समाचारमा बालबालिका

बालविवाहले बिग्रिँदैे घरबार

कान्तिपुरमा प्रकाशित,९ असार, जाजरकोट ।

नलगाड नगरपालिका १, जुरेलीकी एक किशोरीले चार दिनअघि आत्महत्या गरिन् । १५ वर्षीया किशोरीले साताअघि मात्रै सोही ठाउँका २५ वर्षीय विष्णु पुनसँग विवाह गरेकी थिइन् । तर, उनीहरूको सम्बन्ध धेरै दिन टिक्न सकेन ।

 

Read More

बालिकाको सामूहिक बलात्कार गर्ने ६ मध्ये तीनजना पक्राउ

नयाँ पत्रिकामा प्रकाशित,९ असार, बिराटनगर ।

रंगेली प्रहरीले बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । रंगेली–३ की १३ वर्षिया बालिकालाई सामुहिक बलात्कार गरेको आरोप लागेका ६ मध्ये ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

Read More

विद्यालय गएका बालक नदीमा डुबेको भेटिए

रातोपाटीमा प्रकाशित,९ असार, सल्यान ।

 जिल्लाको त्रिवेणीमा विद्यालय गएका एकजना बालक मृत अवस्थामा भेटिएका छन् । त्रिवेणी गाउँपालिका–२, रिखेबगर निवासी डिल्लीबहादुर बुढाथोकीका साढे ४ वर्षीय छोरा दीपक बुढाथोकी शुक्रबार बेलुकी मृत अवस्थामा भेटिएका हुन् । 

Read More

कानको सुन लुट्न बच्चा अपहरण

नेपाल समाचारपत्रमा प्रकाशित,८ असार, काभ्रे ।

कानमा लगाएको बच्चाको सुन लुट्न बच्चालाई ललाई फकाई अपहरण गरिएको छ । बच्चाहरुलाई फकाउने र आफुसँग नजिक बनाएपछि एकान्त पु¥याएर कानमा लगाएको सुन लुटेर अलपत्र पारी फरार हुने ब्यत्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

Read More

काभ्रेमा बसबाट खसेर सहचालकको मृत्यु

अनलाइनखबरमा प्रकाशित,७ असार, काभ्रे ।

काभ्रेमा बिहीबार बसबाट खसेर सहचालकको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका-६ को बेथानचोकबाट पनौतीका लागि हिँडेको बा३ख ४४३५ नम्बरको बसबाट खसेर सोही ठाउँका १८ वर्षे सुमन तिमल्सिनाको मृत्यु भएको हो ।

Read More

घरबाट भागेर भारत पुगेका ४ बालकको उद्धार

उज्यालो अनलाइनमा प्रकाशित,७ असार, मोरङ ।

भारतको कटिहारबाट ४ जना बालकको उद्धार भएको छ । नेपालबाट विभिन्न प्रलोभनमा भारत पुगेका उनीहरुलाई केन्द्रीय बाल कल्याण समिति,सीवीन र जिल्ला बाल कल्याण समितिको पहलमा उद्धार गरिएको हो ।

Read More

दिवा खाजाले बढ्यो विद्यालयप्रति कुमाल समुदायका विद्यार्थीको आकर्षण

थाहा खबरमा प्रकाशित,७ असार, पाल्पा ।

दिवा खाजाको व्यवस्था भएपछि कुमाल समुदायका बालबालिकाहरू विद्यालय जान थालेका छन्। पाल्पाको रिब्दीकोट गाउँपालिका-१ जोगिथुमका बालबालिकाहरू नियमित विद्यालय जान थालेका हुन्।

 

Read More

खोलामा डुबेर बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,६ असार, सप्तरी ।

सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित सुन्दरी खोलामा डुबेर मंगलबार साँझ एक बालिकाको मृत्यु भएको छ। स्थानीय छ वर्षीया स्मृति विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

Read More

यौन हिंसाको जोखिममा बालबालिका

कान्तिपुरमा प्रकाशित,६ असार, काठमाडौँ ।

प्रहरीले बाल यौन दुराचार आरोपमा नेदरल्यान्डका एक बाल चिकित्सकलाई बिहीबार ठमेलस्थित होटलबाट पक्राउ गर्‍यो । ६६ वर्षीय पिट हेन भान तेरविस्गा नेपाली बालकसँगै ठमेल, सातघुम्तीको होटलबाट पक्राउ परेका हुन् ।

Read More

आरोपित पक्राउ

कान्तिपुरमा प्रकाशित,५ असार, महोत्तरी ।

लोहरपट्टी नगरपालिका–७ की ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोही गाउँका १८ वर्षीय जमसेद राई पक्राउ परेका हुन् । 

Read More

कुटाइबाट विद्यार्थी गम्भीर घाइते

राजधानी दैनिकमा प्रकाशित,५ असार, राजविराज ।

सदरमुकाम राजविराज–६ स्थित होलीक्रस इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपलले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । विद्यालयका सञ्चालकसमेत रहेका प्रिन्सिपल विनोद साफीको कुटपिटबाट छिन्नमस्ता गाउँपालिका–१ का विद्यार्थी १४ वर्षीय धर्मदेव साह गम्भीर बिरामी परेका छन् । 

 

Read More

तीला नदीमा डुबेर किशोरीको मृत्यु

थाहा खबरमा प्रकाशित,५ असार, जुम्ला ।

तिला गाउँपालिका-३ त्रीवेणीमा नदीमा डुबेर एक किशोरीको ज्यान गएको छ। सरस्वती मावी कुडारीमा अध्ययनरत १४ वर्षे छात्रा कमला रावतको तीला नदीमा डुवेर मृत्यु भएको हो।

 

Read More

दस वर्षीया बालिका बलात्कृत

कान्तिपुरमा प्रकाशित,५ असार, सप्तरी ।

सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ३ मा एक १० वर्षीया बालिका बलात्कृत भएकी छन् । शुक्रबार दिउँसो ४ बजे घरबाट सामान किन्न बजारतर्फ जाने क्रममा राजविराज नगरपालिका ३ भलुवाही खोलाको डिलमा रहेको झाडीमा ती १० वर्षीया बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भाबेश रिमालले जानकारी दिए ।

Read More

बालिका बलात्कृत

कान्तिपुरमा प्रकाशित,५ असार ,बझाङ ।

तल्कोट गाउँपालिका वडानम्बर २ मा एक जना बालिकाको बलात्कार भएको छ । सुस्त मनस्थिती भएकी ती बालिकालाई स्थानीय ४० वर्षीय फिट्टु कुँवरले बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् । 

Read More

भान्सामा मृत फेला परेकी कमलरी बालिकाको हत्याको आशंका

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,५ असार,बर्दिया ।

बर्दियाको बाँसगढी नगरपालिका-४ घर भई बढैयाताल गाउँपालिका-७ स्थित दुर्गा भण्डारीको घरमा बस्दै आएकी ११ वर्षीया कमलरी अस्मिता थारुको मृत्यु आत्महत्या नभई हत्या भएको परिवारले आशंका गरेका छन्।

Read More

पढ्ने उमेरमा केटाकेटी हुर्काउँदै किशोरी आमा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ असार, पाल्पा ।

पाल्पा माथाँगढी गाउँपालिका–८ बहादुरपुरकी ठकुमाया जर्घा १५ वर्षकी पुगिन्। उनको काखमा एक वर्षको छोरा छ। विद्यालयमा कापी कलम लिएर पढ्न जाने समयमा ठकुमाया बच्चा स्याहार्दै घर व्यवहार चलाउँदै आएकी छन्।

 

Read More

शिक्षकमाथि छात्रा करणी उद्योगमा मुद्दा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ असार, नवलपरासी ।

आफ्नै छात्रालाई दुव्र्यवहार गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित दीपक मावि पक्लिहवाका एक शिक्षकमाथि प्रहरीले जबरजस्ती करणी उद्योगमा मुद्दा चलाएको छ ।

Read More

बालिका बलात्कारको आरोपमा एक पक्राउ

थाहा खबरमा प्रकाशित,३ असार, सप्तरी ।

सप्तरीको राजविराज–३ का मोहम्मद सविर बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन्। गाउँकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

Read More

महाकालीमा बगेर एक बालिका वेपत्ता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३ असार, दार्चुला ।

दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर २ नज्याङ क्षेत्रमा महाकाली नदी तर्ने क्रममा एक बालिका वेपत्ता भएका छन् । यार्सा संकलन गरि घर फर्कने क्रममा दुहुँ गाउँपालिका २ का १६ वर्षीया कञ्चन लोथ्याल महाकाली नदीमा वेपत्ता भएका हुन् । 

 

Read More

बालविवाह न्यूनीकरण वर्ष मनाइदै

रातोपाटीमा प्रकाशित,२ असार, जाजरकोट ।

बिहे गर्ने उमेर नपुग्दै ७४ प्रतिशत बालविवाह हुने जाजरकोटलाई यो वर्ष बालविवाह न्यूनीकरण वर्षको रुपमा मनाइने भएको छ । सामाजिक दबाब बढाउन बालविवाह गर्ने र गराउनेलाई सामाजिक बहिष्कार समेत गरिने निर्णय गरिएको छ । 

Read More