समाचारमा बालबालिका

एक वर्षदेखि बाबुबाटै बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ जेठ, विराटनगर।

विराटनगर महानगरपालिका-४ मा एक बालिका आफ्नै बाबुबाट निरन्तर बलात्कृत भएको खुलेको छ। १४ वर्षीया छोरीमाथि बलात्कार गरिरहेका बाबुले देखाएको डर, त्रास र धम्कीका कारण घटना अहिलेसम्म ‘गुपचुप’ रहेको खुलेको छ।

Read More

यार्सा टिप्न गएका विद्यार्थीको पाटनमा मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ जेठ, जाजरकोट।

पढाई खर्च जुटाउन यार्सा टिप्न डोल्पाको पाटन गएका एक विद्यार्थीको लेक लागेर मृत्यु भएको छ। नलगाड नगरपालिका–१२, तल्लुका १७ वर्षीय भीमबहादुर बस्नेत यार्सा टिप्ने क्रममा बिरामी भएपछि उपचारका लागि धो स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो।

Read More

बजेटअनुसार भएन काम, बालबालिकाले पाएनन् दिवा खाजा

थाहा खबरमा प्रकाशित,२४ जेठ, काठमाडौं ।

जिल्ला शिक्षा कार्यालयले चलाएको दिवा खाजा कार्यक्रम टुंगोमा पुग्न सकेको छैन। शिक्षाका क्षेत्रमा राज्यको ठूलो लगानी भए पनि यसको उपयुक्तरूपमा उपयोग भएको छैन। काठमाडौं जिल्ला शिक्षा कार्यालयले २०७४ सालबाट काठमाडौंभित्रका २६ विद्यालयमा दिवा खाजाको व्यवस्थालाई लागू गरेको थियो। तर, अहिलेसम्म पनि ती विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था हुन सकेको छैन।

Read More

बूढीऔँलाले भात, चोरऔँलाले दाल

कान्तिपुरमा प्रकाशित,२४ जेठ, दाङ ।

सिठी बज्छ । ४ सय ५० जना लाम लाग्छन् । लामभन्दा अगाडि थालको चाङ छ । पालैपालो थालमा खाना थाप्छन् । त्यसपछि सबै जना खान थाल्छन् । केही थप्नुपर्दा कसैको आवाज सुनिँदैन । भीडबाट कसैले बूढीऔँला त कसैले चोरऔँला उठाउँछन्।

Read More

आत्मरक्षा सिक्दै किशोरी

कान्तिपुरमा प्रकाशित,२३ जेठ, सिन्धुपाल्चोक।

आत्मरक्षा कला जानिसकेकी भोटेकोसी गाउँपालिका मार्मिङगाउँकी डोल्मा लामा आफ्नो सुरक्षाप्रति सचेत छिन् । मार्मिङ आधारभूत विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षीया डोल्माले ‘किक बक्सिङ र ब्लक प्रहार’ रोक्ने जानकारी लिएपछि उत्साहित छिन्।

Read More

छोरी बलात्कारीलाई १९ वर्ष जेल

कान्तिपुरमा प्रकाशित,२३ जेठ, हेटौंडा।

नाबालिका छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बावुलाई १९ वर्ष कैद गर्ने फैसला गरेको छ । ७५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ।

Read More

यार्सा टिप्न विद्यालय बन्द

कान्तिपुरमा प्रकाशित,२३ जेठ, मुगु ।

यार्सा सिजन सुरु भएपछि मुगमकार्मारोङ गाउँपालिकाका सामुदायिक विद्यालय बन्द गरिएका छन् । अधिकांश विद्यार्थी यार्सा टिप्न पाटन गएपछि विद्यालय बन्द गरिएका हुन्।

Read More

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

नागरिक न्युजमा प्रकाशित,२३ जेठ, ललितपुर।

ललितपुरको फुर्के डाँडा प्राविका प्रधानाध्यापक राम नारायण यादवलाई प्रहरी पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त चापागाउँले कक्षा ३ मा अध्ययनरत ८ बर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपमा पक्राउ गरेको हो। ललितपुरको बाग्मती गाउँपालिकास्थित फुर्के डाँडा प्राविमा अध्ययनरत ती बालिकालाई प्रधानाध्यापक यादवले कक्षामा कोही नभएको मौका पारी यौन दुर्व्यवहार गरेको आरोप छ।

Read More

तीन महिना बन्धक बनाएर सामूहिक बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२२ जेठ, जनकपुरधाम ।

धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन्। दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए। अकस्मात् उनीहरूका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो। बहिनी डराएर घरतिर भाग्न सफल भइन्। ‘साँझ चौरीमा नशालु पदार्थ नाकमा सुँघाएर बेहोस बनायो। आँखामा कालोपट्टी बाँधी अपहरण गर्‍यो’, पीडित किशोरीले भनिन्, ‘हातखुट्टा डोरीले बाँधिदियो। एउटा सुई लगाइदियो। त्यसपछि के भयो थाहा छैन।

Read More

५ वर्षीया बालिका बलात्कार गर्ने बालकलाई १ वर्ष कैदको फैसला

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ जेठ, उदयपुर ।

५ वर्षीया बालिकालाई यौनदुव्र्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरका १२ वर्षीय बालकलाई जिल्ला अदालतले सोमबार १ वर्ष कैद फैसला सुनाएको छ।  जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले बालकलाई १ वर्ष कैद र क्षतिपूर्तिवापत ५० हजार जरिवानाको फैसला सुनाएको हो।

Read More

डोटीका दुई विद्यालयमा स्मार्ट कार्डबाट निःशुल्क सेनिटरी प्याड

थाहा खबरमा प्रकाशित,२१ जेठ, डोटी ।

दिपायल सिलगढी नगरपालिकाले माध्यमिक तहका छात्रालाई स्मार्ट कार्डबाट निःशुल्क सेनिटरी प्याड पाउने व्यवस्था सुरु गरिएको छ। पहिलो चरणअतर्गत नगरपालिकाले दुई विद्यालयमा उक्त कार्यक्रमको सुरु भएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माले बताए।

Read More

विद्यार्थी कुट्ने शिक्षिका पक्राउ

नागरिक न्युजमा प्रकाशित,२१ जेठ, रोल्पा ।

विद्यार्थीको हात भाँचिने गरी कुटपिट गर्ने शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले पक्राउ गरेको छ। भानु आधारभूत विद्यालय रुन्टिगढी गाउँपालिका–८ झेनामकी शिक्षिका पुनको कुटाइबाट घाइते १४ जनामध्ये पाँचजनाको हात भाँचिएको थियो। घटना जेठ १२ गते भए पनि प्रहरीले आइतबार मात्र जानकारी पाएको थियो।

Read More

विद्यार्थी बहोस हुन थालेपछि विद्यालय एक हप्ता बन्द

थाहा खबरमा प्रकाशित,२१ जेठ, उदयपुर ।

अज्ञात रोगबाट विद्यार्थीहरू काम्ने, मुर्छा पर्ने, कराउने गर्न थालेपछि एक हप्ताको लागि विद्यालय बन्द भएको छ।  उदयपुरको त्रियुगा नगरपालिका–६ घनचक्रेमा रहेको इन्द्रावती आधारभूत विद्यालयका विद्यार्थीमा अनौठो प्रकारको समस्या देखिपछि विद्यालय बन्द भएको हो।विद्यालयका प्रधानध्यापक नेत्र काफ्लेले नौविद्यार्थी मुर्छा पर्ने, रुने, कराउने चिच्याउने, धामी जस्तै खेल्ने, मुठ्ठी बाँधेर बस्ने, बेहोस हुने गर्न थालेपछि मंगलबारदेखि विद्यालय बन्द गरेको बताए।

Read More

सम्झौता गरेको कम्पनीले भ्याक्सीन नदिँदा शुरु भएन ‘रोटा भाइरस’ को खोप

रातोपाटीमा प्रकाशित,२१ जेठ, काठमाडौं ।

नेपालमा भण्डै २७ लाख बालबालिका रहेका छन् । त्यस मध्ये वर्षेनी ५० प्रतिशत बालबालिका झाडापखालाको समस्यामा पर्ने गरेका छन् । झाडापखालाको समस्यामा पर्ने मध्ये ३० प्रतिशतमा झाडापखाला लाग्नुमा रोटा भाइरसको कारण रहेको सरकारको अनुमान छ।

Read More

चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० जेठ, रौतहट ।

आफ्नै स्कुलकी चार वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा रौतहटमा एक निजी स्कुलका शिक्षक पक्राउ परेका छन्। रौतहटको बौधीमाई नपा ५ मा रहेको डाइनामिक अंग्रेजी बोर्डिङ स्कुलका ३० वर्षीय शिक्षक मनेजर राय यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

Read More

जुम्लामा ६९ प्रतिशत बालविवाह

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० जेठ, जुम्ला ।

बालविवाह न्यूनीकरणका लागि जिल्लामा दर्जनौं संघसंस्थाले सचेतनाका कार्यक्रम गर्दै आएका छन्। बालविवाह न्यूनीकरण भने हुन सकेका छैनन्। ०६८ को जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या एक लाख १८ हजारमध्ये ५५ हजार चार सय ४२ बालबालिका छन्। तीमध्ये ६९ प्रतिशत बालबालिकाले बालविवाह गर्ने गरेको पाइएको छ।

Read More

बलात्कार गरेको आरोपमा युवक पक्राउ

कान्तिपुरमा प्रकाशित,२० जेठ, सुनसरी ।

बालिका बलात्कार गरेर फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुस्मा नगरपालिका–१८ बस्ने २१ वर्षीय सरोज चपाई रहेका छन् । चपाईले आफूलाई नवीन क्षेत्री र कृष्णप्रसाद चापागाईँ भनेर पनि चिनाउने गरेका छन्।

Read More

बालबालिकाविरुद्ध उजुरी बढ्दै

कान्तिपुरमा प्रकाशित,२० जेठ, बुटवल ।

जेठ पहिलो साता सालझण्डीका १३ वर्षीय बालक जबरजस्ती करणीको आरोपमा पक्राउ परे । उनीमाथि ८ वर्षीया बालिकालाई करणी गरेको आरोप थियो । प्रहरीले एक साता लामो अनुसन्धान गर्‍यो । सरकारी न्यायाधिवक्ताको कार्यालयले प्रतिवेदन तयार गर्‍यो ।

Read More

बालहिंसा बढ्दो, छिमेकमै हत्यारा

नागरिक न्युजमा प्रकाशित,२० जेठ, जनकपुर ।

२०७६ जेठ १० गते शुक्रबार बिहान वीरगन्जस्थित प्रगतिनगर निवासी शम्भु साहका नौ वर्षीय छोरा करनको अपहरण भयो। घरनजिकै खेलिरहेको बेला करनलाई छिमेकमै डेरागरी बस्ने भारतीय नागरिक विकाश शर्माले फकाइफूलयाई वीरगन्जको घण्टाघरसम्म ल्याएपछि टेम्पुमा चढाएर अपहरण गरी लगेका थिए।

Read More

बिहेको निम्तोमै उमेर खुलाउनुपर्ने

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० जेठ, सिन्धुली।

सिन्धुलीमा जति गरे पनि बालविवाह कम भएन। वाक्क भएका सबै स्थानीय तहले मिलेर नयाँ उपाय निकालेका छन्– ‘बिहेको निम्तोपत्रमा बेहुला–बेहुलीको उमेर खुलाउनुपर्ने।

Read More