समाचारमा बालबालिका

बिहेमा बाँडिएको चकलेट टिप्न जाँदा बालिकाको मृत्यु

https://www.setopati.com/social/268842 वैशाख १२

बिहेमा बाँडिएको चकलेट टिप्न जाँदा सर्लाहीको बसबरिया गाउँपालिकामा एक बालिकाको मृत्यु भएको छ।

सर्लाहीको बसबरिया गापा–४ धनगढामा आज चकलेट टिप्न जाँदा डिजेसहितको रथले किचिएर गोडैता नगरपालिका–१० सिसौटिया निवासी प्रेम पण्डितकी करिब ७ वर्षीया छोरी लक्ष्मी पण्डितको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

Read More

जुम्लाको कुडारीमा आगलागी हुँदा एकै परिवारका चार बालवालिकाको मृत्यु

https://www.setopati.com/social/268466 वैशाख १०

जुम्लामा घरमा आगलागी हुँदा चार बालवालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका–३ कुडारीस्थित सार्कीवाडामा मानसिंह सार्कीको घरमा आगलागी भएको हो।

Read More

महोत्तरीमा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु

https://www.setopati.com/social/268515  वैशाख १०

महोत्तरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। 

धनुषा घर भई महोत्तरी भंगहा नगरपालिका-६ हातिसर्वा मामा घर बस्दै आएका राम आशिष महतोका १० वर्षीय छोरा शिवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। 

Read More

पाल्पाकी बालिकालाई काठमाडौं लगेर बलात्कार गरेको अभियोगमा पक्राउ

https://ratopati.com/story/233690/2022/4/20/arrested बैशाख ७, २०७९

केही दिनअघि पाल्पाबाट हराएकी एक १३ वर्षिया बालिका बलात्कृत भएको खुलेको छ ।  ती बालिकालाई  काठमाडौं पुर्याएर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । 

 
Read More

माडीमा छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

https://www.onlinekhabar.com/2022/03/1096661?utm_source=Facebook&fbclid=IwAR1pqGCKObcH_iU9cD9FBlX-HFu0Vb1Jw_nNXEDmp-4jSAUjVSezqGe9LxE २०७८ चैत ७

चितवनको माडीमा एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

Read More

१८ महिनाकी बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ

https://www.setopati.com/social/264542 फागुन २९

१८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी ती बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।

Read More

कपिलवस्तुमा एक १२ वर्षीया बालिकाको हत्या, आमा पक्राउ

https://ratopati.com/story/224575/2022/3/5/murder-of-girl फागुन २१, २०७८

कपिलवस्तुमा एक बालिकाको हत्या भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–१ उत्तमनगरमा सीता नेपालीकी १२ बर्षीया छोरीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले सीता नेपालीलाई प्रहरीले पक्राउ गरेको  छ ।

 
Read More

दुई बालिकासहित एक किशोरी बलात्कृत

https://ratopati.com/story/224641/2022/3/5/rape- दुई बालिकासहित एक किशोरी बलात्कृत

दैलेखमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चामुनण्डाबिन्दाशैनी नगरपालिका-४ नाओ बस्ने २४ वर्षीय नबिन शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । नबिनले आफ्नै घरमा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जम्बुकाधबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

Read More

नारायणी नदीमा डुबेर दुई जना बालकको मृत्यु

https://www.setopati.com/social/263685 फागुन १९

नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेका दुई जना बालकको मृत्यु भएको छ।

भरतपुर-७ विशालचोक बस्ने १० वर्षीय विधान गौतम र पहिचान नखुलेका अन्दाजी ११/१२ वर्षका बालक बिहीबार दिउँसो नदीमा डुबेको अवस्थामा भेटिएका थिए। 

 

Read More

साङ्लोमा ९ वर्षीय बालक

https://www.setopati.com/social/263625 फागुन १९

झापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ।

केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो।

 

Read More

बालिका बलात्कारपछि हत्या प्रकरण : बेल्टको बक्कल र कडीले पत्ता लगायो आरोपी

https://ratopati.com/story/223439/2022/2/27/arrest फागुन १५, २०७८

बालिकाले लगाएको बेल्ट र कडीको पहिचानपछि मोरङको लेटाङ–८ ज्यामिरेकी १२ वर्षीय करुणा राईको बलात्कारपछि हत्या गर्ने आरोपी पत्ता लगाएको छ । हत्यामा संलग्न ६३ वर्षीय दिपक गिरीलाई आज जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ । सो क्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले आरोपी पत्ता लगाउन दशी प्रमाणको रुपमा पहिलोपटक बेल्ट र कडी फेला परेको बताए ।

Read More

खेल्दै गरेका बालकको पानीको खाल्डोमा डुबेर मृत्यु

https://annapurnapost.com/news/death-accident-kids-197062  १२ फागुन २०७८

विराटनगर  : घरनजिकै खाल्डोमा जमेको पानीमा डुबेर बुधबार साँझ मोरङको जहदा गाउँपालिका–७ मझारेस्थित सिर्सियामा एकजना नाबालकको मृत्यु भएको छ । महेश हस्दाका ३० महिनाका छोरा रविन हस्दाको डुबेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए ।

Read More

घोडाबाट लडेर एक बालिकाको मृत्यु

https://www.setopati.com/social/262965 फागुन ११

सोलुखुम्बुमा घोडाबाट लडेर एक बालिकाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा खुम्बु पासाङल्हामु गाउँपालिका-४ की ८ वर्षीया सोनाम छुटिन शेर्पा छिन्।

Read More

उदयपुरमा तीन बालिका आफन्तबाटै बलात्कृत

https://ratopati.com/story/222356/2022/2/22/rape-case-- फागुन १०, २०७८

उदयपुरमा तीन बालिका बलात्कृत भएका घटना सार्वजनिक  भएका छन् । बलात्कारमा परेका तीन बालिकामध्ये दुई जना गर्भवती भइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आरोपित तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

Read More

छोरीलाई बलात्कार गर्ने बाबुलाई ४३ वर्ष कैद सजाय

https://www.setopati.com/social/262814  फागुन १०

आफ्नी १४ वर्षीय छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत दैलेखले ४३ वर्ष कैद सजाय सुनाएको छ।

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको शुक्रबारको ईजलासले दैलेख सदरमुकाम नजिकैका ३९ वर्षीय ती बाबुलाई ४३ वर्ष कैद र एक लाख रूपैयाँ क्षतीपुर्तिको फैसला गरेको हो।

Read More

मेलम्चीका दुई वडामा १०४ गलैँचा बुन्ने बालश्रमिक

https://ratopati.com/story/221577/2022/2/17/child-labor फागुन ५, २०७८

मेलम्ची नगरपालिका वडा नं ७ र ८ मा १०४ गलैँचा बुन्ने बालमजदुर भेटिएका छन् । यसमा १०० बालिका र चार बालक रहेका छन् । महिला आत्मनिर्भरता केन्द्रले गरेको अध्ययनअनुसार गलैँचा बुनाई श्रममा संलग्न बालश्रमिकमध्ये ९–१४ वर्ष समूहका ५२ प्रतिशत र १५–१८ वर्ष उमेर समूहका ४८ प्रतिशत छन् । 

Read More

महोत्तरीमा दुई बालक अलपत्र अवस्थामा फेला

https://annapurnapost.com/news/child-mahotari-196427 ०४ फागुन २०७८

महोत्तरी : गौशालामा २ जना बालक अलपत्र अवस्थामा रहेका छन्। गएराति गौशाला नगरपालिका १२ स्थित एघारनम्बर गाउँमा ती बालकहरु अलपत्र अवस्थामा फेला परेका हुन्।

 

Read More

हिउँ खेल्न गएका दुई किशोर एघार दिनपछि मृत भेटिए

https://annapurnapost.com/news/snow-goarkha-196263  ०१ फागुन २०७८

गोरखाः ११ दिनअघि हिउँ खेल्न घरबाट निस्केका बारपाक गाउँका दुई किशोरहरु आइतबार मृत भेटिएका छन्। बारपाक गाउँका १६ वर्षीय करण घले र १६ वर्षकै साहिँला घलेको शव स्थानीयबासी र प्रहरीको संयुक्त खोजी टोलीले साँझ ५ बजेतिर बारपाकभन्दा पर भुनेखर्क भन्ने ठाउँमा फेला पारेको सोही टोलीका जीतबहादुर घलेले जानकारी दिए।

Read More

१३ वर्षीया बालिका सुत्केरी भएपछि खुल्यो बलात्कारको रहस्य

https://annapurnapost.com/news/rape-5-195777 २४ माघ २०७८

गुलरिया : बर्दियामा बलात्कृत बालिका सुत्केरी भएकी छिन्। कक्षा ६ मा अध्ययनरत १३ वर्षीया बालिका सुत्केरी भएपछि मात्र बलात्कारको घटना पत्ता लागेको छ। 
यसैवर्ष माघ १६ गते उनले छोरी जन्माइन्। उनी यतिखेर नगरसेवा केन्द्र गुलरियाको आश्रयमा छिन्। माघ १६ गते बालिकाको एक्कासी पेट दुखेर उपचारको लागि स्थानीय क्लिनिकमा लगियो। चेकजाँच गर्ने क्रममा भिडियो एक्सरेबाट बच्चा देखिएपछि मात्र ९ महिना अघि बालिका बलात्कृत भएको परिवारले थाहा पाए। 

Read More

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीको मृत्यु

https://www.setopati.com/social/261628 माघ २४

पर्सामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आमा-छोरीको मृत्यु भएको छ।

जिराभवानी गाँउपालिका-४ भवानीपुरका ३० वर्षीया विद्यादेवी थारू र उनकी छोरी ४ वर्षीया अन्या कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए।

Read More