशोर उमेरमै पहिलो पटक आमा बनेकी रेवती सार्कीको पहिलो सन्तान तीन वर्षका भए । नौ महिनाअघि दोस्रो पटक उहाँले एकै पटक एक छोरा र एक छोरीलाई जन्म दिनुभयो । स्वस्थ जन्मिएका जुम्ल्याहामध्ये अहिले छोरीलाई कुपोषण भयो । छोरा भने स्वस्थ र निरोगी छन् । कुपोषण भई तौल कम भएकी पाँच किलोग्रामकी छोरीसहित सार्की यति बेला पोषण पुनस्र्थापना केन्द्रमा हुनुहुन्छ।

Read More

पोषण र स्वास्थ्य सुधारका लागि ‘स्वस्थ बच्चा प्रतिस्पर्धा

नागरिक न्युजमा प्रकाशित,२० माघ, धादिङ ।

खानपान, स्वास्थ्य जाँच, सरसफाइमा ध्यान नपु(याउँदा धेरै बालबालिका कुपोषणको सिकार भएका छन्। मातृशिशु स्वास्थ्यमा आवश्यक लगानी र हेरचाह नहुँदा बालबालिकाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। पोषण र स्वास्थ्यमा सुधारका लागि धादिङमा ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ कार्यक्रम सञ्चालन गरिएको छ। जिल्लाको दक्षिणी भेगको गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न ठाउँमा आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिई कार्यक्रम सञ्चालन गरिएको हो।

Read More

बाल स्वास्थ्य कार्डको महत्व बुझ्दै अभिभावक

नागरिक न्युजमा प्रकाशित,१९ माघ, रसुवा ।

गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका प्रमोदकुमार तितुङको बच्चा १६ महिना पूरा भइसकेको छ । उनले बच्चालाई लगाउनुपर्ने सबै खोप लगाइसके । बच्चाले पूर्ण खोप पाएसँगै विभिन्न रोगबाट बच्नेमा उनी ढुक्क छन् । उनले आफ्नो बच्चाको स्वास्थ्य अवस्थाबारे बाल स्वास्थ्य कार्डबाट थाहा पाएको बताए । ‘बच्चाको नियमित जाँच गर्न तथा खोप लगाउन परिवारका अरू सदस्य पनि जान्छन्,’ उनले भने, ‘यो कार्ड हेरेपछि बच्चाको अवस्था थाहा हुन्छ ।

Read More

पाल्पामा घटेन बाल मृत्युदर

कान्तिपुरमा प्रकाशित,३ पुष, पाल्पा ।

रैनादेवी छहरा–२, सोमादी ताङसियल गाउँका चन्द्रबहादुर र लक्ष्मी नेपालीका छोरा प्रेमबहादुरको जन्मेको ४९ दिनमै मृत्यु भयो । मंसिर १३ मा उनको मृत्यु भएको हो ।पहिलो खोप लगाई पोलियो थोपा खुवाएर घर ल्याएको राति नै छोराको मृत्यु भएको आमा लक्ष्मीले बताइन् । लक्ष्मीले सात महिना नपुग्दै मिसन अस्पतालमा छोरा जन्माएकी थिइन्।

Read More

२७ प्रतिशत बालबालिका दादुरा खोपबाट छुटे

नागरिक न्युजमा प्रकाशित,२ पुष, काठमाडौं ।

बालबालिका १५ महिना पुगेपछि दिइने दादुरा–रुबेला खोपबाट २७ प्रतिशत बालबालिका छुटेका छन्। सोमबार परिवार स्वास्थ्य महाशाखा, बाल स्वास्थ्य शाखाले अन्य नियमित खोपको तुलनामा यो खोपबाट बढी बालबालिका छुटेको जनाएको छ। नेपालमा प्रति वर्ष ६ लाख २० हजार बालबालिका नियमित खोप लिने उमेर समूहका बालबालिका रहेका छन्।

Read More

निमोनियाले गुम्दै बालबालिका स् गत वर्ष मात्र तीन सय जनाको मृत्यु

कान्तिपुरमा प्रकाशित,२८ कात्तिक, काठमाडौँ।

सरकारले वार्षिक ४ अर्ब खर्चिए पनि अझै बालबालिकाले निमोनियाबाट ज्यान गुमाइरहेका छन् । गत वर्ष मात्र ३ सय बालबालिकाको निधन भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार गत वर्ष देशभरका स्वास्थ्य संस्थामा १ हजार २ सय बालबालिकाको उपचारकै क्रममा ज्यान गएको थियो। तीमध्ये ३ सयको मृत्युको कारण निमोनिया हो।

Read More

नगरपालिकाभित्रैकै बालबालिका खोपबाट वञ्चित

नागरिक न्युजमा प्रकाशित,४ कात्तिक, मुगु ।

जन्मिएदेखि १५ महिनासम्मका बालबालिकाले विभिन्न रोगविरुद्ध लगाउने सात वटा खोप नगरपालिकाका केहि बस्तीका बालबालिकाले पाएका छैनन्। छायानाथ रारा नगरपालिका–१३ लापु गाउँकी २२ वर्षिया कमला विक र २५ वर्षिया गिता विक पिठ्युउमा काखे नानी बोकेर आइतबार जिल्ला स्वास्थ्य सेवा कार्यालयतर्फ आउँदै थिइन्।

Read More