समाचारमा बालबालिका

गोठालो गएका दुई बालिका माडी नदीमा बेपत्ता

http://annapurnapost.com/news/183177 ०५ साउन २०७८

प्यूठानको सरुमारानी गाउँपालिका ४ का दुई बालिका बेपत्ता भएका छन् । गोठालो गएको बेला दुवैजना  पौडी खेल्ने क्रममा माडी नदीमा बेपत्ता भएका हुन्। स्थानीय बैकेकी ८ वर्षीया विपना थापा मगर र मान्द्रेकी ७ वर्षीया शर्मिला थापा मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । 

Read More

नहरमा डुबेर दुई बालकको मृत्यु

https://www.onlinekhabar.com/2021/07/987370  २०७८ साउन ६

६ साउन, चितवन । चितवनमा नहरमा डुबेर दुई जना बालकको बुधबार दिउँसो मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरस्थित खुल्ला चौर नजिकको नहरमा डुबेर सोही ठाँउमा बस्ने १६ बर्षका अंकित जोशी र १४ बर्षका विवेक शर्माको डुबेर मृत्यु भएको हो ।

Read More

बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला

https://ratopati.com/story/190929/2021/7/22/banke-  साउन ७, २०७८

बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला परेको छ । जिल्लाको कोहलपुर नगरपालिका–१० चटार स्थित डडुवा खोलको बन्दा नहरस्थित पानीमा डुबेको अबस्थामा हिजो साँझ ३ जनाको शव फेला परेको हो ।  उक्त नगरपालिका वडा नम्वर ११ स्थित  श्रृष्टिहल नजिक बस्ने अन्दाजी बर्ष १६ का  अरिब जसगढ,  सोही स्थानका बर्ष  १७ का  अरमान जसगढ र सदरलाईन  टोल बस्ने  वर्ष १८ को रासिद जसगढको शव उक्त नहरमा डुबेको अवस्थामा फेला परेको हो ।

Read More

टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु

https://www.setopati.com/social/243719  साउन ४

टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ।

लमजुङ राइनास नगरपालिका–७ सालफेदी बस्ने राकेश पाण्डेको आठ वर्षीय छोरी सृष्टि पाण्डेको घरभित्र कोठामा आज बिहान साढे आठ बजेको समयमा करेन्ट लागेर  मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए।

Read More

बलात्कारपछि बालिकाको हत्या : आरोपित पुर्पक्षका लागि थुनामा

http://annapurnapost.com/news/183151  ०४ साउन २०७८ 

राजविराज : बालिकाको बलात्कारपछि गाउँमा हल्ला हुने डरले हत्या गरेको आरोपमा आइतबार एक आरोपित राजविराज कारागारमा थुनामा गएका छन् । जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय रोहितकुमार यादव पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेको अदालतले जनाएको छ ।

Read More

सप्तरीमा मन्दिरको पोखरीमा डुबेर बालकको मृत्यु

https://www.setopati.com/social/243723 साउन ४

सप्तरीमा पोखरीमा डुबेर पाँच वर्षीय बालकको मृत्यु भएको छ।

महादेवा गाउँपालिका-४ बलियाटोलका मोहम्मद इसराइलको डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

Read More

कैलालीमा खोलाले बगाउँदा युवती बेपत्ता

https://www.onlinekhabar.com/2021/07/984238 २०७८ असार ३१ 

३१ असार, धनगढी । कैलालीमा खोलाले बगाउँदा एक युवती बेपत्ता भएकी छन् । गोदावरी नगरपालिका–६ लालपुरमा स्थानीय गौरीदेवी खोलामा नुहाउने क्रममा सोही ठाउँकी १८ वर्षीया आरती घर्तीमगर बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Read More

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

https://www.setopati.com/social/243221 असार ३०

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साबाट एक युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-२ पिपरा टोलका २५ वर्षीय धर्मराज साह कानू रहेका छन्।

प्रहरीले कानुलाई बुधबार पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

Read More

इनारमा फालेको अवस्थामा एक नवजात शिशुको शव फेला

https://ratopati.com/story/189829/2021/7/15/dead-child-found असार ३१, २०७८

सिरहा । सिरहामा इनारमा फालेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी सिरहाका अनुसार सिरहाको धनगढीमाई नगरपालिका ७ कसहामा रहेको इनारमा एक नवजात शिशुको शव भेटिएको छ । कसहा चोकदेखि करिब १५० मिटर दक्षिणमा रहेको भोगेन्द्र महतोको इनारमा शिशुको शव फेला परेको हो ।

बच्चा जन्मे लगत्तै इनारमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ । इनारमा गन्हाएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि शिशुलाई इनारबाट निकालिएको छ । 

Read More

डुबेर २ बालकको मृत्यु

https://ekantipur.com/pradesh-2/2021/07/15/162632082393258016.html असार ३१, २०७८

धनुषा — धनुषामा एकै परिवारका दुई बालकको नदीमा डुबेर मृत्यु भएको छ । धान रोप्न आमाबुबासँगै खेतमा गएको बेला नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनौजी गाउँपालिका–५ बहुअर्बाका श्रीकिशुन कापरका ८ वर्षीय छोरा राकेश र दिपु कापरका ६ वर्षीय छोरा आशिकको मृत्यु भएको हो । दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

Read More

डुबेर २ बालकको मृत्यु

https://ekantipur.com/pradesh-2/2021/07/15/162632082393258016.html असार ३१, २०७८

धनुषा — धनुषामा एकै परिवारका दुई बालकको नदीमा डुबेर मृत्यु भएको छ । धान रोप्न आमाबुबासँगै खेतमा गएको बेला नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनौजी गाउँपालिका–५ बहुअर्बाका श्रीकिशुन कापरका ८ वर्षीय छोरा राकेश र दिपु कापरका ६ वर्षीय छोरा आशिकको मृत्यु भएको हो । दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

Read More

नदीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

https://ratopati.com/story/189814/2021/7/15/death-of-child असार ३१, २०७८

दोधारा चाँदनी नगरपालिका–४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झानाको शव सशस्त्र प्रहरीले निकालेको हो । 

बालिका नदीमा डुबेको खबर पाउना साथ बोर्डर आउट पोष्ट दोधरा चाँदनीबाट कृष्णबहादुर बोहराको कमाण्डमा १० जनाको टोली र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक भरतराज गिरीको कमाण्डमा रहेको पाँच जनाको टोली खोजतलासमा जुटेको थियो ।

Read More

बाल विवाह गरेको आरोपमा पर्सामा दुलाहासहित तीन पक्राउ

https://www.setopati.com/social/243220 असार ३०

१७ वर्षीया बालिकाको विवाह गरेको आरोपमा पर्सामा दुलाहा, उनका बुवा र ससुरा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर गाउँपालिका-१ धोरेका २४ वर्षीय विशाल सहनी, उनका बुवा ६५ वर्षीय ठग सहनी र   बारा प्रसौनी गाउँपालिका-५ का ४८ वर्षीय महेश सहनी रहेका छन्।

उनीहरू तीनै जनालाई बुधबार पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

Read More

शिशु जन्मिएपछि घाँटी थिचेर हत्या, मदिरा पसलभित्र ‘खाल्डो खनेर गाडेपछि’ आमासहित परिवारै पक्राउ

https://www.setopati.com/social/243134 असार २९

शिशुको जन्म भएपछि मोरङमा घाँटी थिचेर हत्या गरी मदिरा पसलभित्र खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला परेको छ।

प्रहरीका अनुसार नवजात शिशुलाई घाँटी थिचेर हत्यापछि खाल्डो खनेर पुरेको आरोपमा जन्म दिने महिला, उनकी आमा, बुवा र लोग्ने पक्राउ परेका छन्।

प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार पक्राउ पर्नेमध्ये शिशुकी आमा रंगेली नगरपालिका-५ को आँपगाछी टोल बस्ने २५ वर्षीया खुश्बु मण्डल हुन्।

Read More

नदीमा डुबेर बालिकाको मृत्यु

https://www.onlinekhabar.com/2021/07/982683 २०७८ असार २८

२८ असार, वीरगञ्‍ज। बारामा नदीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

आदर्श कोतवाल गाउँपालिका-८ जमुनिया बस्ने अब्दुल कलामकी ९ वर्षीया छोरी रोशन ताराको नदीमा डुबेर मृत्यु भएको हो ।

 

Read More

बलात्कारको आरोपमा वडा सचिव पक्राउ

https://ratopati.com/story/189311/2021/7/11/arrest असार २७, २०७८

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एकजना वडा सचिवलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका– ५ का वडा सचिव अमर कालाथोकी रहेको प्रहरीले बताएको छ। गएको असार  १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको उनीमाथि आरोप छ।  तर, बालिकाले भने २४ गते मात्र परिवारलाई जानकारी गराएपछि घटना प्रहरीकहाँ पुगेको थियो ।

Read More

पर्खाल भत्किँदा पाँचथरमा किशोरीको मृत्यु

https://www.onlinekhabar.com/2021/07/981203  २०७८ असार २५

२५ असार, काठमाडौं । पाँचथरमा वन कार्यालयको पर्खाल भत्किँदा एक किशोरीको मृत्यु भएको छ ।

बुधबार साँझ डिभिजन वन कार्यालयको पर्खालले किचेर १४ वर्षीया सन्जिता राई घाइते भएकी थिइन् । उनको उपचारको क्रममा विर्तामोडको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

https://www.setopati.com/social/242580 असार २३

पन्ध्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

इटहरीकी ती किशोरीलाई बलात्कार गरेको आरोपमा सुन्दर हरैंचा नगरपालिका-६ का २१ वर्षीय दिलीप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

Read More

घर भत्किँदा तीन महिनाकी शिशुको मृत्यु, आमा र दिदी घाइते

https://www.setopati.com/social/242595 असार २४

अविरल वर्षापछि घर भत्किँदा दाङमा तीन महिनाकी शिशुको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा आज बिहान ३ बजेतिर घर भत्किँदा शिशुको मृत्यु र उनकी आमा र दिदी घाइते रहेको प्रहरीले जनाएको छ।

घरको भित्ता भत्कँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मनिषा र उनकी ९ वर्षीया छोरी बाटुली चौधरी घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले सेतोपाटीलाई बताए।


 

Read More

पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु

https://www.onlinekhabar.com/2021/07/980520  २०७८ असार २४ 

२४ असार, दाङ । अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका-१७ का ३० वर्षीया मनिसा चौधरीको तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए। उनका अनुसार चौधरीसहित उनका नौ वर्षीया छोरी बाटुली पनि घाइते भएकी छन् ।

Read More