समाचारमा बालबालिका

सातादेखि २ बालिका बेपत्ता

कान्तिपुरमा प्रकाशित,२६ भदौ, सल्यान।

बन्गाडकुपिण्डे नगरपालिका १०, माझकाँडाबाट एक सातादेखि दुई बालिका बेपत्ता भएका छन् । भगवती अधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया खिमा ओली र कक्षा ६ मा अध्ययनरत १२ वर्षीया प्रतिभा बटाला बेपत्ता भएका हुन् ।

Read More

६१ वर्षीय काकाद्वारा ११ वर्षीया भतिजी बलात्कार

रातोपाटीमा प्रकाशित,२५ भदौ,बागलुङ ।

बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

Read More

बलात्कारको आरोपमा इञ्जिनीयर पक्राउ

रातोपाटीमा प्रकाशित,२५ भदौ, बैतडी ।

बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

Read More

बेपत्ता बालिकाको शव भेटियो

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२५ भदौ, बतैडी।

बैतडीको डिलाशैनी गाउँपालिकास्थित गन्नीगाड खोलामा बगेर बेपत्ता एक बालिकाको शव भेटिएको छ । बुधबार चमेलिया नदीमा उनको शव भेटिएको हो।

Read More

रूखले च्यापेर दाङमा बालकको मृत्यु

सेतोपाटीमा प्रकाशित,२५ भदौ, दाङ ।

विद्यालयबाट घर फर्किंदै गरेका एक बालकको रूखले च्यापेर मृत्यु भएको छ भने अर्का घाइते छन्। जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं। ६ सोतिटोलामा रूख ढलेपछि च्यापिएर स्थानीय दस वर्षीय सुजन खत्रीको मृत्यु भएको हो।

Read More

स्कुलमा नआउने विद्यार्थीका अभिभावकलाई ‘रातोकार्ड’

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२५ भदौ, सल्यान।

सल्यानका विद्यालयहरुले छोराछोरीलाई नियमित विद्यालय नपठाउने अविभावकहरुलाई रातोकार्ड दिन थालेका छन्। छोराछोरीलाई नियमित नपठाएका भन्दै अभिभावकलाई गम्भीर ध्यानाकर्षण गराउनका विद्यालयले रातोकार्ड दिन थालेका हुन्।

Read More

सहरमा पनि बालविवाह

कान्तिपुरमा प्रकाशित,२४ भदौ, धनगढी।

बालबिवाह गरेकी रेखा अहिले घर न बारकी भएकी छिन् । उनी काकाको घरमा आ श्रय लिएर धनगढीमा बस्दै आएकी छिन् । उनी भन्छिन्, ‘प्रेम सम्बन्धले जीवनमा ठूलो धोका दियो । जबरजस्ती मलाई १५ वर्षकै उमेरमा माइतीबाट उठाइयो ।’ कुरो ५ वर्षअघिको हो।

Read More

१२ उत्कृष्ट विद्यालयलाई सरकारले दियो पुरस्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२३ भदौ, काठमाडौं।

सरकारले उत्कृष्ट विद्यालयलाई नगद पुरस्कार, शिल्ड र ध्वजा पदक प्रदान गरेको छ। चालिसौं शिक्षा दिवश तथा ५३ औं अन्तरराष्ट्रिय साक्षरता दिवशका अवसरमा उक्त पुरस्कार दिइएको हो।

Read More

ट्रयाक्टर घरभित्रै छिरेर किच्दा किशोरको मृत्यु

थाहा खबरमा प्रकाशित,२२ भदौ ,दाङ ।

मदिराले मातेका चालकले हाँकेको ट्रयाक्टर घरभित्रै छिरेर किच्दा एकजना किशोरको मृत्यु भएको छ।  आँगनमा बसिरहेका तुलसीपुर उपमहानगरपालिका–६ भगवती टोलका १३ वर्षीय अनिल बिकलाई ट्रयाक्टरले किचेको थियो। गम्भीर घाइते बिकको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शनिवार राति ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

Read More

विद्यार्थीले गर्छन् शिक्षकको हाजिरी

कान्तिपुरमा प्रकाशित,२२ भदौ, सल्यान ।

विद्यालयमा विद्यार्थीको हाजिरी शिक्षकले गर्छन् । यहाँको एक विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी गर्छन् । उनीहरूले शिक्षक कति बजे विद्यालय आए, कक्षाकोठामा कति बजे प्रवेश गरे, कति समयसम्म पढाए, कति समयपछि कक्षाकोठाबाट निस्किए भनेरसमेत विवरण राख्छन्।

Read More

शरणार्थी बालबालिकाको पढाइ रोकिँदै

कान्तिपुरमा प्रकाशित,२२ भदौ, झापा।

कुनै बेला झापा र मोरङका शिविरमा ७ वटा मावि र ३३ वटा सेक्टर स्कुल रहेकामा घट्दै गएर अहिले एउटा छ । त्यो पनि आगामी शैक्षिक सत्रदेखि बन्द हुँदै छ। यूएनएचसीआरले शरणार्थीलाई गर्दै आएको सहयोग पनि रोक्दै छ।

Read More

६ बर्षीया बालिका मृत भेटिइन्

अनलाइनखबरमा प्रकाशित,२१ भदौ, चितवन ।

भरतपुर महानगरपालिका वडा नः ५ कैलाशनगरबाट दुई दिन अघि हराएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् । घर नजिकै रहेको नहरमा शनिबार विहान ६ बषर्ीया बालिका स्मृति कार्की मृत अवस्थामा भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ । दुई दिन नहर बन्द गरेर बालिकाको खोजी गरिएको थियो।

Read More

अछाममा खोलामा डुबेर दुई बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ भदौ, अछाम।

अछामको मंगलसेन नगरपालिक–७ जनालीबण्डालीस्थित खोलमा डुबेर दुई बालकको मृत्यु भएको छ । ११ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईको स्थानीय भैसले खोलामा डुबेर मृत्यु भएको हो।

Read More

चितुवाको आक्रमणबाट बालकको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,२१ भदौ, बैतडी।

चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट मृत्यु भएको हो।

Read More

एसिड प्रहारबाट घाइते छात्रालाई थप उपचारको लागि काठमाडौं लगियो

नागरिक न्युजमा प्रकाशित,२० भदौ, वीरगन्ज ।

वीरगज महानगरपालिका रेशमकोठीस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत  छात्रा १५ वर्षीया मुस्कान खातुनमाथि शुक्रबार बिहानै एसिड प्रहार भएको छ। वीरगन्ज, छपकैया २  निवासी १५ वर्षीया खातुनमाथिद दुई युवाहरुले मेनरोडदेखि गणेशमान चौकतिर जाने बाटोमा एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।

Read More

तस्करको जालोमा विपन्न बालबालिका

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० भदौ, सुर्खेत ।

कर्णालीमा बालबालिका हराउने क्रम रोेकिएको छैन । विपन्नताले यहाँका धेरै बालबालिका मानव तस्करको जालोमा फस्ने गरेका हुन् । तस्करले रोजगारीमा लगाइदिने र पढाइदिने लोभ देखाएर बालबालिका लैजाने गरेको प्रहरीले जनाएको छ।

Read More

बालबालिकाका लागि दुर्घटना बीमा

नागरिक न्युजमा प्रकाशित,२० भदौ, पाल्पा ।

रम्भा गाउँपालिकाले दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न बालबालिकाको दुर्घटना बीमा कार्यक्रम ल्याएको छ। विद्यायल क्षेत्रमा र विद्यालय आवतजावतका क्रममा बालबालिका दुर्घटना हुने क्रम बढ्दो छ। पहाडी भेगका विद्यालयमा बालबालिका पैदलयात्रा गरी अध्ययन गर्न जानुपर्ने बाध्यताका कारण दुर्घटना बढ्दो क्रममा रहेको हो।

Read More

मानव बेचबिखनविरुद्ध विद्यार्थी पढाउँदै प्रहरी

नागरिक न्युजमा प्रकाशित,२० भदौ, जाजरकोट ।

जाजरकोट प्रहरीले जिल्लाका सबै सामुदायिक विद्यालयमा मानव बेचबिखनविरुद्ध सचेतना प्रशिक्षण सञ्चालन गरेको छ। मावि तहका विद्यार्थीलाई लक्षित गरेर मानव बेचबिखन विरुद्ध सचेतनामूलक कक्षा चलाएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए। विद्यार्थीलाई केन्द्रित गर्दै विद्यालयमा दुव्र्यसन विरुद्ध सचेतना प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिएको उनको भनाइ छ।

Read More

विद्यालय क्षेत्रमा दिनहुँ प्रदर्शन

कान्तिपुरमा प्रकाशित,२० भदौ, सर्लाही।

विद्यालयलाई शान्ति क्षेत्र कायम गरिनुपर्छ । कुनै कारणले विद्यालय बन्द गराइएमा ५० हजारसम्म जरिवाना पनि तोकिएको छ । तर, याहाँको एक विद्यालय विगत १० दिनदेखि बन्द छ । विद्यालयकै विषयलाई लिएर दिनहुँ प्रदर्शन जारी छ।

Read More

सुनसरीका दुई विद्यालयमा बम विस्फोट

नयाँ पत्रिकामा प्रकाशित,२० भदौ, सुनसरी ।

सुनसरीको दुई विद्यालयमा शुक्रबार मध्य राति बम विस्फोट भएको छ । राति साढे १२ बजे धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्र दिल्ली पब्लिक स्कुल र इटहरीको सुष्मा गोदावरी कलेजको गेटमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Read More