समाचारमा बालबालिका

बलात्कार आरोपीले पीडितलाई धम्क्याए

नागरिक न्युजमा प्रकाशित,२९ चैत्र, सर्लाही ।

आफ्नै घरमा काम गर्न राखिएकी बालिकामाथि जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका अभियुक्त पक्षले पीडित बालिका एवं उनका परिवारलाई मुद्दा फिर्ता लिन तथा बयान फेर्न दबाब दिएको छ । 

Read More

रुखबाट लडेर बालकको मृत्यु

नागरिक न्युजमा प्रकाशित,२९ चैत्र, बैतडी ।

रुखबाट लडेर बैतडीमा बिहीबार एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा डिलासैनी–१ परिगाउँका सात वर्षीय राजेन्द्र धामी रहेका छन् ।

 

Read More

उदयपुरमा बम विस्फोट : एक बालक गम्भीर घाइते

उज्यालो अनलाइनमा प्रकाशित,२८ चैत्र, उदयपुर ।

उदयपुरको सदरमुकाम गाईघाटमा बम विस्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन् । त्रियुगा नगरपालिका वडा नं. १३ मा रहेको थारुहट रंगशाला नजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

Read More

चट्याङबाट डोटीमा दुई बालकको मृत्यु

कान्पितुरमा प्रकाशित,२८ चैत्र, डोटी ।

डोटी जोरायल गाउँपालिका–२ डाँडाखालीमा बुधबार दिउँसो चट्याङ पर्दा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहका अनुसार मृत्यु हुनेमा स्थानीय चक्र भण्डारीका ११ वर्षीय छोरा ओमप्रसाद भण्डारी र खेम भण्डारीका नौ वर्षीय छोरा भुवन भण्डारी रहेका छन् ।

Read More

नदीमा बेपत्ता बालक मृत फेला

नागरिक न्युजमा प्रकाशित,२८ चैत्र, रामपुर ।

कालीगण्डकी नदीमा बेपत्ता भएका एक बालक बुधबार मृत अवस्थामा फेला परेका छन्। कालीगण्डकी नदीमा सोमबार दिउँसो बेपत्ता भएका रम्भा गाउँपालिका–१ हुँगी पाल्पाका ३ वर्षीय अबिरल पुनको शव सिद्धबाबा मन्दिर नजिकै कालीगण्डकीको किनारमा तैरिएर बसेको अवस्थामा स्थानीयवासीले फेला परेका हुन्। 

 

Read More

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

कान्तिपुरमा प्रकाशित,२८ चैत्र, स्याङ्जा ।

आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । स्याङ्जाको गल्याङ नगरपालिका-३ तल्लो गल्याङस्थित आँधीखोलामा डुबेर गल्याङ-७ लोइडाँडाका अन्दाजी १२ वर्षीय सन्दिप रानाको मृत्यु भएको हो ।

 

Read More

मोटरसाईकलको ठक्करले किशोरीको मृत्यु, चालकबिरुद्ध ज्यान मुद्दा चलाउने तयारी

कान्तिपुरमा प्रकाशित,२८ चैत्र, बर्दिया ।

तिब्र गतिमा चलाएको मोटरसाईकलको ठक्करबाट घाइते भएकी एक किशोरीको उपचारको क्रममा जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको छ । गुलरिया वाईपास चोक नजिक भे३प १९५० नम्बरको ठक्करले १२ वर्षिया किशोरी स्वस्तीका थारुको मृत्यु भएको प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए ।

Read More

विवाह गर्ने उमेरमै सम्बन्धविच्छेद

कान्तिपुरमा प्रकाशित,२८ चैत्र, हेटौंडा ।

निशा चेपाङ १८ वर्षमा टेकिन् । तीन छोराछोरीकी आमा उनलाई छाडेर पति सन्चलालले दोस्रो विवाह गरे । उनी कान्छी लगेर राक्सिराङ गाउँपालिका–७ धिराङको खोरिया फाँडेर बसेका छन् ।१३ वर्ष पुग्न एक महिना बाँकी हुँदै निशाको सन्चलालसँग बिबाह भएको थियो ।

Read More

दुई बालक कालीगण्डकी नदीमा बेपत्ता

नागरिक न्युजमा प्रकाशित,२७ चैत्र, पाल्पा ।

रम्भा गाउँपालिका–१, हुँगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन्। कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जना मध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन्।

Read More

नाबालिका बलात्कार गर्ने ५ जना जेल चलान

नागरिक न्युजमा प्रकाशित,२७ चैत्र, काठमाडौं ।

नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। यही फागुन १७ गते बल्खुबाट हराएकी १५ वर्षीया बालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने सन्तोष घिमिरे, दिवस गड्तौला, सुदीप बजगाईं, भोला तामाङ र चन्द्र सापकोटालाई आज जेल चलान गरिएको हो। 

 

Read More

पिसाब जम्मा गर्ने ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,२७ चैत्र, मकवानपुर ।

गाईफार्ममा गाईको पिसाव जम्मा गर्ने ट्याङ्कीमा डुबेर एक जनाको मृत्यु भएको छ। मकवानपुरको मकवानपुरगढी गाउँपालिका ६, बाग्दलीका अर्जुन घिमिरेको ४ बर्षिय छोरी अमृताको डुबेर मंगलबार बिहान मृत्यु भएको हो।

Read More

पाँच वर्षीया बालिका बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ चैत्र, धनुषा ।

धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन्।बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए।

Read More

बन्यजन्तु तस्करको एम्बुसमा एक बालकको मृत्यु, ३ घाइते

कान्तिपुरमा प्रकाशित,२६ चैत्र, धनगढी ।

मोहना कारिडोरमा पर्ने शिवशक्ति सामुदायिक वन भित्र वन्यजन्तु चोरीतस्करी गर्ने समुहले थापेको विद्युतीय एम्बुसमा एक बालकको मृत्यु भएको छ । ३ बालक घाइते भएका छन् । गम्भीर अवस्थामा रहेका २ घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

Read More

बलात्कारका घटना बढे

कान्तिपुरमा प्रकाशित,२६ चैत्र, तेह्रथुम  ।

जिल्लामा बलात्कारका घटना बढेको छ । तीन वर्षको अवधिमा ३२ जना बलात्कृत भएका हुन् । बलात्कारका घटना बर्सेनि वृद्धि हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले कार्ययोजना नै बनाएर यसविरुद्ध अभियान सुरु गरेको छ ।

Read More

भर्ना महाअभियान : ३ लाख बालबालिका स्कुलबाहिरै

कान्तिपुरमा प्रकाशित,२६ चैत्र, काठमाडौँ ।

सरकारले हरेक वर्ष शैक्षिक सत्र सुरु भएदेखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन गर्दै आएको छ । यस वर्ष त विद्यार्थी भर्नाको ‘महाअभियान’ नै चलाइँदै छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार प्रधानमन्त्री केपी ओलीले कर्णालीमा एक जनालाई विद्यालय भर्ना गराएर यो अभियान शुभारम्भ गर्दै छन् ।

Read More

ट्रयाक्टर पल्टिँदा सडक छेउमा खेलिरहेका दुई बालकको मृत्यु

नागरिक न्युजमा प्रकाशित,२५ चैत्र, रौतहट ।

रौतहटमा ट्रयाक्टर पल्टिँदा दुई अबोध बालकको मृत्यु भएको छ। ना ३ त ६२८४ नम्बरको ट्रयाक्टर माटो पुर्ने क्रमममा सडकबाट पल्टिँदा सडक छेउमा खेलिरहेका दुई बालकको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

बाल यौन दुराचारको आरोपमा एक क्यानेडीयन पक्राउ

कान्तिपुरमा प्रकाशित,२५ चैत्र, काठमाडौँ  ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले क्यानेडियन नागरिक पीटर जोन ग्यालगीसलाई बाल यौन दुराचार गरेको आरोपमा काभ्रेबाट पक्राउ गरेको छ ।

 

Read More

स्क्रब टाइफसको जोखिममा अब बालबालिका पनि

उज्यालो अनलाइनमा प्रकाशित,२५ चैत्र, काठमडौं ।

 युवा र पाका व्यक्तिमा देखिँदै आएको स्क्रब टाइफस रोगको जोखिममा बालबालिमा पनि पर्न थालेका छन् । झण्डै १० प्रतिशत बालबालिका स्क्रब टाइफसको जोखिममा रहेका पाइएको डाक्टरले बताएका छन् ।

Read More

चट्याङ लागेर १० महिने बालकको ज्यान गयो

उज्यालो अनलाइनमा प्रकाशित,२४ चैत्र, अछाम ।

गएराति चट्याङ लागेर चौरपाटी गाउँपालिका –३ गगुडामा १० महिने बालकको ज्यान गएको छ । बेलुकी साढे ७ बजेतिर घरमै सुतिरहेको बेला चट्याङ लागेर रमेश कामीका १० महिने छोरा आयुष कामीको ज्यान गएको हो । 

Read More

१३ वर्षीया बालिकालाई खेतमा लगेर पालैपालो बलात्कार गर्दै खिचियो भिडियो

न्युज २४ मा प्रकाशित,२३ चैत्र, धनुषा। 

धनुषामा एक १३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गर्दै भिडियो खिच्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शहीदनगर नगरपालिका–८ बिसरभोरा बस्ने ३२ वर्षीय भुट्टाई भनिने मनोज नरसरिया र ३० वर्षीय दिपेश बिराजीलाई प्रहरीले पक्रउ गरि कार्वाही थालेको यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाले जानकारी दिएका छन् ।

Read More