समाचारमा बालबालिका

प्रदेशस्तरीय बालकचहरी :बालविवाह अन्त्यको प्रतिबद्धता

कान्तिपुरमा प्रकाशित,३० असोज, सुर्खेत।

कर्णाली प्रदेशमा बालविवाह अन्त्य गर्न सबै सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । ‘बालअधिकारको संवर्द्धन, बाल विवाहको अन्त्य’ विषयक प्रदेशस्तरीय बालकचहरीमा आवश्यक नीति र कार्यक्रम निर्माण गर्ने प्रतिबद्धता गरिएको हो।

Read More

बलात्कार आरोपमा पक्राउ

कान्तिपुरमा प्रकाशित,३० असोज, पर्वत।

चौध वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मोदी गाउँपालिकाका एक युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार गत शनिबार किशोरीलाई भैंसीगोठमा जबरजस्ती बलात्कार गरेको अभियोगमा मोदी–५ बाजुङका प्रकाश विकलाई पक्राउ गरिएको हो।

Read More

२७ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै

रातोपाटीमा प्रकाशित,२९ असोज, काठमाडौं ।

देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन्।

Read More

तराईमा बालविवाह बढ्दो

कान्तिपुरमा प्रकाशित,२९ असोज, सिरहा ।

अधिकारकर्मी र प्रहरीको सक्रियतामा केही बालविवाह रोकिए पनि तराईका जिल्लामा भने झनै बढेको छ । मधेसमा दलित डोम समुदायमा बालविवाह प्रचलन अझै कायम छ । तराई मधेसको समाजमा छोरीका लागि पर्याप्त दाइजो दिनुपर्ने बाध्यता भएकाले पनि अभिभावकले किशोरी उमेरमा नै विवाह गरिदिन पुग्छन्।

Read More

नुवाकोटको बट्टारमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि स्थिति तनाबग्रस्त

रातोपाटीमा प्रकाशित,२९ असोज, नुवाकोट ।

जिल्लाको बट्टार बजारस्थित सन्जिवनी हस्पिटल आगाडि केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बालकको मृत्यु भएलगत्तै बट्टार बजार तनाबग्रस्त बनेको छ।

Read More

विद्यालय जाँदैनन् मुसहर बालबालिका

कान्तिपुरमा प्रकाशित,२८ असोज, विराटनगर।

विराटनगर महानगरपालिकाको दक्षिणतर्फ पर्ने दरैया बस्तीमा ४६ घरपरिवार मुसहर समुदाय बस्छन् । दुइवटा मेडिकल कलेज, सयौं स्कुल र कलेजहरू रहेको विराटनगरले शैक्षिक केन्द्रका रूपमा आफ्नो परिचय स्थापित गराएको छ।

Read More

होस्टेलबाट घर जान खोज्दा शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ असोज, सप्तरी।

सप्तरी सदरमुकाम राजविराज स्थित शिव इन्टरनेसनल बोर्डिङ स्कुलका शिक्षकको कुटपिटबाट सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय बालक सुमितकुमार भगत घाइते भएका छन्।

Read More

घरभित्रै पसी मुख थुनेर १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास

रातोपाटीमा प्रकाशित,२७ असोज, सिरहा।

सिरहामा एक १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको छ । सिरहाको कल्याणपुर–८ अरङमा किशोरीमाथि शनिबार साँझ जबरजस्ती करणीको प्रयास भएको हो।

Read More

फड्केबाट खोलामा खसेर बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,२७ असोज, खोटाङ ।

खोटाङमा फड्केबाट खोलामा खस्दा एक बालिकाको मृत्यु भएको छ। खोला तर्नका लागि हालिएको बाँसको फड्केबाट खस्दा केपीलासगढी गाउँपालिका–१ फेदीका १३ वर्षीय आयुस्मा राईको मृत्यु भएको हो। फड्केबाट खस्दा उनलाई आइतबार दिउँसो स्थानीय ताप खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

Read More

बलात्कार आरोपमा पक्राउ

कान्तिपुरमा प्रकाशित,२५ असोज, रुकुम पश्चिम ।

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी उनकै नग्न फोटो खिचेको आरोपमा बाँफीकोट गाउँपालिका–५, का १९ वर्षीय अम्मर विकलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २ गते राति विकले घरमा कोही नभएको मौका छोपी ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

Read More

३ वर्षीया बालिका बलात्कार आरोपमा ६० वर्षीय बृद्ध पक्राउ

रातोपाटीमा प्रकाशित,२३ असोज, बझाङ।

जिल्लाको छविस पाथिभेरा गाउँपालिका–३ सोती गाउँ घर भएका ६० वर्षीय रामभक्त दमाईलाई ३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ छ । पीडित बालिकाका आमाले जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गराएपछि मङ्गलबार बालिका बलात्कार गरेको अभियोगमा दमाईलाई प्रहरीले पक्राउ गरेको हो।

Read More

निर्दयी सौतेनी आमाः ७ वर्षीया छोरीलाई निर्घात कुटपिट

नागरिक न्युजमा प्रकाशित,१६ असोज, सुर्खेत।

खान नपाएर कुपोषणले थलिएको शरिर। सौतेनी आमाको कुटाईबाट पेल्भिक डिसलोकेशन (ढाडको जोर्नी फुत्किएको) छ। पाकेको घाउले उनलाई झन पीडा दिन्छ। ११ दिनदेखि प्रदेश अस्पतालको आइसियूको बेडमा रहेकी सात वर्षीया छोरी कमलालाई हेर्दै बुवा तिर्थबहादुर महतारा छिनछिनमा बेहोस् हुन्छन्।

Read More

बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण

नयाँ पत्रिकामा प्रकाशित,१६ असोज, तनहुँ।

जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको नरभंक्षी चितुवा बिहीबार बिहान नियन्त्रणमा लिइएको हो।

Read More

पोखरीमा डुबेर १४ महिने बालकको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,१५ असोज, विराटनगर ।

विराटनगरमा मंगलबार साँझ पोखरीमा डुबेर १४ महिने बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका १७ मटेरुवाका अशोक ऋषिदेवको १४ महिनाका  छोरा सागर ऋषिदेवको खेल्ने क्रममा घर छेउमा रहेको माछाको पोखरीमा डुबेर मृत्यु भएको हो।

Read More

काठमाडौंमा एक महिना विद्यालय बिदा

कान्तिपुरमा प्रकाशित,१४ असोज, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले दसैं र तिहारको बीचमा समेत विद्यालय बिदा गर्न सार्वजनिक सूचना जारी गरेको छ । महानगरपालिकाले असोज १२ देखि कात्तिक १२ गतेसम्म विद्यालय बिदा गर्न भनेको छ । उक्त सूचनाप्रति संस्थागत (निजी) विद्यालय सञ्चालक र अभिभावकले आपत्ति जनाएका छन्।

Read More

पहिले फिरौती, अहिले लेनदेन विवादमा अपहरण

नागरिक न्युजमा प्रकाशित,१४ असोज, सिरहा।

०६७ भदौ १ गते मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले लहान नगरपालिका ६ बाट ५ वर्षीय बालक गौरब चौधरीलाई अपहरण गरे। उनको खोजीमा आफन्त र प्रहरी जुट्यो। स्थानीय आम हड्तालमै उत्रे। शैक्षिक संस्था, सरकारी कार्यालय, वित्तिय संस्थाहरु बन्द भए। तर, बालक चौधरी अपहरणमुक्त भएन्।

Read More

दुर्घटनामा बालिकाको मृत्यु

कान्तिपुरमा प्रकाशित,१३ असोज, नवलपरासी ।

दल्दले बजारमा एउटा सामान बोक्ने गाडीले किचेर बालिकाको मृत्यु भएको छ । देबचुली नगरपालिका –१३मा सोमबार दिउँसो ३ वर्षीया मनिषा महतोलाई ना ३ च ३७२१ नम्बरको गाडीले किच्दा मृत्यु भएको हो।

Read More

बेपत्ता दुई बालिकामध्ये एकको शव फेला

रातोपाटीमा प्रकाशित,१३ असोज, म्याग्दी ।

असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ।

Read More

अनाथ बालबालिका अलपत्र

कान्तिपुरमा प्रकाशित,१२ असोज, रुकुम पश्चिम ।

गत वर्षको असार महिनासम्म जिल्ला बालकल्याण समितिमार्फत जोखिममा परेका बालबालिकाको उद्धार हुन्थ्यो । समिति खारेज भएसँगै जिल्लाका संरक्षणविहीन बालबालिकाले न संरक्षण पाउन सकेका छन् न उनीहरूको व्यवस्थापन हुन सकेको छ।

Read More

आफन्तबाटै छोरी–चेली असुरक्षित

नागरिक न्युजमा प्रकाशित,१२ असोज, इटरी ।

कक्षा ९ मा पढ्दापढ्दै सुनसरी हरिनगर–४ की किरणकुमारी यादवलाई अभिभावकले विवाहको प्रस्ताव गरे। तर, किरणकुमारीले स्वीकार गरिनन्। पढाई पूरा गरेर छाड्ने अठोट लिइन्। बरु उनले उच्च शिक्षासम्म पढ्न पाउनु छोराछोरीको समान अधिकार भएको जनाउँदै सुरुवातमा अभिभावक सहमत नहुँदा अध्ययन गर्न आफ्नै बुवाविरुद्ध अंश मुद्दा हालिन्।

Read More