समाचारमा बालबालिका

९ महिनामा ११ बालविवाह रोकियो

कान्तिपुरमा प्रकाशित,२७ पुष, हेटौंडा ।

१५ वर्ष मात्र टेकेकी थिइन्, प्रेमविवाह गरेर स्कुलबाटै भागिन् । विवाह गरेका युवक न उनी पढ्ने स्कुलका हुन्, न त गाउँकै । उनी थिए दाङका । मकवानपुरको मनहरी गाउँपालिकामा विद्युतको काम गर्थे । एक वर्षदेखि चिनजानमा रहेका उनीहरूबीच प्रेम झाँगियो । अन्ततः भागीबिहे गरे।

Read More

तनहुँमा ट्रकको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

सेतोपाटीमा प्रकाशित,२६ पुष, तनहुँ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृत्यु भएको छ।

Read More

काठमाडौंमा सटर फुटाएर चोरी गर्ने किशोरको ग्याङ, ५ समातिए

अनलाइनखबरमा प्रकाशित,२५ पुष, काठमाडौं ।

काठमाडौंमा पसलका सटर फुटाएर चोरी गर्ने किशोरहरूको एक समूह नै सक्रिय रहेको फेला परेको छ । प्रहरीले यस्ता कार्यमा संलग्न ५ किशोरलाई काठमाडौंको सुकेधारा क्षेत्रबाट पक्राउ गरेसँगै  यस्तो तथ्य सतहमा आएको हो।

Read More

फरार बलात्कारी पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२४ पुष, विराटनगर ।

बालिकामाथि बलात्कार गरेको घटनामा सर्वोच्च अदालतले डेढ वर्षअघि दोषी ठहर गरे पनि फरार रहेका एक जनालाई प्रहरीले मोरङको कानेपोखरीबाट पक्राउ गरेको छ । कानेपोखरी गाउँपालिका ६ का २४ वर्षीय यामबहादुर सार्कीलाई इलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको हो।

Read More

इन्टरनेटमार्फत हुने बालदुर्व्यवहार रोक्न निर्देशिका

अनलाइनखबरमा प्रकाशित,२३ पुष, काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिरकणले ‘अनलाइन बालसुरक्षा निर्देशिका, २०७६’ जारी गरेको छ । सूचना तथा संचार प्रविधिको विकाससँगै अनलाइन (बेवसाइट, एप, सामाजिक सञ्जाल)मार्फत बालबालिकामाथि बढ्दो दुर्व्यवहारका घटनालाई न्यूनीकरण गर्न निर्देशिका जारी गरिएको हो।

Read More

किशोरी हत्याको आरोपमा आमा र काकासहित चार पक्राउ, बुवा फरार

नागरिक न्युजमा प्रकाशित,२३ पुष, पर्सा ।

पर्सामा आफ्नै परिवारजनले एक जना किशोरीको हत्या गरेको घटना प्रहरीले सार्वजनिक गरेको छ। १५ वर्षीया किशोरी पुनिता कुमारीको हत्या गरी शव जलाएर गाडेको आरोपमा पोखरिया नगरपालिका वाड नम्बर ९ सेमरवारीबाट आमासहित ४ जना पक्राउ परेका हुन्। गत पुस १ गते राति किशोरी पुनिताको हत्या भएको बताइएको छ।

Read More

बलात्कारको आरोपमा युवक पक्राउ

नागरिक न्युजमा प्रकाशित,२३ पुष, उदयपुर ।

उदयपुर प्रहरीले एक किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रदेश नम्बर २ का युवकलाई गाईघाटबाट पक्राउ गरेको छ। त्रियुगा नगरपालिका(१२ पुरानो गाईघाटकी १४ वर्षीया किशोरीमाथि जवरजस्ती गरेको आरोपमा सिराहा जिल्ला धनगढीमाई नगरपालिका(१२ का २० वर्षीय श्रबण खड्का पक्राउ परेका हुन्।

Read More

बाल यौन दुराचारी छुटाउन ‘कूटनीतिक दौडधुप’

कान्तिपुरमा प्रकाशित,२३ पुष, काठमाडौँ ।

बाल यौन दुराचारको मुद्दामा २१ महिनादेखि काभ्रे कारागारमा रहेका क्यानेडियन नागरिक पिटर डलग्लिसको पक्षमा सुनुवाइ गर्न क्यानडा सरकारले कूटनीतिक सक्रियता’ देखाएको छ । दिल्लीस्थित क्यानडेली उच्चायुक्त कार्यालयमार्फत क्यानडाको विदेश मन्त्रालयका उच्च पदस्थ कर्मचारीले अस्वाभाविक कूटनीतिक सक्रियता’ देखाएका हुन्।

Read More

विद्यालयमै नेताको जाँड पार्टी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२३ पुष, महोत्तरी ।

शिक्षक नेताहरुले विद्यालयमा मासु र रक्सी पार्टी गरेको भिडियो सार्वजनिक भएको छ। महोत्तरीको गौशाला नगरपालिका(३ स्थित राष्ट्रिय आधारभूत विद्यालय नवराजपुरको हाताभित्र खुलमखुला मासु रक्सीको भोज गरिएको भेटिएको हो।

Read More

सोधेको प्रश्नको जवाफ दिन नसक्दा छात्रामाथि कुटपिट

नागरिक न्युजमा प्रकाशित,२३ पुष, विराटनगर ।

विराटनगरस्थित लर्डबुद्ध स्कुलमा अध्ययनरत छात्रामाथि शिक्षकले निर्घात कुटपिट गरेका छन्। कक्षा ८ मा अध्ययनरत छात्रा अनुश्का ठाकुरलाई बुधबार सो विद्यालयका शिक्षक सागर सिंहले कुटपिट गरेका हुन्।

Read More

बालबालिका निरन्तर चितुवाको सिकार

नागरिक न्युजमा प्रकाशित,२२ पुष, पोखरा/तनुहँ ।

२०७४ फागुनदेखि तनहुँका विभिन्न गाउँका बालबालिका चितुवाको आक्रमणमा पर्न थालेका थिए। त्यो शृंखला अझै रोकिएको छैन। बारम्बार खोरमा पारेर चितुवालाई नियन्त्रणमा लिइए पनि बालबालिकालाई चितुवाले सिकार बनाउने क्रम अझै जारी छ। त्यसैको पछिल्लो पछिल्लो शृंखलामा आइतबार आँबुखैरेनी गाउँपालिका–१ का ८ वर्षीय पुजन सिंजालीलाई चितुवाले आक्रमण गरेको घटना जोडिएको छ। घटनामा बालक सिंजालीको मृत्यु भएको छ।

Read More

सामुदायिक विद्यालयहरुमा जङ्कफुड निषेध

थाहा खबरमा प्रकाशित,२२ पुष, अर्घाखाँची।

जङ्कफुड खानाले बालबालीकाको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै अर्घाखाँचीका चार सामुदायिक विधालयमा जङ्कफुड खान रोक लगाइएको छ।  जिल्लाको सन्धिखर्क नगरपालिका वडा १० ले आफ्ना वडा भित्रका सामुदायिक विद्यालयहरुमा बालबालिकाहरुलाई जङ्कफुड खान निषेध गरेको हो। वडा भित्रका चार सामुदायिक विद्यालयहरु जनसेवा आधारभुत बिद्यालय, अरनिको आधारभुत विद्यालय, बिध्याविकाश आधारभुत विद्यालय र आदर्श आधारभुत विद्यालय तथा वडा कार्यलय समेतमा जङ्कगफुट खान निषेध गरिएको हो।

Read More

आँबुखैरेनीमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

रातोपाटीमा प्रकाशित,२१ पुष, चितवन।

चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनीमा आइतबार साँझ एक बालकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ।

Read More

बालविवाह रोक्न किशोरीहरुको संघर्ष

उज्यालो अनलाइनमा प्रकाशित,२१ पुष, रौतहट।

कलिलो अनुहार, उमेरले भर्खरै १५ मा टेक्दै गरेकी किशोरी । मनमा केही गर्छु भन्ने आँट । तर जन्मिदै बिहेको लागि केटा तयार । हुर्कन नपाउँदै पटक पटक बिहेको कुरा।

Read More

गृहकार्य नगरेको भन्दै कुटिए विद्यार्थी, आँखामा गम्भीर चोट

अनलाइन खबरमा प्रकाशित,२० पुष, बुटवल ।

रूपन्देहीको एक बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी शिक्षकबाट निर्घात कुटिएका छन् । कुटाइबाट उनको आँखामा चोट लागेको छ । सम्मरीमाई गाउपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुटिएका हुन्।

Read More

ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, २० घाइते

नयाँ पत्रिकामा प्रकाशित,२० पुष, रुकुम पश्चिम ।

राष्ट्रपति रनिङ शिल्डमा सहभागी विद्यार्थी चढेको ट्याक्टर शनिबार राति दुर्घटना हुँदा आठ कक्षामा अध्ययनरत दलबहादुर बिकको मृत्यु भएको छ । १६ विद्यार्थीसहित २० जना घाइते भएका छन्।

Read More

दमकबाट पन्ध्र सडक बालबालिकाको उद्धार

सेतोपाटीमा प्रकाशित,२० पुष,दमक ।

झापाको दमकबाट शनिबार १५ सडक बालबालिकाको उद्धार गरिएको छ। प्रदेश नं १ लाई सडक बालबालिकामुक्त बनाउने अभियानअन्तर्गत दमकबाट एकैसाथ १५ सडक बालबालिकालाई उद्धार गरिएको हो।

Read More

विद्यार्थी कुट्ने शिक्षक प्रहरी फन्दामा

नागरिक न्युजमा प्रकाशित,२० पुष, बुटवल ।

रुपन्देहीमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षक प्रहरी फन्दामा परेका छन्। सम्मरीमाई –६, पोखरहवास्थित ज्ञानदीप बोर्डिङ्ग स्कुल कक्षा ५मा अध्ययनरत मोहम्मद तौफिक देवानलाई कुटपिट गरेको भन्दै सम्मरीमाई गाउँपालिका-६ रुदलापुर बस्ने शिक्षक शैलेन्द्र बरईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Read More

धरानबाट ३१ सडक बालबालिकाको उद्धार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ पुष, धरान ।

सरकारले सुनसरीको धरान उपमहानगरपालिकाको भानुचोक क्षेत्रबाट शुक्रबार राति ३१ बालबालिकाको उद्धार गरेको छ। सरकारले सुरु गरेको सडक बालबालिका, बेवारिसे बृद्धबृद्धा तथा अशक्तहरुको संरक्षण अभियान अन्तर्गत सडकमा कष्टकर जीवन बिताइरहेका ३१ बालबालिकालाई धरान उपमहानगरपालिकाको भानुचोक क्षेत्रबाट उद्धार गरिएको हो।

Read More

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ६० वर्षीय महेन्द्र शाह पक्राउ

इमेज खबरमा प्रकाशित,१८ पुष, रौतहट ।

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् । गुजरा नगरपालिका ५ हरिहरपुर बस्ने ६० वर्षीय महेन्द्र साहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

Read More