समाचारमा बालबालिका

निजी विद्यालयमा खचाखच, सरकारीमा विद्यार्थी अभाव

कान्तिपुरमा प्रकाशित,११ पुष, बिर्तामोड ।

अर्जुनधारा नगरपालिका–४ स्थित शिवनारायण प्राथमिक विद्यालय गत वर्ष बन्द र≈यो । २०४५ मा स्थापित विद्यालय विद्यार्थी नभएकै कारण गत शैक्षिक सत्रमा चल्न सकेन । यो वर्ष जेनतेन २० जना विद्यार्थी भर्ना भएका छन् । कक्षा १ मा १२ तथा कक्षा २ मा ८ जना अध्ययनरत छन् । कक्षा ५ सम्म चल्नुपर्ने विद्यालय कक्षा २ सम्म मात्र सञ्चालित छ।

Read More

१३ दिनपछि आफन्तको काख

कान्तिपुरमा प्रकाशित,१० पुष, सिन्धुपाल्चोक।

बलेफी गाउँपालिकाको खाडीचौर बजारस्थित सिन्धुसदाबहार अस्पतालमा जम्मा भएको भीड बिहीबार बिहानैदेखि भावकु थियो । सिन्धुसदाबहार अस्पतालमा १३ दिन बिताएकी यात्रुबस दुर्घटनाकी अलपत्र ७ महिने शिशुलाई अभिभावक पक्षलाई जिम्मा लगाएपछि रोदन चर्किएको थियो।

Read More

कलिलै उमेरमा आमा

कान्तिपुरमा प्रकाशित,१० पुष, अछाम।

ढकारी गाउँपालिका–५ कि नैना साउद १९ वर्षमा २ सन्तानकी आमा भइसकिन् । १५ वर्षको हुँदा भागेर विवाह गरेकी उनी अहिले गर्भवती छिन् । ‘७ कक्षामा पढाइ छोडियो । परिवार नियोजनका साधनबारे जानकारी छैन,’ उनले भनिन्।

Read More

जुंगारका सबै बालबालिका विद्यालय पहुँचमा

नागरिक न्युजमा प्रकाशित,१० पुष, रोल्पा ।

रोल्पाको त्रिबेणी गाउँपालिका–५ जुंगारका विद्यालय जाने उमेर समुहका सबै बालबालिका विद्यालयको पहुँच आएका छन्। उक्त वडा भित्र रहेका सबै १ हजार ६१ बालबालिका विद्यालयमा भर्ना भएपछि उक्त वडालाई औपचारिक रुपमा पूर्ण भर्ना घोषणा गरिएको हो। घोषणा कार्यक्रमा बोल्दै वडाअध्यक्ष कृष्ण कसीले सबै बालबालिका विद्यालयमा आएको भएता पनि विद्यालयमै टिकाई राख्न अबको चुनौती रहेको बताए।

Read More

बलात्कार घटना : इन्साफ चाहियो

कान्तिपुरमा प्रकाशित,१० पुष, बारा ।

उनी शौच गर्न राती घर बाहिर निस्केकी थिइन् । त्यही बेला चिनजानकै उनी भन्दा ३ बर्ष जेठो एक पुरुषले ललाइफकाई बाइकमा बसाएर केही पर लगे । एकापसमा विवाहको प्रसङ्ग चलाउँदै १७ बर्षीय ती पुरुषले १४ बर्षीया बालिकासित हिमचिम हुँदै बलात्कार गरे । र, घर छेउसम्म पुर्याइदिए।

Read More

हाडनातामा गर्भवती बनाएर अर्कैलाई जिम्मा

कान्तिपुरमा प्रकाशित,१० पुष, खोटाङ ।

जिल्लाको खोटेहाङ गाउँपालिकामा एक बालिकालाई बलात्कार गरी गर्भवती बनेपछि अर्कैलाई जिम्मा लगाएको खुलासा भएको छ । नाताले काका पर्नेले १५ वर्षीया बालिकालाई बलात्कार गरी अर्कैलाई जिम्मा लगाएको खुलासा भएको हो।

Read More

जन्मिएलगत्तै शिशुका नाममा बैंक खाता

रातोपाटीमा प्रकाशित,९ पुष, जुम्ला ।

जुम्लाको पातारासि गाउँपालिकाले जन्मिएलगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ । बच्चा जन्मिएपछि जन्मदर्ता गराएलगत्तै गाउँपालिकाले रु तीन हजार र अभिभावकले रु तीन हजार गरी एकैपटक रु छ हजार जम्मा गरिदिने गरेको छ।

Read More

बिहे गर्ने प्रलोभन देखाएर किशोरीमाथि बलात्कार

अनलाइनखबरमा प्रकाशित, ८ पुस, वीरगञ्ज ।

विवाह गर्छु भन्दै फकाएर १४ बर्षकी किशोरी बलात्कार गरेको आरोपमा बाराको कलैयाबाट प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । किशोरको उमेर पनि १८ वर्षभन्दा कम भएको कारण प्रहरीले उसको नाम गोप्य राखेको छ।

Read More

हेलो प्रहरी ! म बिहे गर्दिनँ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,८ पुष, स्याङ्जा ।

१४ वर्षीया किशोरीले गत शुक्रबार स्कुलबाट फर्केर घरधन्दा गरिन्। गृहकार्य सकिन्। रात छिप्पिन थालेपछि अभिभावकले कुरैकुरामा फकाउँदै गाउँको एउटा घरमा लगे। त्यहाँ विशेष चहलपहल थियो।

Read More

२७ दिनदेखि वेपत्ता बालिका मृत फेला

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ पुष, अछाम ।

२७ दिनपछि वेपत्ता बालिका मृत अवस्थामा फेला परेकी छन्। कमलबजार नगरपालिका-७ जामाकी १६ वर्षीया बासु जैसी कमलबजार  नगरपालिका-६ को उराईटी वनमा आइतवार साझ मृत अवस्थामा फेला परेकी हुन्। घाँस काट्न चिलिमे वनमा गएकी उनी मसिर १० गतेदेखि वेपत्ता भएकी थिइन।

Read More

चिसो माटोमा बस्छन् विद्यार्थी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ पुष, धनगढी।

बाजुरा खप्तड छेडेदह गाउँपालिका–१ काँडामा रहेको काँडा माध्यामिक विद्यालयमा विद्यार्थी माटोमा बस्ने गरेका छन्। मैदान सम्याउने क्रममा डोजरले दुबो माटोमा परिणत गरीदिएपछि उनीहरू धुलो माटोमा बस्न बाध्य भएका हुन्।

Read More

बालिकालाई बन्धक बनाएर बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ पुष,धनगढी ।

कञ्चनपुर बेलौरी नगरपालिकाकी १४ वर्षीय बालिकालाई बन्धक बनाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ। पुस २ गते विद्यालयबाट घर फर्कदै गरेकी बालिकालाई साथीको घर लिएर बन्धक बनाइ बलात्कार गरेको पीडित बालिकाका आफन्तले आरोप लगाएका छन्।

Read More

बालश्रम रोक्न स्थानीय सरकारका १५ बुँदे प्रतिबद्धता

नयाँ पत्रिकामा प्रकाशित,६ पुष, रोल्पा ।

बालअधिकारको संरक्षण र प्रवद्र्धनका लागि रोल्पाका १० स्थानीय तहले १५ बुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति रोल्पाको आयोजनामा शुक्रबार र शनिबार सदरमुकाम लिबाङमा आयोजित कार्यशालामा सहभागी गाउँ तथा नगरप्रमुखहरूले बालश्रमको अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन्।

Read More

शीतलहरका कारण सप्तरीका तीन स्थानीय तहका विद्यालय बन्द

रातोपाटीमा प्रकाशित, ६ पुष, सप्तरी ।

शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आजदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ।

Read More

हटेन बालविवाह

कान्तिपुरमा प्रकाशित,६ पुष, झापा।

झापाको बाह्रदशी गाउँपालिका १ की चाँदनी राई भर्खर १४ वर्षकी पुगिन । स्कुले जीवनमा व्यस्त हुनुपर्ने उनी पुस ९ मा विवाहको प्रथम वर्ष मनाउने तयारीमा छिन् ।१३ वर्षकै उमेरमा उनले विवाह गरेकी थिइन ।बाह्रदशी ३ की सन्जली हेमरम २२ वर्षमा टेकिन । कानुनअनुसार विवाहका लागि योग्य भएकी छन्।

Read More

दिवा खाजा पाएपछि बाजुराका विद्यालयमा विद्यार्थी बढे

थाहा खबरमा प्रकाशित,४ पुष, बाजुरा ।

सामुदायिक विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ। पूर्वोत्तर भेगमा पर्ने बूढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा रहेको कैलाश प्राथमिक विद्यालयमा केही वर्ष पहिले ५० देखि ७० विद्यार्थी रहेका थिए। विद्यालयले दिवा खाजा कार्यक्रम शुरु गरेपछि विद्यार्थीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो।

Read More

बालविवाह अन्त्य गर्न छोरीलाई भत्ता

रातोपाटीमा प्रकाशित,४ पुष, हुम्ला ।

हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ। जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं ४ को बुराउसे  र उत्तरी नाम्खा गाउँपालिकामा पूरै लामा समुदाय बसोबास गर्दछन्।

Read More

बिहे गरम् भनेर लग्यो, फेरि पनि रमाइलो गरम् भनेर छोडिदियो

कान्तिपुरमा प्रकाशित,४ पुष, रुपन्देही ।

बुटवल उपमहानगरपालिका–११, देवीनगरकी सरिता विक मंसिर १६ मा विद्यालयबाट घर फर्किनन् । मजदुरीमा गएका बाआमा घर फर्के । रात पर्‍यो। अर्कोदिन उज्यालो भयो । तर, १४ वर्षे सरिता कहाँ गइन्, अत्तोपत्तो भएन।

Read More

अलपत्र बालिकाको उद्दार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३ पुष, महेन्द्रनगर ।

कञ्चनपुरको महेन्द्रनगर बजारमा अलपत्र परेकी एक बालिकाको उद्धार गरिएको छ। बिहीबार बिहान महेन्द्रनगरबाट बाजुराकी १५ वर्षीया राधिका शाहीलाई स्थानीयले उद्धार गरेका हुन्।

Read More

कलिलैमा बिहे, पढ्नै पाउँदैनन् छोरी

कान्तिपुरमा प्रकाशित,३ पुष, हुम्ला ।

सरकारले उमेर नपुगी बिहे गरेको उजुरी परे कारबाही गर्छ । सरकारले कारबाही गरोस् नगरोस् उमेर नपुगी हुने बिहेले महिलाको स्वास्थ्य समस्याका बारेका पढेलेखेकालाई थाहा छ । तर, सिमकोट र नाम्खा गाउँपालिकाका लामा समुदायमा परम्परादेखि बालविवाह व्याप्त छ।

Read More