समाचारमा बालबालिका

बालिकाले कानमा लगाएको मुन्द्रा दिउँसै लुटियाे

https://www.onlinekhabar.com/2020/07/882978

अनलाइनखबर, २०७७ साउन ५ गते ७:३० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गल्कोपाखास्थित बागमती ड्राईभिङ सेन्टर नजिक बालिकाले कानमा लगाएकाे सुनकाे मुन्द्रा दिउँसै लुटपाट भएकाे छ ।

कास्की घर भई काठमाडौं महानगरपालिका-२६ कपुरधारा बस्ने २ जना बालिकाले कानमा लगाएको करिब १ तोला बराबरको सुनको मुन्द्रा शनिबार दिउँसो लुटपाट भएको हाे । 

Read More

बिहे गर्ने प्रलोभनमा बालिकामाथि बलात्कार

https://www.onlinekhabar.com/2020/07/882998

अनलाइनखबर, २०७७ साउन ५ गते ८:४४ मा प्रकाशित

बालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राई छन् ।

 

Read More

माछा मार्न खोलामा गएकी बालिका फर्किनन्

https://www.setopati.com/social/211595

सेतोपाटी संवाददाता, धनगढी, साउन ३

माछा मार्न खोलामा गएकी कैलालीकी एक बालिकाको मृत्यु भएको छ। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ मा खोलाले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

कास्कीको माछापुच्छ्रेमा पहिरोमा पुरिएर तीन बालबालिकाको मृत्यु

https://www.dekhapadhi.com/news/18350

प्रकाशित: शुक्रबार, साउन २, २०७७  ०८:३१

देखापढी

कास्की। माछापुच्छ्रे गाउँपालिकामा आज बिहान पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ। वडा नम्बर ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान करिब पौने ६ बजे पहिरोले बगाउँदा उनका दुईजना नाति १६ वर्षीय कुशल, १४ वर्षीय समिर र १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको वडाध्यक्ष कृष्णप्रसाद दवाडीले बताए। 

Read More

कुलोमा डुबेर बालकको मृत्यु

http://annapurnapost.com/news/161438

२ साउन २०७७ ०८:५८:००

विराटनगर : मोरङको केराबारी गाउँपालिका–७ मा बिहीबार राति कुलोमा डुबेर मृत्यु भएको अवस्थामा एक बालकको शव भेटिएको छ ।  पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ घर भएका हर्कबहादुर लिम्बूको छोरा ३ वर्षीय वियन लिम्बूको पानी बगिरहेको कुलोमा डुबेर मृत्यु भएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

Read More

किशोरी बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

https://ekantipur.com/pradesh-6/2020/07/15/159479707594978544.html

कालीकोट — किशोरी बलात्कारको आरोपमा खाँडाचक्र–६ का वडाध्यक्ष जगदीश शाही मंगलबार राति पक्राउ परेका छन् । १७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा पीडितले प्रहरीमा जाहेरी दिएपछि सदरमुकाम मान्मबाट ४९ वर्षीय वडाध्यक्ष शाही पक्राउ परेका हुन् ।

Read More

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु

https://thahakhabar.com/news/103006

साउन १, २०७७ काठमाडौं :  खाल्डोमा जमेको पानीमा डुबेर महोत्तरीमा दुई बालिकाको ज्यान गएको छ।  ज्यान जानेमा जिल्लाको भंगहा नगरपालिका–६ स्थित मजरा टोल निवासी रमदुला अन्सारीकी ७ वर्षीया छोरी जयनब खातुन र नइम अन्सारीकी ५ वर्षीया छोरी सहनाज खातुन रहेको प्रहरीले जनाएको छ। खाल्डोमा जमेको वर्षाको पानीमा नुहाउने क्रममा दुबै बालिकाको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश सिवाकोटीले बताए।
 

Read More

बलात्कार आरोपमा दुई पक्राउ

https://ekantipur.com/pradesh-7/2020/07/15/159480676574163030.html

बैतडी — बैतडी प्रहरीले बलात्कारका छुट्टाछुट्टै घटनामा दुई जनालाई पक्राउ गरेको छ । आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन् । यस्तै, अर्को घटनामा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेको प्रहरीले जनाएको छ ।

Read More

बाढीमा परेर सुनसरीमा एकको मृत्यु, एक बालक बेपत्ता

https://ekantipur.com/pradesh-1/2020/07/12/159454220941861051.html

सप्तकोसीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बस्ने एक बालक वेपत्ता भएका छन् । बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार सप्तकोसी नदीले १४ वर्षीय अनिल बस्नेतलाई बगाएको हो । उनको खोजी कार्य भइरहेपनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

Read More

बैतडीमा सर्पको टोकाइबाट किशोरीको मृत्यु

https://www.setopati.com/social/211340

बैतडीमा सर्पको टोकाइबाट एक किशोरीको मृत्यु भएको छ।

पञ्चेश्वर गाउँपालिका वडा नम्बर-२ महाकालीकी १७ वर्षीय भागरथी चन्दको मृत्यु भएको हो।

Read More

विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने दुई युवा थुनामा

https://ratopati.com/story/138594/2020/7/15/parbat-kusma-rape

पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन् । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–८ बस्ने २१ वर्षीय टेकबहादुर श्रेष्ठ र बर्दिया जिल्लाको गुलरिया नगरपालिका–२ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्का रहेका छन् ।

Read More

एउटाको गर्भ, अर्कोसँग विवाह

https://www.imagekhabar.com/news/159404/

सप्तरी । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् ।

तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

Read More

जुनीचाँदेमा छोरी जन्मिए रु १० हजार

https://www.imagekhabar.com/news/159425/

गाउँपालिकाले रु २० लाख विनियोजन गरी छोरी जन्मिएको घरलाई रु १० हजारका दरले उपलब्ध गराउँदै आएको छ । ‘छोरी बचाऊ, छोरी पढाऊ र छोरी बढाऊ’ भन्ने कार्यक्रम गरी छोरी जन्मिएको घरमा रु १० हजार रकम दिँदै आएको कावा अध्यक्ष आचार्यले बताइन ।

छोरीप्रति हेर्ने दृष्टिकोण बदल्नका लागि यो कार्यक्रम लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए ।

Read More

लकडाउनमा बालबालिकाको अत्यासलाग्दो आत्महत्या : केही गंभिर प्रश्नहरु

https://www.onlinekhabar.com/2020/06/875306

कोभिड–१९ को विश्वव्यापी प्रभाव अहिले पनि कायम छ । यसले मानव जीवनलाई प्रत्यक्ष र परोक्ष रुपमा दीर्घकालसम्मै असर पु¥याउने छाँट देखिन्छ । यो वैश्विक संकटबाट नेपाल अछुतो छैन ।

यसले आर्थिक÷सामाजिक क्षेत्रलाई जसरी छियाछिया बनाइरहेको छ त्यसैगरी मनोवैज्ञानिक समस्या पनि बढाइदिएको छ । कोभिड–१९ को संकट र त्रासादीले कुन तह र तप्कालाई बढी असर गरेको छ ? कुन वर्ग र उमेर समूहले यसको बढी मार खेपिरहेका छन् ? यस सम्बन्धमा अध्ययन-अनुसन्धान गर्न बाँकी नै छ ।

Read More

काठमाडौंमा बस्‍ने लमजुङका ३ वर्षीय बालकमा कोरोना संक्रमण

Kantipur dailly

लमजुङ — लमजुङका ३ वर्षीय एक बालकमा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । उनी हाल काठमाडौं बस्दै आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोरोना संक्रमणले पारेको प्रभाव र संक्रमण भएका व्यक्तिबारे जानकारी दिने क्रममा लमजुङका एक व्यक्ति कोरोना भाइरसबाट संक्रमण भएको जानकारी दिएको थियो । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलोपटक लमजुङका १ जनामा संक्रमण देखिएको हो ।

Read More

१३ वर्षीया बालिकालाई भारत लगेर बेच्ने दुईजना पक्राउ

Imagekhabar.com

काठमाडौं । प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले १३ वर्षीया बालिकालाई भारत लगेर बेच्ने दुईजनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले ललितपुर महानगरपालिकाकी १३ वर्षीया बालिकालाई काम लगाइदिने भन्दै बेचबिखन गर्ने सिन्धुपाल्चोकका २२ वर्षीय कृष्ण मगर र २८ वर्षीय प्रवीन तामाङलाई पक्राउ गरेको हो ।

Read More

बालगृहमा हुर्केका दावाको स्वर्ण कथा

BBC Nepali

दावा शेर्पाले आफ्नो आमाबुबालाई कहिल्यै भेटेका छैनन्।

उनी बालगृहमा नै हुर्किए। उनले केही हप्ताअघि अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन्।

मुस्कान सेवा नेपालको आश्रयमा रहेर त्यहीँ तेक्वान्दो सिक्ने मौका पाएका उनी भविष्यमा खेलाडी बन्न चाहन्छन्।

 

Read More

सेफ्टीले ल्यायो ‘स्कुल गर्ल’

https://www.onlinekhabar.com/2020/06/874779

५ असार ४, काठमाडौं । विद्यालयहरुमा सित्तैंमा स्यानिटरी प्याड वितरण गर्ने अभियानलाई मध्यनजर राखेर सेफ्टीले सरकारद्वारा जारी आवश्यक मापदण्डहरु अनुकूल हुने गरी यो नयाँ स्यानिटरी प्याड ‘स्कूल गर्ल’बजारमा ल्याएको छ ।

यो स्यानिटरी प्याडको लम्बाई २४० मिमि, मोटाई १३ मिमि र चौडाई ६५ मिमि छ । पर्याप्त सोस्ने क्षमता भएको र प्रयोग गरेपछि नष्ट गर्न मिल्ने तथा नेपालकै उत्पादन पनि हो ।
यो प्याड सरकारको निर्देशन अनुसारका गुणस्तरहरुमा आधारित रहेर उच्च मापदण्डको बनाइएको कम्पनीले बताएको छ ।

Read More

मन्त्री गुरुङको निर्देशनमा ६ बालकको उद्धार

https://ratopati.com/story/134677/2020/6/16/child-rescue?fbclid=IwAR0tc3KP19waX6lITfk6er3U-3-qyoFvisHDVLbqT7MnRf-qLwJvsNy0ttI

काठमाडौं । भक्तपुरमा सडकमा भेटिएका ६ जना बालकको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बालअधिकार परिषदले बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) को समन्वयमा भक्तपुरको कमलविनायकबाट ५ जना र ठिमीबाट १ जना गरी ६ जना बालकको उद्धार गरिएको हो ।

Read More

मन्त्री गुरुङको निर्देशनमा लकडाउनका बीच ६७ बालबालिकाको उद्धार

https://ratopati.com/story/

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट दुई दर्जन बढि बालबालिकाको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बालअधिकार परिषदको नेतृत्वमा ज्येष्ठ २६ गते अपरान्ह काठमाडौंको ठमेल, पुरानो बसपार्क र चावहिल चुच्चेपाटीमा बेवारिसे अवस्था भेटिएका २५ जना बालबालिकालाई उद्धार गरी पुनर्स्थापना केन्द्रमा व्यवस्थापन गरिएको हो ।

Read More