समाचारमा बालबालिका

हेलिकोप्टर चार्टर गरेर बाल विवाह १ प्रहरीले नै दियो सुरक्षा

बाह्रखरीमा प्रकाशित,८ मङ्सिर,जनकपुरधाम ।

शनिबार दिउँसो पौने १२ बजे धनुषाको कमला नगरपालिका –४, बल्हासघारास्थित भर्खरै धान काटिएको खेतमा रातो हेलिकोप्टर अवतरण भयो । पहिल्यैदेखि चर्चाको विषय भएर हुनसक्छ, हेलिकोप्टर हेर्न चारैतिरबाट करिब हजारबढीको संख्यामा सर्वसाधारण भेला भएका थिए।

Read More

खोलामा डुबेर २ बालकको मृत्यु

कान्तिपुरमा प्रकाशित,७ मङ्सिर,दमक ।

रतुवा खोलामा जेसीबीले खनेको खाडलमा डुबेर शनिबार दिउँसो २ बालकको मृत्यु भएको छ । झापाको दमक नगरपालिका १ स्थित रतुवा खोलामा पौडी खेल्न गएका बालकहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

Read More

छ बर्षिया बालिकालाई जबर्जस्ती करणी अभियोगमा वृद्ध पक्राउ

सेतोपाटीमा प्रकाशित, ७ मङ्सिर, चितवन।

जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङ रहेका छन्।

Read More

बालिकालाई आफन्तबाटै डर

कान्तिपुरमा प्रकाशित,६ मङ्सिर, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिका–१५ का २८ वर्षीय जयराम रुम्बाले छिमेकीको घरमा आश्रय लिएर बसेकी ८ वर्षीया बालिकालाई कात्तिक १७ गते बलात्कार गरे । ती बालिका रुम्बाकी छोरीसँग खेल्न आएकी थिइन् । भोगटे खान दिन्छु भनेर फकाएर कोठामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

Read More

तीन वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने बालकलाई कैद

नागरिक न्युजमा प्रकाशित, ५ मङ्सिर, सप्तरी ।

तीन वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा १७ वर्षीय एक किशोरलाई बिहिबार साढे एक वर्ष कैद सजाय भएको छ। जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले अभियोग दाबी पुग्ने फैसला गर्दै आरोपित किशोरलाई साढे एक वर्ष कैद र रु दुई हजार जरिवानाको फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ।

Read More

मौरीले टोकेर एक बालकको मृत्यु, पाँच घाइते

थाहा खबरमा प्रकाशित, ५ मङ्सिर, सर्लाही।

वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले  टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको छ।

Read More

बालबालिकालाई विद्यालय ल्याउन दिवा खाजा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ मङ्सिर, स्याङ्जा ।

भीरकोट नगरभित्रका सबै बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको छ । नगरपालिका र सामुदायिक विद्यालयको सहकार्यमा दिवा खाजाको व्यवस्था गरिएको हो । कुनै पनि बालबालिका शिक्षाबाट बंचित नहोऊन भन्ने उदेश्यले नगरपालिकाले दिवा खाजाको व्यवस्था मिलाएको जनाएको छ।

Read More

रोकियो ‘छोरी शिक्षा बिमा’

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४  मङ्सिर, जनकपुरधाम ।

जनशक्ति अभावका कारण प्रदेश २ मा सञ्चालित छोरी शिक्षा बिमा कार्यक्रम रोकिएको छ। ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत २०७५ माघ १ गतेबाट छोरी शिक्षा बिमा कार्यक्रम सञ्चालनमा आएको थियो। तर आवेदनकर्ताको संख्या अत्यधिक र कर्मचारी संख्या निकै कम भएपछि हालका लागि कार्यक्रम स्थगन गरिएको हो।

Read More

विद्यालयमै सेनेटरी प्याड मेसिन

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, ४ मङ्सिर, बैतडी ।

डिलाशैनी गाउँपालिका–३ महादेव मावि पङसेरामा सेनेटरी प्याड मेसिन (भेन्डिङ) जडान भएको छ। महिनावारी भएको बेला विद्यालयका छात्रा तथा शिक्षिकाहरूलाई सजिलो होस भन्ने उद्देश्यले मेसिन जडान गरिएको विद्यालयका शिक्षक धनीराम ओडले बताए।

Read More

साढे दुई वर्षीया बालिका बलात्कृत, ६५ वर्षीय वृद्ध पक्राउ

नागरिक दैनिकमा प्रकाशित,३  मङ्सिर, नवलपरासी ।

पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन्।

Read More

कहाँ हराए आश्रयस्थलबाट ९ शिशु ?

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ मङ्सिर, ललितपुर ।

गोदावरी ३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ– ‘भ्रुणको आवाज’। नामजस्तै यो गैरसरकारी संस्थाले बलात्कारलगायत घटनाबाट इच्छाविपरीत गर्भवती भएका व्यक्तिलाई आश्रय दिन्छ। प्रसूतिमा रेखदेख गर्छ। त्यसपछि शिशु आफूले राखेर महिलालाई फिर्ता पठाइदिन्छ।

Read More

दोरम्बामा सवारी दुर्घटना, दुई बालिकाको मृत्यु

अनलाइनखबरमा प्रकाशित,२ मङ्सिर, रामेछाप ।

दोरम्बा गाउँपालिका-२ दोरम्बा ढाक्रेबासमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । दोरम्बा गाउँपालिका-२ दहपातालमा आफन्तकोमा छेवर खाएर फर्किएका यात्रीहरु लिएर दोलखाको सैलुङ गाउँपालिका-८ भैसे जाँदै गरेको बा १३ च ७०९५ नं को गाडी दुर्घटनमा परेको हो । दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका-८ की १० वषिर्या सुवानी श्रेष्ठ र १२ वषिर्या दिलकुमारी श्रेष्ठको मृत्यु भएको छ।

Read More

बाल सञ्जाल र प्रहरीको सक्रियतामा बालविवाह रोकिए

नयाँ पत्रिकामा प्रकाशित, २ मङ्सिर, प्युठान।

बाल सञ्जाल र प्रहरीको सक्रियतामा प्युठानमा एक सातामा चार बालविवाह रोकिएका छन् । उमेर नपुगेका, तर विवाह गर्न लागेका जोडीको विवाह रोकिएको हो।

Read More

आर्थिक अभाव झेल्दै दुर्गमका विद्यालय, विद्यार्थीको संख्या समेत घट्दै

नागरिक न्युजमा प्रकाशित,१  मङ्सिर, रोल्पा ।

जिल्लामा रहेका अधिकांश विद्यालयहरु विभिन्न शिर्षकमा विद्यार्थीसंग पैसा उठाएर चलिरहेका छन्। करिब ६० प्रतिसत दरबन्दी कम भएका कारण यहाँका विद्यालयहरुले निजी श्रोतका शिक्षकलाई तलब खुवाउन पैसा उठाउनु परिरहेको हो। पुर्वाधार र जनशक्तिको अभावमा जबरजस्त खोलिएका विद्यालयहरुमा बर्सेनी विद्यार्थी घट्ने क्रम पनि चलिरहेको छ।

Read More

बालयौन दुराचारीलाई कतिन्जेल स्वर्ग ?

कान्तिपुरमा प्रकाशित, १ मङ्सिर, काठमाडौं।

पश्चिमा नागरिकबाट नेपाली बालबालिकामाथि भइरहेको यौन दुराचारबारे जुन तथ्य र प्रवृत्ति उजागर भएको छ, त्यो अत्यन्त डरलाग्दो छ । बालहितका लागि खुलेका भनिएका बालगृहमै बालबालिकाले उचित रेखदेख, शिक्षादीक्षा र पालनपोषण नपाइरहेको स्थितिमा त्यसकै लागि सघाउने बहानामा आएका कतिपय विदेशीमा यौन शोषणको उद्देश्य भेटिनु चिन्ताको विषय हो।

Read More

स्कुलमै खाजा, ‘ड्रपआउट’ शून्य

कान्तिपुरमा प्रकाशित,१ मङ्सिर, हेटौंडा ।

दिवाखाजाको व्यवस्था गरिएपछि मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा शतप्रतिशत बालबालिका स्कुल जान थालेका छन् । भर्ना भएर नियमित स्कुल आउन थालेपछि प्राथमिक तहका विद्यालयमा ‘ड्रपआउट’ शून्यमा झरेको छ।

Read More

करेन्ट लागेर दुई बालकको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,३० कात्तिक, मोरङ ।

मोरङ र सुनसरीमा करेन्ट लागेर दुई बालकको मृत्यु भएको छ । मोरङ सुन्दरहरैचा नगरपालिका(५ सुनौलीचोकका ८ बर्षीय रोहन मगर  र सुनसरीको बर्जु गाउँपालिका-३ अमडुवा दुर्गाटोल बस्ने ९ बर्षीय आचल रायको करेन्ट लागेर शुक्रबार मृत्यु भएको हो।

Read More

किशोरी भगाएर विवाह गरेको भन्दै किशोर पक्राउ

नयाँ पत्रिकामा प्रकाशित,२९ कात्तिक, उदयपुर ।

उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीय किशोरी भगाएर विवाह गरेको भन्दै एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

Read More

गर्भपतन बढेको बढ्यै

कान्तिपुरमा प्रकाशित,२९ कात्तिक, म्याग्दी।

ज्यानै जोखिममा राखेर अनिच्छुक गर्भपतन गराउने किसोरीको संख्या यस जिल्लामा वर्षेनी बढ्दो छ । कानुनले २० वर्षमुनीका युवतीलाई विवाहमा रोक लगाएको भए पनि गर्भपतन गराउनेमा किशोरी नै बढी छन्।

Read More

निमोनियाले गुम्दै बालबालिका स् गत वर्ष मात्र तीन सय जनाको मृत्यु

कान्तिपुरमा प्रकाशित,२८ कात्तिक, काठमाडौँ।

सरकारले वार्षिक ४ अर्ब खर्चिए पनि अझै बालबालिकाले निमोनियाबाट ज्यान गुमाइरहेका छन् । गत वर्ष मात्र ३ सय बालबालिकाको निधन भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार गत वर्ष देशभरका स्वास्थ्य संस्थामा १ हजार २ सय बालबालिकाको उपचारकै क्रममा ज्यान गएको थियो। तीमध्ये ३ सयको मृत्युको कारण निमोनिया हो।

Read More