समाचारमा बालबालिका

बालिका गर्भवती बनाएको आरोपमा ४ पक्राउ

नागरिक न्युजमा प्रकाशित,१६ जेठ, इलाम ।

सूर्योदय नगरपालिकाकी १५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले ४ युवालाई पक्रेको छ। सूर्योदय नगरपालिका ९ का १९ वर्षे अनुप राई, २५ वर्षे अमित राई, २५ वर्षे रूपेन राई र वडा–३ का १८ वर्षे सन्देश राई पक्राउ परेका हुन।

Read More

बिजुलीको पोलले थिच्दा बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,१६ जेठ, महोत्तरी ।

लोहारपट्टी नगरपालिकामा मंगलबार साँझ पोल भाँचिएर लाग्दा एक बालकको मृत्यु भएको छ। लोहारपट्टी–१ बगडाका मोहनजी यादवका छोरा आठ वर्षीय सिकिन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक कुबेर कडायतले जानकारी दिए।

 

Read More

छात्रालाई यातना, प्रशासनले छानबिन थाल्यो

कान्तिपुरमा प्रकाशित,१५ जेठ, बर्दिया ।

स्थानीय प्रशासनले ‘छात्रा यातना’ घटनाको छानबिन गर्ने भएको छ । प्रशासकीय अधिकृत डिल्लीराज आचार्य नेतृत्वमा शिक्षा अधिकारी, महिला विकास अधिकृत र कानुन व्यवसायी सम्मिलित छानबिन समिति गठन भएको छ ।

Read More

झाडापखाला नियन्त्रणमा संघीय र प्रदेश सरकारको वेवास्ता

कान्तिपुरमा प्रकाशित,१५ जेठ, दाङ ।

शान्तिनगर गाउँपालिकाका दुई वडामा फैलिएको झाडापखाला नियन्त्रणका लागि संघीय र प्रदेश सरकारले कुनै चासो दिएको छैन । चार दिनदेखि झाडापखाला फैलँदा पनि संघीय र प्रदेश सरकारको कुनै गम्भिर ध्यानाकर्षण नभएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए ।

Read More

पोखरीमा डुबेर एक बालकको मृत्यु

न्युज २४ मा प्रकाशित,१५ जेठ, सप्तरी ।

सप्तरीको खडक नगरपालिका–२ बेल्हीमा सोमबार साँझ डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सकल मण्डलका तीन वर्षीय छोरा अरवीन्द मण्डल रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

Read More

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,१५ जेठ, सर्लाही ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका निवासी दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। चक्रघट्टा गापा– ६ गोइयाही स्थित पोखरीमा डुबेर स्थानीय ठगा रामकी ९ वर्षीया छोरी प्रिती कुमारी  र हरिनारायण रामकी १० वर्षीया छोरी जशोधा कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

Read More

पोखरीमा डुबेर मृत्यु

नागरिक न्युजमा प्रकाशित,१५ जेठ, सप्तरी ।

सप्तरीको सुरुङ्गा नगरपालिका– २ हर्दियास्थित पोखरीमा डुबेर मंगलबार बिहान सुरेन्द्रप्रसाद चौधरीकी दुई वर्षीया छोरी सोराकुमारीको मृत्यु भएको छ। 

Read More

मन्त्रीसँग किशोरीको याचना : रजश्वला हुँदा घरमै बस्न पाऊँ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१५ जेठ, काठमाडौं ।

‘अब त अति भो ! महिनावारीका सबै सीमा तोडौं’ भन्ने नाराका साथ नेपालमा पहिलो पटक मनाइएको ‘राष्ट्रिय मर्यादित महिनावारी दिवस’मा विशिष्ट अतिथि चार मन्त्री सामु दैलेखकी किशोरी विमला कार्कीले छाउगोठमा रात बिताउनु पर्दाको वेदना पोखिन् ।

Read More

मास हिस्टेरियाका कारण पठनपाठन अवरुद्ध

रातोपाटीमा प्रकाशित,१५ जेठ, स्याङ्जा ।

विद्यार्थीमा मास हिस्टेरिया भएपछि स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको पठनपाठन अवरुद्ध भएको छ । सोमबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २१ जना किशोरी अवस्थाका छात्रामा मास हिस्टेरिया देखिएपछि आज विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । 

Read More

विद्यार्थीको नियमित उपस्थिति न्यून

कान्तिपुरमा प्रकाशित,१५ जेठ, कञ्चनपुर ।

बेलौरी नगरपालिका १० भुडास्थित भगवानपुर माविमा यस वर्ष ६० जना नयाँ विद्यार्थी भर्ना भएका छन् । आधाभन्दा बढी त निजी विद्यालय छाडेर आएका पनि छन् ।

Read More

सर्पदंशबाट एकजना बालकको मृत्यु

सेतोपाटीमा प्रकाशित,१५ जेठ, दाङ ।

दाङमा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ। जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ विजौरी निवासी ९ वर्षीय सुनिल विकको सर्पदंशबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 

Read More

किशोरीलाई करणी गर्ने सूर्यबहादुरलाई सात वर्ष कैद

नागरिक न्युजमा प्रकाशित,१४ जेठ, तेह्रथुम ।

आफ्नै घरमा आश्रय लिएर बसेकी १५ वर्षीया किशोरीलाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ ।

Read More

माटोको ढिस्कोले पुरेर एकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१४ जेठ, सिरहा ।

सिरहाको नवराजपुर गाउँपालिका-१ तमासुईयास्थित सुखा पोखरीमा माटो निकाल्ने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँका १४ वर्षीय अबरुल हक रहेको प्रहरीले बताएको छ।

Read More

छतबाट खसेर ज्यान गयो

उज्यालो अनलाइनमा प्रकाशित,१३ जेठ, भक्तपुर ।

घरको छतबाट खसेर भक्तपुरको मकलविनायकमा एक बालिकाको ज्यान गएको छ । कमलविनायकमा रहेको प्रेमप्रसाद सुवालको घरको तीन तलामाथि छतबाट खस्दा काभ्रे कोशीपारीका विकास लामाकी ६ वर्षीया छोरी लक्ष्मी लामाको ज्यानगएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

 

Read More

बलात्कारको भिडियो सार्वजनिक भएपछि

कान्तिपुरमा प्रकाशित,१३ जेठ, धनुषा ।

महोत्तरीको भंगहा गाउँपालिका राजपुरकी १४ वर्षीया किशोरीलाई धनुषाको बटेश्वरमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सामूहिक बलात्कार गरी भिडियो बनाएर सार्वजनिक गरेपछि पीडित पक्षको उजुरीका आधारमा आरोपितमध्येका एक जना पक्राउ परेका हुन्। 

Read More

यार्चाले पढाइ अधुरो

कान्तिपुरमा प्रकाशित,१३ जेठ, मुगु/डोल्पा ।

मुगमकार्मारोङ गाउँपालिकाका २६ सामुदायिक विद्यालय अहिले सुनसान छन् । बालबालिका यार्चा टिप्न पाटनतिर लागे । पढाउन नपर्ने भएपछि शिक्षकलाई पनि हाइसन्चो छ ।

Read More

स्कुलमा एक भारी दाउरा बुझाएपछि वर्षभरी खाजा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ जेठ, धादिङ ।

विद्यालयमा दाउरा लानुपर्ने त होइन। विद्यालयले दाउरा किन्ने पनि होइन। तर, एक भारी दाउरा अनिवार्य विद्यालयमा लानुपर्ने नियम बनाइएपछि दाउराका  भारी स्कुल पुर्‍याउनु परेको हो।

 

Read More

एकै कोठामा पढ्छन् १०१ विद्यार्थी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ जेठ, जाजरकोट ।

साँघुरो सानो कोठा। न डेस्क, न बेन्च। त्यही कोठामा १०१ जना विद्यार्थी कोचाकोच गरेर बसिरहेका छन्। किताब, कापी र झोला राख्ने ठाउँसमेत छैन, तैपनि विद्यार्थी त्यस्तै कोठामा बसेर अध्यापन गर्न विवश छन्।

 

Read More

नयाँबजार नजिकै बिष्णुमती नदीमा नाबालकको शव भेट्टियो

रातोपाटीमा प्रकाशित,१२ जेठ, काठमाडौं ।

बिष्णुमती नदीमा एक नाबालकको शव बेबारिसे अवस्थामा फेला परेको छ । नयाँबजारस्थित चौमती पुल नजिकै नदीको किनारामा नाबालकको शव बेवारिसे अवस्थामा फेला परेको हो । 

Read More

नवजात शिशुको हत्या गर्ने दुई पक्राउ

नागरिक न्युजमा प्रकाशित,१२ जेठ, कञ्चनपुर  ।

नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन्। 

Read More