समाचारमा बालबालिका

छोराछोरी लिएर नारायणीमा हामफालेकी महिलाको उद्धार, दुई बच्चाको निधन

थाहा खबरमा प्रकाशित,२३ साउन, नवलपरासी।

नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ। दुई बालबालिकाको भने मृत्यु भएको छ।  नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महीनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ।

Read More

पढ्दापढ्दै बालविवाह

कान्तिपुरमा प्रकाशित,२३ साउन, धनकुटा ।

पढ्दापढ्दै विवाह गरेका जोडीले गाउँ छाडे । महालक्ष्मी नगरपालिका ८ का १५ वर्षीया विनिता थापा र १६ वर्षका अनिल मगरले गत महिना प्रेमविवाह गरेका हुन् । दुवैजना स्थानीय जनता माध्यमिक विद्यालय निगालेमा १० कक्षामा अध्ययनरत छात्रछात्रा हुन् । विवाह गरेपछि दुवैको पढाइ अघि बढ्ने अवस्था रहेन।

Read More

बलात्कार आरोपमा प्रहरी जवान पक्राउ

नागरिक न्युजमा प्रकाशित,२३ साउन, ओखलढुंगा।

किशोरी बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक प्रहरी जवान पक्राउ परेका छन्। प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका हुन्।

Read More

४० हजार नक्कली नोटसहित किशोर पक्राउ

कान्तिपुरमा प्रकाशित,२२ साउन उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईबाट बुधबार बिहान नेपाली एक हजार दरका ४० हजार नक्कली नोटसहित एक किशोर पक्राउ परेका छन्।

Read More

किशोरीलाई आइरन चक्की

कान्तिपुरमा प्रकाशित,२२ साउन, सल्यान।

कुमाख गाउँपालिकाले किशोरीहरुमा रक्तअल्पताको समस्या नियन्त्रण गर्न पालिकाभरीका किशोरीलाई आइरन चक्की खुवाउन सुरु गरेको छ । गाउँपालिकाले १० देखि १९ वर्षका किशोरीलाई आइरन चक्की खुवाउन सुरु गरेको हो।

Read More

खोलामा डुबेर बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,२२ साउन, सर्लाही ।

सर्लाहीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । हरिवन नगरपालिका–१ बिलन्दिका सोमबहादुर थिङको १२ वर्षीय छोरा सुरज थिङ्गको बिलन्दि खोलामा डुबेर मृत्यू भएको हो।

Read More

खोलाले बगाउँदा बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२२ साउन, रुकुम।

रुकुम (पश्चिम) एक बालिकाको खोलामा बगेर मृत्यु भएको छ। जिल्लाको आठविसकोट १३ भल्मासोताकी ८ वर्षीया माया थापाको खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Read More

छोरी बलात्कार आरोपमा पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२२ साउन, नुवाकोट।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा नुवाकोटमा प्रहरीले एक युवकलाई फक्राउ गरेको छ। धादिङ घर भई विदूर नगरपालिकामा डेरा गरि वस्ने एक मजदुर युवकले आफ्नै छोरीलाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

Read More

बेपत्ता भएका तीन बालबालिका अझै फेला परेनन्

थाहा खबरमा प्रकाशित,२२ साउन, धनकुटा।

गत साउन ५ गते तमोर नदीले बगाएर बेपत्ता भएका तीन बालबालिकाको अझै पत्ता लाग्न सकेको छैन्।  धनकुटा नगरपालिका–८, सान्ताङका शंखबहादुर राई र रोहनश्वरी राईको तीन छोराछोरीलाई पौडी खेल्ने क्रममा धनकुटाको याक्चना नजिकबाट तमोर नदीले बगाएर बेपत्ता बनाएको थियो।

Read More

किशोरकिशोरी खुलेर गर्छन यौनका कुरा

नागरिक न्युजमा प्रकाशित,२१ साउन, बैतडी ।

जिल्लाको सकारका किशोर–किशोरी निर्धक्क यौनका विषयमा छलफल गर्न लजाउँदैनन्। पाटन नगरपालिका १ को सकार स्वास्थ्य चौकीमा किशोर–किशोरी मैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालेपछि विद्यालय उमेरका किशोर–किशोरी खुलेर यौन एवम् किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्न थालेका हुन्।

Read More

विद्यार्थी कुटपिट मृत्यु प्रकरण: तीन शिक्षकलाई थुनामा राख्न आदेश

नयाँ पत्रिकामा प्रकाशित, २१ साउन, कञ्चनपुर।

कञ्चनपुरको भीमदत्त नगरपालिका १७ मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु प्रकरणमा कञ्चनपुर जिल्ला आदालतले मंगलबार अध्यक्ष, प्रिन्सिपललाई धरौटीमा रिहा गर्न र तीन जना शिक्षकलाई जेल चलान गर्न आदेश दिएको छ।

Read More

ट्रकको ठक्‍करबाट बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० साउन, संखुवासभा।

संखुवासभाको धर्मदेवी नगरपालिमा सुनसरीबाट खाँदबारी आउँदै गरेको मालबाहक ट्रकको ठक्‍करबाट एक बालकको मृत्यु भएको छ। ट्रकको ठक्‍करबाट धर्मदेवी नगरपालिका-३ मुढेबजारका ४ वर्षीय आदित्य अधिकारीको घटनास्थलमै मृत्यु भएको मुढे प्रहरी चौकीले जनाएको छ।

Read More

बालिका बलात्कार गर्ने थप एक जना पक्राउ

नागरिक न्युजमा प्रकाशित,२० साउन, नवलपरासी।

बालिका बलात्कार गरी फरार अभियुक्त पक्राउ ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरी फरार रहेका थप एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी प्रहरीले गुल्मीबाट ती अभियुक्तलाई पक्राउ गरेको हो।

Read More

किशोरीमै आमा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ साउन, सल्यान।

शारदा नगरपालिका–१ कि १५ वर्षीया किशोरी लक्ष्मी थापाले केहि दिनअघि जिल्ला अस्पतालबाट सुरक्षित प्रसूति सेवा लिइन्। उनी जस्तै सोही अस्पतालबाट सुरक्षित प्रसूति सेवा लिएकी १५ वर्षीया धना कुँवर पनि किशोरीमै आमा बनेकी छन्। स्कुले उमेरमै बिवाह गर्ने र आमा बन्ने किशोरीहरुको संख्या बढ्दो छ।

Read More

सिरहाका ज्यानमारा खाल्डा:डेढ महिनामा डुबेरै १८ बालबालिकाको ज्यान गायो

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ साउन, सिरहा।

सिरहामा पछिल्लो डेढ महिनायता मात्रै डुबेर मृत्यु हुनेको संख्या १८ पुगेको छ । प्रहरीका अनुसार असारमा वर्षाको पानी जमेको खाल्डाखुल्डीमा पाँचजना र एकजना खोलामा डुबेका थिए । साउन महिनामा खाल्डोमा चारजना बालबालिका, खोलामा एकरएक बालिका र महिला, पोखरीमा चारजना बालिका र दुईजना बालक डुबेका थिए।

Read More

खाल्डोमा डुुबेर दुई बालबालिकाको मृत्यु

रातोपाटीमा प्रकाशित,१८ साउन, सिरहा।

सिरहाको छुट्टाछुटै स्थानको खाल्डोमा डुबेर आज दुई बालबालिकाको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका–११ वल्कवास्थित गुड्डु इँटाभट्टा नजिकैको खाल्डोमा डुबेर भारतको कुशबिहार जिल्ला पश्चिम बङ्गाल बलनघाट ग्राम पञ्चायत निवासी जसम मियाँ बङ्गालीको छोरा १० वर्षीय नोविल मियाँ बङ्गालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

बनेपामा पानी ट्याङकीमा डुबेर बालकको मृत्यु

रातोपाटीमा प्रकाशित,१७ साउन काभ्रेपलाञ्चोक।

जिल्लाको बनेपा नगरपालिका–६ मा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ ।बनेपा नगरपालिका–६ वुडोलडाँडा डेरा गरी बस्ने चितवन घर भएका ध्रुब खरेलको १६ महिनाको छोरा अविनव खरेलको ट्याँकीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको हो।

Read More

भक्तपुरमा १२ वर्षीय किशोरले गरे आत्महत्या

रातोपाटीमा प्रकाशित,१६ साउन, भक्तपुर।

भक्तपुरमा १२ वर्षका एक किशोरले आत्महत्या गरेका छन् । सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका राजु खतिवडाको १२ वर्षका छोरा सन्देश खतिवडाले बुधबार साँझ आत्महत्या गरेका प्रहरीले जानकारी दिएको छ।

 

Read More

पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु

कान्तिपुरमा प्रकाशित,१३ साउन, सिरहा।

सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

बालिकालाई यौनधन्दामा जबर्जस्ती लगाइँदै

कान्तिपुरमा प्रकाशित,१३ साउन, झापा।

झापा बिर्तामोडका होटलहरूमा अखाद्य वस्तु बिक्री भएको तथा सरसफाईमा ध्यान नदिएको गुनासोपछि एउटा टोली जेठ तेस्रो साता अनुगमनमा निस्केको थियो।

Read More