समाचारमा बालबालिका

बाल विवाह गर्दै विद्यालय छोड्दै

थाहा खबरमा प्रकाशित,१० वैशाख, दैलेख ।

दुल्लू नगरपालिका–१२ की मनिषा नेपाली ९नाम परिवर्तन०ले कक्षा ६ पढ्दै गर्दा विवाह गरिन्। विवाह पश्चात घर परिवारका सदस्यले प्रहरीमा खबर गरे। प्रहरीमा खबर भएपछि प्रहरीले मनिषा र विवाह गर्ने केटालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आ–आफ्नो घरमा बस्ने सहमतिमा घर पठाए।

 

Read More

विद्यालयमा जन्मदर्ताविहीन दर्जनौँ बालबालिका भर्ना

रातोपाटीमा प्रकाशित,१० वैशाख, महोत्तरी ।

जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका दर्जनौँ बालबालिकालाई गौशाला नगरपालिकाले सिफारिस गरेपछि उनीहरु सामुदायिक विद्यालयमा भर्ना भएका छन् । 

Read More

खोलामा डुबेर एकको मृत्यु

थाहा खबरमा प्रकाशित,९ वैशाख, दाङ ।

दाङको अर्जुनखोलामा नुहाउने क्रममा डुबेर एकको मृत्यु भएको छ। लमही नगरपालिका ६ स्थित घोडेबासनजिक अर्जुन खोलामा नुहाउने क्रममा डुबेर घोराही उप महानगरपालिका १८ निवासी १७ वर्षीया करुणा पुन मगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

Read More

पौडी खेल्ने क्रममा डुबेर बाँकेमा दुई बालकको मृत्यु

रातोपाटीमा प्रकाशित,९ वैशाख, बाँके ।

पौडी खेल्ने क्रममा डुबेर बाँके जिल्लामा दुई बालकको मृत्यु भएको छ । 

Read More

बसको ठक्करबाट बालिकाको मृत्यु, राजापुरमा यातायात ठप्प

नयाँ पत्रिकामा प्रकाशित,९ वैशाख, बर्दिया ।

बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि बर्दियाको राजापुर क्षेत्रमा यातायात ठप्प पारिएको छ । काठमाण्डौको लागि शुक्रबार छुटेको ना। ७ ख ९०५ नम्बरको बसले राजापुर नगरपालिका वडा ८ धोबिनपुर निवासी ११ बर्षकी बबिता शाहीलार्इ ठक्कर दिएको मृतकका आफ्न्तले जनाएका छन् ।

 

Read More

मापदण्ड विपरीत क्रसरः क्रसरले बनाएको कुलोमा डुबेर बालकको मृत्यु

रातोपाटीमा प्रकाशित,७ वैशाख, मेलम्ची ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– १३ फट्केश्वरमा क्रसरले बनाएको कुलोमा बिहीबार डुबेर एक बालकको मृत्यु भयो । स्थायी ठेगाना भोजपुर भएका र मामाघर मेलम्ची नपा–१२ गिरानचौर आएका ११ वर्षीय कर्साङ तामाङको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले बताए । 

 

Read More

विद्यालय जाने बालबालिका बढे

कान्तिपुरमा प्रकाशित,७ वैशाख, सिन्धुपाल्चोक ।

चौतारा साँगाचोकगढी नगरपालिकाको भीमटार माझीगाउँको माथिल्लो टोलकी निलमाया माझीले छोरालाई पढ्न पठाउन थालेकी छन् । पढाइको महत्त्व बुझेपछि छोरालाई हालै विद्यालयमा भर्ना गरेको उनले बताइन् । त्यतिमात्र होइन, आफ्नो छोरालाई विद्यालयमा भर्ना गरेपछि माझीले गाउँलेलाई शिक्षाको महत्त्व र अभियानबारे समेत सम्झाउने गरेको बताइन् ।

Read More

प्रधानमन्त्रीले सिरहाका दुईजना बालबालिकालाई विद्यालय भर्ना गरिदिए

कान्तिपुरमा प्रकाशित,५ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गराइदिएका छन् । दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गरेका प्रधानमन्त्रीले कल्याणपुर– ११ स्थित रामदुलारी माविकी ५ वर्षीया रुपाकुमारी मण्डल (खत्वे) र पवन मल्लिक९डोम०लाई बुधबार विद्यालय भर्ना गरेका हुन्।

Read More

बालक हत्यारालाई ३१ वर्ष कैद

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ वैशाख, महोत्तरी ।

बालक अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका दुईजनालाई महोत्तरी जिल्ला अदालतले मंगलबार ३१ वर्ष कैद सजाय सुनाएको छ। 

Read More

राति हराएकी किशोरी आज बिहान मृत भेटिइन्

कान्तिपुरमा प्रकाशित,४ वैशाख, रुपन्देही ।

रुपन्देहीको ओमसतिया गाउँपालिका-६ नरेनापूरकी एक किशोरी मृत भेटिएकी छिन् । १४ वर्षे सरस्वती हरिजन घरबाट झण्डै एक किलोमिटर पर खेतमा मृत अवस्थामा भेटिएकी हुन् । हिजो राति करिब ९ बजे शौचालय जान भनेर घरबाहिर निस्केकी किशोरी हराएकी थिइन् ।

Read More

अझै दुई दशमलब पाँच प्रतिशत बालबालिका विद्यालयबाहिर

रातोपाटीमा प्रकाशित,३ वैशाख, दार्चुला ।

विद्यालय उमेर समूहका दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका १ देखि ५ वर्ष विद्यालय भर्ना हुने उमेर समूहका बालबालिका अझै पनि विद्यालयबाहिर रहेको कार्यालयको तथ्यांकमा छ । 

Read More

अपांगता भएकाले पढ्न नपाउने ?

प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत उच्च अधिकारीले शनिबार मुगुका १५ बालबालिकालाई विद्यालय भर्ना गराएर यस वर्षको भर्ना अभियान सुरु गरे । शिक्षा कार्यालय मुगुले १६ बालबालिका (नौ छात्र र सात छात्रा) लाई भर्ना गराउन राराताल किनारमा भेला पारेको थियो । 

Read More

बलात्कार बढ्दो

राजधानी दैनिका प्रकाशित,३ वैशाख, धनगढी ।

जिल्लामा पछिल्ला वर्षहरूमा बलात्कारका घटनामा वृद्धि भएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको पछिल्ला चार वर्षको तथ्यांकअनुसार जिल्लामा जबर्जस्ती करणी र करणी उद्योगका गरी १५७ वटा मुद्दा दर्ता भएका छन् ।

Read More

१५ प्रतिशत बालबालिका कुपोषित

कान्तिपुरमा प्रकाशित,२ वैशाख, जनकपुर ।

धनुषाका १५ प्रतिशत बालबालिका कुपोषित रहेको एक सर्वेक्षणले देखाएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गरी सञ्चालित शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत गरिएको जाँचमा यस्तो फेला परेको हो ।

Read More

नवलपरासीमा सात वर्षीया बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ वैशाख, नवलपरासी ।

गैंडाकोट नगरपालिका–२ बस्ने ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकामाथि बलात्कार गरेको अभियोगमा गैंडाकोट नगरपालिका–२ डेरा गरी बस्ने मकवानपुरको चैनपुर नगरपालिका–५ का २३ वर्षीय प्रकाश प्रजा पक्राउ परेका छन् । 

 

Read More

मोटरसाईकलको ठक्करबाट बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,२ वैशाख, पाल्पा ।

मोटरसाईकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। कालिगण्डकी करिडोर सडकखण्डकको रम्भा गाउँपालिका–१, हुँगीमा स्थानीय ८ वर्षीय बालिका सपना विकको मृत्यु भएको हो। उनलाई लु ३६ प ५६१६ नम्बरको मोटरसाईकलले नयाँ वर्षको दिन शनिबार दिउँसो ३स्३० बजे हुँगीको साठीमा ठक्कर दिएको थियो।

Read More

अस्पतालको छतबाट हाम्फालेर क्यान्सर पीडितद्वारा आत्महत्या

कान्तिपुरमा प्रकाशित,१ वैशाख, काठमाडौं ।

टोखास्थित ग्राण्डी अस्पतालको छैटौं तलाबाट हाम्फालेर १६ वर्षीय बिरामी कृष्ण क्षेत्रीले आत्महत्या गरेका छन् । क्यान्सरपीडित कृष्ण गत फागुन २० गतेदेखि अस्पतालमा भर्ना भएर उपचार गराईरहेका थिए । 

Read More

हराएका ४ बालक भारतमा फेला

नागरिक न्युजमा प्रकाशित,१ वैशाख, सर्लाही ।

जिल्ला स्थित हरिवनबाट झण्डै एक महिना अघि वेपत्ता भएका ३ बाल एवं एक किशोर भारतमा फेला परेका छन्। चैत ३ गते दिउँसोबाट सम्पर्क विहिन भएका हरिवन नगरपालिका–११ निवासी पुष्पकुमार स्याङतानका छोरा १२ वर्षीय करुण स्याङतान, सन्तोष गौतमको छोरा ११ वर्षीय सुमित गौतम र सकल गोलेका छोरा ११ वर्षीय संसार गोले तथा १६ वर्षीय किशोर नवराज भन्ने कुमार लामा भारतमा फेला परेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

Read More

ट्याकटरबाट खस्दा ६ वर्षीय बालकको मृत्यु

नागरिक न्युजमा प्रकाशित,३० चैत्र, कञ्चनपुर ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–१ मा बुबाले चलाएको ट्याकटरबाट खस्दा घाइते भएका छोराको शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।भीमदत्तनगरपालिका–१ का चालक टेक साउद खेत जोतिरहेका बेला ट्याकटरमा सवार ६ वर्षीय विकास साउद लडेर घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

Read More

मोटरसाइकल दुर्घटनामा ६ बर्षीया बालिकाको मृत्यु

रातोपाटीमा प्रकाशित,३० चैत्र, बर्दिबास ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा बिहीबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशला नगरपालिका—३ श्रीपूर घर भएकी ६ बर्षीया विडरी मण्डल रहेकी छिन् । 

Read More