समाचारमा बालबालिका

स्थानीय उत्पादन खान नजान्दा कुपोषण

गोरखापत्र अनलाइनमा प्रकाशित,१ फागुन, डडेलधुरा ।

किशोर उमेरमै पहिलो पटक आमा बनेकी रेवती सार्कीको पहिलो सन्तान तीन वर्षका भए । नौ महिनाअघि दोस्रो पटक उहाँले एकै पटक एक छोरा र एक छोरीलाई जन्म दिनुभयो । स्वस्थ जन्मिएका जुम्ल्याहामध्ये अहिले छोरीलाई कुपोषण भयो । छोरा भने स्वस्थ र निरोगी छन् । कुपोषण भई तौल कम भएकी पाँच किलोग्रामकी छोरीसहित सार्की यति बेला पोषण पुनस्र्थापना केन्द्रमा हुनुहुन्छ।

Read More

बालविवाह रोक्न खोज्‍ने निसानामा

कान्तिपुरमा प्रकाशित,२९ माघ, नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरसँगै जोडिएको पुरैना बिर्ताकी १७ वर्षीया एक किशोरीको विवाह तयारी पूरा भइसकेको थियो । गत आइतबार साँझ जन्ती आउने तय भएकाले दुलहीका परिवार स्वागत गर्न आतुर थिए । किशोरी विवाहको खबर फैलिएपछि रोक्न पुगेको प्रहरीसँग छोरीको विवाह गर्न पाउनुपर्ने माग गर्दै परिवारले होहल्ला नै गरे।

Read More

सिराहामा तीन दिनभित्र चार बालविवाह रोकियो

अनलाइनखबरमा प्रकाशित,२९ माघ, सिरहा ।

सिरहामा २० वर्ष भन्दा कम उमेरमा हुन लागेका चारजनाको विवाह रोकिएको छ । बुधबार मिर्चैया नगरपालिका १ का १८ बर्षका युवकको विवाह प्रहरीको सक्रियतामा रोकिएको छ । योसँगै पछिल्लो तीन दिन यता प्रहरीले हुन लागेको चार वटा बालविवाह रोकेको हो।

Read More

बिहेको निम्तोमा जन्ममिति अनिवार्य

कान्तिपुरमा प्रकाशित,२८ माघ,उदयपुर ।

अचेल उदयपुरमा विवाहको निम्तो कार्डमा बेहुला बेहुरलीको उमेर लेख्ने गरिएको छ । उमेर नपुगी विवाह गर्ने चलन रोक्न यस्तो गरिएको हो । सबैलाई उमेरबारे थाहा होस् भनेर विवाह कार्डमा जन्ममिति लेख्न अनिवार्य गरिएको छ ।

Read More

महिना दिनदेखि १६ वर्षीया अञ्जु बेखबर

सेतोपाटीमा प्रकाशित,२८ माघ, बागलुङ ।

गलकोट नगरपालिका–३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन्। गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन्।

Read More

मुगुबाट हुम्ला पुर्‍याएर किशोरीमाथि बलात्कार प्रयास, चिच्याएको सुनेपछि प्रहरीले उद्दार गर्‍यो

थाहा खबरमा प्रकाशित, २८ माघ, मुगु ।

मुगुकी १५ बर्षीया एक किशोरीलाई जबर्जस्ती विवाह गराउने प्रयासमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणकै शैलीमा गाउँबाट उठाएर मुगुकी ती किशोरीलाई हुम्ला पुर्‍याएपछि त्यहाँबाट भागेकी किशोरीले माइतीमा समेत सुरक्षा पाउन नसकेको विदारक घटना सार्वजनिक भएको हो।

Read More

किशोरी बेचबिखन प्रयासको अभियोगमा दुई जना पक्राउ

अनलाइनखबरमा प्रकाशित,२७ माघ, चितवन ।

१७ बर्षकी किशोरी बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ बर्षका भीमप्रसाद ढकाल र ३९ बर्षका रामवावु दूतराज (बिक) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव खतिवडाले बताए।

Read More

खाजाले बढे विद्यार्थी

कान्तिपुरमा प्रकाशित,२७ माघ, बर्दिया ।

यहाँको हिमाली आधारभूत विद्यालयका विद्यार्थी मुस्किलले पढ्न आउँथे । विद्यालय आएका पनि अधिकांश टिफिन समयमा घर भाग्थे । विद्यालयमा खाजा कार्यक्रम सुरु भएपछि विद्यार्थी नियमित हुन थालेको र भाग्ने क्रम रोकिएको विद्यालयले जनाएको छ ।

Read More

खोलाले बगाउँदा बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२७ माघ, बागलुङ।

बडिगाड गाउँपालिकामा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बडिगाडको वडा- ५ ग्वालीचौरमा घर नजिकै आफ्नी आमासँग भाडा धुन गएका समयमा खोलाले बगाएर ४ वर्षीया सिजन विकको मृत्यु भएको हो।

Read More

गम्भीर घाइते बालकको हेलिकप्टरबाट उद्धार

अनलाइनखबरमा प्रकाशित,२७ माघ, कैलाली ।

बाजुराको बडी मालिका नगरपालिका-८ मार्तडीमा घरको छतबाट खसेर गम्भीर घाइते भएका एक बालकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हिमाली गाउँपालिका-६ रुगिन घर भएका २ वर्षीय बालक कृष्टन पाण्डे मामाको घरमा आएको बेला छतबाट खसेर गम्भीर घाइते भएका थिए ।

Read More

घरायसी कामले छुट्छ पढाई

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२७ माघ, अछाम ।

साँफेबगर नगरपालिका–१४ पातलकोटकी सानु थापा १७ बर्षकी भईन् । विद्यालयमा भेटिनुपर्ने उनी हरेक दिन उनी घरायसी काममा ब्यस्त हुन्छिन् । कालिका माध्यामिक विद्यालयकी पूर्व छात्रा सानुले ६ कक्षा पढ्दा पढ्दै विद्यालय छोडिन् । भन्छिन्, ‘घरायसी काम र घासदाउराले गर्दा गृहकार्य गर्ने, पढ्ने समय नभएपछि विद्यालय जानै छोडे ।’ सानु जस्तै कौशी परियारले कक्षा ३ र शान्ति थापाले कक्षा सातमा पढ्दा पढ्दै वीचमै विद्यालय छोडे ।

Read More

बालविवाह गराउन खोज्ने काका पक्राउ

नागरिक न्युजमा प्रकाशित,२७ माघ, मुगु।

आफ्नै भतिजलाई बालिका विवाह गराउन खोज्ने काकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हुम्लाको चंखेली गाँउपालिका वडा १ दार्मा गाँउका सिंहबहादुर नेपालीलाई मुग प्रहरीले पक्राउ गरेको हो। नेपाललीले मुगुको सोरु गाँउपालिका वडा नं ३ कि एक बालिकालाई भतिजोसंग विवाह गराउने प्रयास गरेका थिए।

Read More

उदयपुरमा बलात्कार घटना बढ्दो, वर्षदिनमा ५३

नागरिक न्युजमा प्रकाशित,२६ माघ, उदयपुर ।

उदयपुरमा बलात्कारका घट्ना भयावह बन्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पछिल्लो समय वर्षेनी महिलामाथि हुने बलात्कार र बलात्कारजन्य महिला हिंसाका घट्ना बढ्दै गएको देखिएको छ।

Read More

विद्यालयबाटै बिनाब्याज ऋण

कान्तिपुरमा प्रकाशित,२६ माघ, बर्दिया ।

जिल्लाको नेपाल गुराँस माविका विद्यार्थीका पढाइ छाडेर खर्च जुटाउन भौंतारिनुपर्ने दिन सकिए । मधुवन –६, सानोश्रीका विद्यार्थीलाई विद्यालयले पढ्दै, सिक्दै र कमाउँदै अभियानअन्तर्गत बिनाब्याज ऋण दिन थालेपछि उनीहरूका दिन फेरिएका हुन् । विद्यालयले उपलब्ध गराएको ऋण सहयोगले अध्ययन खर्च टार्न सहज भएको प्रधानाध्यापक केशव पौडेलले बताए ।

Read More

सय रुपैयाँ चोरी गर्दा बन्धक बनाएर कुटिए बालक

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ माघ, जनकपुरधाम ।

गाउँको एक किराना पसलबाट पैसा चोरी गरेको निहुँमा एक वडाध्यक्षले दुई बालकलाई ८ घण्टा बन्धक बनाएर निर्घात कुटपिट गरेको कुरा बाहिर आएको छ। वडाध्यक्षको कुटपिटबाट बालकको नाक, ढाड र छातीमा गम्भीर चोट लागेको छ।

Read More

झारफुकको बहानामा किशोरीमाथि बलात्कार, १ जना पक्राउ

अनलाइनखबरमा प्रकाशित,२५ माघ, कैलाली ।

१४ वर्षीया किशोरी बलात्कारको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडबाट १ व्यक्ति पक्राउ परेका छन् । बिरामी युवतीलाई झारफुक गर्ने बहानामा युवती बलात्कार गरेको गरेको अभियोगमा घोडाघोडी नगरपालिका–१, हिम्मतपुरका ४५ वर्षीय हरिप्रसाद डगौरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।

Read More

एक सातादेखि १२ वर्षीया बालिका बेपत्ता

नेपाल समाचारपत्रमा प्रकाशित,२४ माघ, बागलुङ ।

काठेखोला गाउँपालिका–७ कि १२ वर्षीया सन्ध्या बस्याल एक सातादेखि बेपत्ता छिन् । गत शुक्रबार बिहान ८ः३० बजे घरबाट हिँडेकी बस्याल नफर्केपछि परिवारजन पीडामा छन् । प्रहरी र स्थानीयवासीले खोजी कार्य तीव्र पारे पनि बस्याल फेला पर्न सकेकी छैनन्।

Read More

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

कान्तिपुरमा प्रकाशित,२४ माघ, पोखरा ।

चितुवाको आक्रमणबाट पोखरा– ३२ कोशेगाउँकी ९ वर्षीया पूजा विकको मृत्यु भएको छ । बिहीबार साँझ ६ बजेतिर साथीसँग खेलिरहेको अवस्थामा चितुवाले अशोक विकको घरको आँगनबाटै उनलाई लगेको स्थानीय नारायणप्रसाद पण्डितले बताए।

Read More

जहाँ ५ कक्षामै टुंगिन्छ पढाइ

कान्तिपुरमा प्रकाशित,२४ माघ, सिन्धुपाल्चोक ।

चिसो भुँइमा टुक्रे गुन्द्री । चिरा परेका काठले बेरिएका कोठा । त्यहीँ टाँगिएका छन्, च्यातिन थालेका थोत्रा चार्ट । पुस्तक र कापी बोकेर बालबालिका शिक्षक कुरेर बसेका छन् । अझैसम्म सडक नजोडिएको जुगल गाउँपालिका–३ तेम्बाथान गाउँको तेम्बाथान आधारभूत विद्यालयको यो अवस्था देख्ने जो कोही दिक्क हुन्छन्।

Read More

विद्यार्थी नहुँदा विद्यालय बन्द

थाहा खबरमा प्रकाशित,२४ माघ, झापा ।

शिवसताक्षी नगरपालिका–११ को झरना आधारभुत विद्यालय दुई वर्षदेखि बन्द छ। चारजना शिक्षक दरबन्दी रहेको उक्त विद्यालयमा ३० जना मात्र विद्यार्थी भए।

Read More