समाचारमा बालबालिका

बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

https://ekantipur.com/pradesh-1/2021/03/14/161571722144161389.html  चैत्र १, २०७७

मोरङ — रतुवामाई नगरपालिका–४ मा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बलात्कारको आरोपमा स्थानीय ६६ वर्षीय फौदिलाल मुखियालाई पक्राउ गरेको हो । बलात्कृत बालिका सुस्त मनस्थितिको रहेको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

Read More

बागलुङमा जिप दुर्घटना हुँदा बालिकाको मृत्यु, ५ जना घाइते

https://ekantipur.com/pradesh-4/2021/03/11/161546931893865278.html फाल्गुन २७, २०७७

बागलुङ — जिल्लामा जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् ।

Read More

४ सन्तानसहित आमा कर्णालीमा हाम फालिन्, २ छोरीको शव भेटियो

https://www.onlinekhabar.com/2021/03/936472 २०७७ फागुन २५

दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् ।

विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।

नदीमा फाल हालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ । अन्य बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिए ।

Read More

८५ वर्षीय वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ

https://ratopati.com/story/170921/2021/3/8/arrest फागुन २४, २०७७

काठमाडौं । कपिलवस्तुमा ८५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । ती वृद्धालाई सोही ठाउँस्थित गहुँबारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।

Read More

जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

https://ekantipur.com/pradesh-4/2021/03/04/161486060838436059.html फाल्गुन २०, २०७७

नवलपरासी — पूर्वी नवलपरासीमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

विनयी त्रिवेणी गाउँपालिकाका ती ३८ वर्षीय बाबुले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

Read More

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ

https://ekantipur.com/pradesh-2/2021/03/08/161520391776523681.html  फाल्गुन २४, २०७७

धनुषा — बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६५ वर्षीय पुरुषलाई पक्राउ गरेकव छ ।  धनुषाको मिथिला नगरपालिकामा बालिका बलात्कार आरोपमा ६५ वर्षीय स्थानियलाई प्रहरीले पक्राउ गरेको छ ।

Read More

हात बाँधेर फालेको अवस्थामा कर्णाली नदीमा भेटियो दुई दिदी बहिनीको शव

https://www.setopati.com/politics/231440  फागुन २४

हात बाँधिएको अवस्थामा कर्णाली नदीमा दुई बहिनीको शव भेटिएको छ। दैलेखको आठविस नगरपालिकाका स्थानीयले हात बाँधिएको अवस्थामा पानीमा डुबिरहेको दुई बालिकाको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए। 

मृतक बालिका आठविस नगगरपालिका–३ का स्थानीय मानसिंह बडुवालका १६ वर्षीय छोरी कल्पना बडुवाल र १२ वर्षकी सरिता बडुवाल रहेको प्रहरीले जनाएको छ।

Read More

जागिर जोगाउन २ वर्षदेखि विद्यार्थी बन्धक

https://ekantipur.com/news/2021/02/28/161447506208881769.html फाल्गुन १६, २०७७

पोखरा — घरपायक जागिर र पद जोगाउन कास्कीको मादी गाउँपालिका–६ सयपत्री टोलस्थित भूमि आधारभूत विद्यालयका प्रधानाध्यापकले ७ विद्यार्थीलाई २ वर्षदेखि बन्धक बनाएको खुलेको छ । विद्यालयबाट उम्किन खोजेका विद्यार्थीलाई प्रधानाध्यापक इन्द्रबहादुर थापा मगरले कुटपिट गरेर सख्त घाइते बनाएपछि घटना सार्वजनिक भएको हो ।

मादी नदी किनारमा बाटो खनिरहेका मजदुरले शुक्रबार प्रधानाध्यापक मगरले विद्यार्थीलाई कुटपिट गर्दै लछारपछार गरेको देखेपछि गाउँपालिका कार्यालयमा खबर गरेका थिए । प्रहरीसहितको टोलीले घटनाबारे बुझ्दा मगरले विद्यार्थीलाई दयनीय अवस्थामा बन्धक बनाएको पाइएको हो । स्थानीय विद्यार्थी नभएपछि उनले विभिन्न जिल्लाबाट विद्यार्थी ल्याएर आफ्नै घरमा राखेको पाइएको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले बताए । उनका अनुसार मगरले लमजुङ, तनहुँलगायत जिल्लाबाट ४ देखि १२ वर्षसम्मका विद्यार्थी ल्याएर आफ्नै घरमा राखेका थिए । ‘दिउँसो विद्यालयमा हाजिरी गराउने र बिहान–बेलुका घरको काममा लगाउने गर्दा रहेछन्,’ अध्यक्ष गुरुङले भने, ‘बच्चाहरूलाई मल बोकाउने, बारी खन्ने काममा पनि लगाएको पायौं । खान, लाउन पनि राम्रो नदिइएको रहेछ ।’

Read More

बन्धक बनाएर एक सातादेखि बालिकामाथि बलात्कार

http://annapurnapost.com/news/175771 १५ फागुन २०७७

मोरङको उर्लाबारी घर भएकी १५ वर्षीया बालिकालाई भाडाको कोठामा बन्धक बनाएर एक व्यक्तिले बलात्कार गरिरहेको घटना सार्वजनिक भएको छ। 

बालिकामाथि बारम्बार बलात्कार र यौन शोषण गरिएको घटनामा संलग्न सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा बस्दै आएका ४९ वर्षीय रोहित कार्की पक्राउ परेका छन्। कार्कीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोकबाट पक्राउ गरेको हो। बलात्कारमा संलग्नलाई पक्राउ गर्दै बालिकालाई उद्धार गरिएको जानकारी बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले दिए। 

Read More

बलात्कार प्रयास घटना मिलाउन खोज्‍ने दुई पक्राउ

https://ekantipur.com/pradesh-1/2021/02/27/161439107753427315.html  फाल्गुन १५, २०७७

मोरङ — बलात्कार प्रयासको घटना गाउँमै मिलाउन खोजेको आरोपमा जहदा गाउँपालिकाका दुई जना पक्राउ परेका छन् । घटना मिलाउन दबाब दिनेमध्येका पर्शुराम सरवरिया र सानदेव सरवरिया पक्राउ परेका हुन् ।

इलाका प्रहरी रानीका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले पीडित ११ वर्षीया बालिकाका परिवारले घटनाको सातौं दिन बिहीबार जाहेरी दिएका थिए । स्थानीय ४५ वर्षीय राजेन्द्र सरवरियाले फागुन ६ गते दिउँसो ४ बजेतिर बालिकालाई घरबाट मावली घर जाने क्रममा फकाइफुल्याइ मकै बारीमा लगेर बलात्कार प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक थापाले बताए ।

Read More

बाल विवाह गरेको आरोपमा बेहुला र उनका बुवा पक्राउ

https://www.onlinekhabar.com/2021/02/934093 २०७७ फागुन १५

१५ फागुन, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले बालविवाह गर्ने गराउने कार्यमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने ४६ वर्षीय बुवा र उनका १९ वर्षीय छोरा पक्राउ परेका हुन् । माघ १९ गते १९ वर्षी युवकको विवाह वीरगञ्ज-१६ लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग भएको थियो ।

Read More

बालिका हत्या आरोपमा बुवासहित ३ पक्राउ

https://ekantipur.com/pradesh-4/2021/02/27/16144431355068952.html फाल्गुन १५, २०७७

पूर्वी नवलपरासी — ६ महिने बालिकाको हत्या आरोपमा प्रहरीले बालिकाका बुवा, हजुरबुवा र हजुरआमालाई शनिबार पक्राउ गरेको छ । कावासोती नगरपालिका–४ हसौराकी सरस्वती भण्डारीले आफ्नी ६ महिने छोरीको फागुन ६ गते हत्या गरेको भन्दै गत सोमबार ससुरा, श्रीमान्, सासु र अमाजुविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

प्रहरीले कारबाहीमा चासो नदिएको भन्दै शनिबार कावासोती ४ का बासिन्दाले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनसमेत गरेका थिए । आरोपितलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडी नबढाएको भन्दै आक्रोशित स्थानीयले शनिबार प्रहरीबिरुद्ध कार्यालयमै प्रदर्शन गरेका हुन् । स्थानीयको प्रदर्शनपछि प्रहरीले शनिबार तीन जनालाई नियन्त्रणमा लिएको हो । घरपरिवारले नियोजित रुपमा हत्या गरेको भन्दै बालिकाकी आमाले ६ दिनअघि जिल्ला प्रहरीमा किटानी जाहेरी दिए पनि प्रहरीले पक्राउ गर्न आनाकानी गरेको थियो ।

Read More

एक किशोरबाट चार बलात्कृत !

http://annapurnapost.com/news/175697  १४ फागुन २०७७

गुलरिया : १४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ। ती किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५/५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ।

Read More

बालिका हत्या आरोपमा आमासहित ५ जना पक्राउ

https://ekantipur.com/pradesh-5/2021/02/23/161406966868214207.html फाल्गुन ११, २०७७

तिलोत्तमा — रुपन्देहीमा छोरीको हत्या गरी आत्महत्याको प्रयास गरेको आरोपमा महिलालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा आफ्नै कोठाको पंखामा एक वर्षीया बालिकाको घाँटी बाँधेर हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ परेका हुन् ।

फागुन ९ गते ९ बजेतिर बालिकाकी २१ वर्षीया आमा प्रेमा यादवले कोठाको पंखामा दुईवटा डोरी बाँधेर एकातर्फ छोरीलाई झुन्ड्याएकाे र अर्को डोरीमा आफू झुन्डिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।

Read More

विद्यालयको गेटले च्याप्दा छात्राको मृत्यु

https://ekantipur.com/pradesh-4/2021/02/23/16140714043933205.html फाल्गुन ११, २०७७

नवलपरासी — कावासोती नगरपालिका–५ स्थित कालिका माविको गेटमा च्यापिएर एक विद्यार्थीको मृत्यु भएको छ ।

जिल्ला प्रहरीका डिएसपी दिलिप गिरीका अनुसार मंगलबार विद्यालयमा गेट पल्टिएर च्याप्दा कक्षा ३ मा पढ्ने ९ वर्षकी गमित्रा सिंजालीको घटनास्थलमै मृत्यु भएको हो ।

Read More

किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

https://www.onlinekhabar.com/2021/02/932540 २०७७ फागुन ९

९ फागुन, वीरगञ्ज । बारामा किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बाराको करैयामाई गाउँपालिका-५ बस्ने ४० वर्षीय महेन्द्र सहनी पक्राउ परेका हुन् ।

घरमा कोही नभएको अवस्थामा गाउँकै १५ वषर्ीया एक किशोरीलाई मेरो घरमा काम छ भनेर लगेर यौन दुर्व्यवहार गरेको आरोप उनलाई लागेको छ ।

Read More

धनुषाबाट अपहरित बालकको ७ घण्टाभित्रै उद्धार, बुवा र मामा पक्राउ

https://www.onlinekhabar.com/2021/02/932522  २०७७ फागुन ९

९ फागुन, जनकपुरधाम । धनुषाबाट अपहरणमा परेका एकजना बालकको ७ घण्टाभित्रै सकुशल उद्धार गरिएको छ । अपहरणमा संलग्न बालकका मामासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालकका बुवा पनि छन् ।

जिल्लाको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको प्रहरीले जनाएको छ ।

Read More

सप्तकोसी किनारमा सँगै खेल्न गएका दाजुको ढिस्कोले पुरेर मृत्यु, भाइ घाइते

https://www.setopati.com/social/229896 फागुन ८

सुनसरीको बराहक्षेत्रमा माटोको ढिस्कोले पुरिएर शनिबार किशोरको ज्यान गएको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-८ का १४ वर्षीय प्रज्जवल राईको बालुवा र माटोसहितको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुरबाट एक पक्राउ

https://www.setopati.com/social/229731 फागुन ६

प्रहरीले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ललितपुरको महांकालबाट एक जनालाई पक्राउ गरेको छ। 

स्थानीय नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गर्दै आएका पर्सा पोखरियाका २१ वर्षीय राजकुमार ठाकुरलाई आज पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

Read More

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

https://www.setopati.com/social/229761 फागुन ७

कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्।

प्रहरीले बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका ५३ वर्षीय शिक्षक मधुविलास ढुङ्गानालाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको छ।

Read More