समाचारमा बालबालिका

टिपरको ठक्करले बालिकाको मृत्यु

कान्तिपुरमा प्रकाशित,१७ मङ्सिर, मोरङ ।

उर्लाबारी नगरपालिका ५ झुम्राहास्थित भित्रि सडकमा मंगलबार टिपरले ठक्कर दिँदा एक बालिकोको मृत्यु भएको छ । स्थानीय जोगिन्दर मण्डलकी ४ वर्षीया छोरी राधिका कुमारी मण्डलको मृत्यु भएको हो।

Read More

रोकिएन बालविवाह

कान्तिपुरमा प्रकाशित,१७ मङ्सिर,सल्यान ।

गत वैशाख तेस्रो साता बालविवाह गरिरहेको आरोपमा शारदा नगरपालिका–६ मधमकाँडाका १९ वर्षीय भूपेन्द्र केसी र उनका बाबु दलबहादुर खत्री एक बालिकासँगै पक्राउ परे।

Read More

शिक्षिकाको छोराको बिहेमा विद्यालय बन्द

नयाँ पत्रिकामा प्रकाशित,१७ मङ्सिर, तनहुँ ।

भानु नगरपालिका–४ स्थित रम्घा बेँसीमा रहेको भानु संस्कृत माविले शिक्षिकाको छोराको बिहेमा विद्यालय नै बन्द गरेको छ । विद्यालयकी शिक्षिका गीतादेवी आचार्यको छोराको बिहेमा आइतबार विद्यालय बन्द गरिएको हो।

Read More

धनुषामा १४ महिने बच्चा चोरी

थाहा खबरमा प्रकाशित,१६ मङ्सिर, जनकपुरधाम।

धनुषाको सबैला नगरपालिका १० बाट १४ महिने बच्चा चोरी भएको छ। आइतवार साँझ घरमै सुतिको अवस्थामा स्थानीय दीपनारायण साहका १४ महिने छोरा गोलु साह चोरिएका हुन्।

Read More

सप्तरीमा १४ वर्षे बालिकाको अपहरण, प्रहरीविरुद्ध आफन्तको प्रदर्शन

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, १६ मङ्सिर, सप्तरी ।

सप्तरीको राजविराज नगरपालिकाकी एक बालिका अपहरणमा परेको घटना बाहिरिएको छ। यो घटनामाथि प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै सोमबार आफन्तले राजविराजमा प्रदर्शन गरेका छन्।

Read More

दुर्घटनामा बालकको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,१५ मङ्सिर, बारा।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढ सडकस्थित जमुना पैनीमा ट्रकको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु भएको छ । दुर्घटनामा निजगढ नगरपालिका ८ खयरघारीका करिब कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

यौनिकताबारे खुल्दै किशोरी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, १५ मङ्सिर, अछाम।

यौन तथा प्रजनन् स्वास्थ्यबारे कुरा गर्ने र यौन समस्या भन्न लाज मान्ने अछामको ग्रामीण भेगका किशोरी अचेल खुलेर बोल्न थालेका छन् । मंगलसैन नगरपालिका ३ बिसाकोटकी रत्ना साउदलाई यसअघि विद्यालयमा यौन शिक्षाका बारेमा पढाइ हुँदा अप्ठ्यारो लाग्थ्यो। साथीभाइ र शिक्षकका अगाडि अनुहार नै रातोपिरो हुन्थ्यो।

Read More

हजुरबुवाबाट नातिनी बलात्कृत

नागरिक न्युजमा प्रकाशित,१५ मङ्सिर,ओखलढुंगा ।

ओखलढुंगामा हजुरबुवाबाट नातिनी बलात्कृत भएकी छिन्। मोलुङ गाउँपालिकाकी एक १५ वर्षिया बालिकालाई उनकै नाताले हजुरबुवा पर्ने ५८ वर्षिय वृद्धबाट बलात्कृत भएकी हुन्। बुधबार वृद्धलाई प्रहरीले पक्राउ गरेको छ।

Read More

सुधारगृहबाट भागेका दुई बालक पक्राउ

कान्तिपुरमा प्रकाशित,१४ मङ्सिर, विराटनगर।

विराटनगर–३ स्थित बाल सुधारगृहको तीन तला माथिबाट फाल हानेर भागेका दुई जना बालक पक्राउ परेका छन् । सुधार गृहबाट भागेका उनीहरुलाई चार दिनपछि प्रहरीले पक्राउ गरेको हो।

Read More

अक्षर चिन्दै राउटे बालबालिका

नागरिक न्युजमा प्रकाशित,१३ मङ्सिर, सुर्खेत ।

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका स्पष्ट तीन मानन्यता छन्– लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने। वषौंवर्षदेखि यही मान्यतालाई आत्मसात् गर्दै आएको राउटे समुदाय अहिले परिवर्तन उन्मुख छ। राउटे समुदायका बालबालिका पुर्खाको मान्यताविपरीत लेखपढ गर्न थालेका छन्।

Read More

भाउजूले नै पुर्‍याइन् वेश्यालय

कान्तिपुरमा प्रकाशित,१२ मङ्सिर, काठमाडौँ।

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको अफिसियल फेसबुक पेजमा मंसिर ८ मा एउटा सन्देश आयो । सन्देशमा वैदेशिक रोजगारीमा रहेका एक व्यक्तिले १२ वर्षको उमेरमा घरबाटै हराएकी आफ्नी छोरी दिल्लीको वेश्यालयमा बेचिएकाले छिटोभन्दा छिटो उद्धार गर्न आग्रह गरेका थिए । सन्देश पाएपछि प्रहरीले तत्कालै अनुसन्धान अगाडि बढायो।

Read More

रोकिँदै बालविवाह

कान्तिपुरमा प्रकाशित,१२ मङ्सिर, मोरङ।

बूढीगंगा गाउँपालिका–२ का २१ वर्षीय अभिषेक चौधरी र वडा ७ डंग्राहा, धरहराकी १६ वर्षीया सविना खवासका अभिभावकबीच दुईको मागी विवाह गर्ने सहमति भयो । त्यसैअनुसार केही दिनअघि अभिशेक जन्ती लिएर सविनाको घर पुगे । जन्ती पुग्नेबित्तिकै बालअधिकार समितिका पदाधिकारी र प्रहरी प्रशासनका प्रतिनिधि देखा परे।

Read More

बलात्कारको आरोपमा एकजना पक्राउ

थाहा खबरमा प्रकाशित,११ मङ्सिर,कञ्चनपुर ।

कञ्चनपुरको बेलौरी नगरपालिका ८ का अन्ताजी १६ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन्। बालिकाका बुवाको मौखिक उजुरीका आधारमा दाजु नाता पर्ने धनिराम चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए।

Read More

विद्यालयमा राष्ट्रिय गानसँगै नगर गीत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, ११ मङ्सिर, रुपन्देही।

तिलोत्तमा नगरपालिकाका विद्यार्थीले प्रार्थनाको समयमा दुई वटा गान गाउँछन्– एउटा राष्ट्रिय गान, अर्को नगरको आफ्नै गान । नगरपालिकाले सबै विद्यालयमा नगर गीत गाउन निर्देशन दिएको छ । गत असोज १७ गते नगरपालिकाले सूचना जारी गर्दै सार्वजनिक कार्यक्रममा राष्ट्रिय गानपछि नगर गीत गाउन निर्देशन पठाएको थियो।

Read More

विद्यालयलाई लैंगिकमैत्री बनाइँदै

कान्तिपुरमा प्रकाशित,११ मङ्सिर, बुटवल ।

छात्रछात्राबीच समान सिकाइको वातावरण बनाउन बुटवलका विद्यालयलाई लैंगिकमैत्री बनाउन थालिएको छ । यसअन्तर्गत हरेक विद्यालयमा भौतिक संरचना तयार गर्न र वातावरणमा सुधार गर्न लागिएको हो।

Read More

सानैमा विवाह, पछि हिंसा

कान्तिपुरमा प्रकाशित,११ मङ्सिर, कञ्चनपुर ।

महाकाली नगरपालिका ९, आम्भोजकी कृष्णा खड्का मगर अहिले २२ वर्षकी भइन् । ५ वर्षअघि गाउँकै तोपबहादुर मगरसँग विवाह गरेकी उनको घरबार १ वर्षसम्म राम्रै चल्यो । घरमा सासू–ससुरा कोही नभएपछि सबै जिम्मेवारी उनकै काँधमा थियो।

Read More

कक्षा रित्याएर धान काट्न

कान्तिपुरमा प्रकाशित,१० मङ्सिर, विराटनगर।

मंसिर लागेपछि सीमावर्ती जहदा–४ को सार्वजनिक विद्यालयमा मावि तहका विद्यार्थी घटेका छन् । कात्तिकको अन्तिम दिनसम्म खचाखच देखिएका विद्यार्थी भोलिपल्टै आउन छाडेका हुन्।

Read More

बालिकालाई फकाएर लैजाँदै गर्दा एक भारतीय पक्राउ

रातोपाटीमा प्रकाशित,१० मङ्सिर, सप्तरी ।

बालिकाको चोरी गर्ने प्रयास गरेको  आरोपमा एकजना भारतीय नागरिकलाई प्रहरीले आज राजविराजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्यको सिलिगुरी ठेगाना बताउने ५० वर्षीय विनोद साह रहेको प्रहरीले जनाएको छ।

Read More

किशोरीलाई करेसाबारीको सीप

कान्तिपुरमा प्रकाशित, ९ मङ्सिर, पर्सा।

तारा संवाद समूहमा आबद्ध वीरगन्ज–२९ मुसैलीकी १४ वर्षीया इन्दु गुप्ताले आमा कुन्ती देवीले तरकारी खेती गर्दै आएको सानैदेखि देखेकी हुन् । तर करेशाबारी निर्माण तालिममा सहभागी भएपछि आमाले परम्परागत ढंगले गर्दै आएको खेतीमा केही त्रुटी रहेको उनले भेउ पाइन्।

Read More

तयार पारिँदै बाल खेलाडी

कान्तिपुरमा प्रकाशित,८ मङ्सिर, इलाम ।

इलाम बजारको ठूलो टुँडिखेल शनिबार बिहान रंगीचंगी देखिन्थ्यो । मैदानैभरि बालबालिका । कोही नीलो, कोही हरियो, रातो, कालो त कोही पहेंलो जर्सीमा सजिएका। एकैपटक चारवटा खेल खेलाइँदै थियो । सेभेन ए साइड फुटबलमा आठ विद्यालयका टिम सहभागी थिए।

Read More