समाचारमा बालबालिका

चौधसय भन्दा बढी बालबालिका जोखिममा

रातोपाटीमा प्रकाशित,१ साउन, जाजरकोट ।

जाजरकोटमा एकहजार ४६० बालबालिका जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । सोमबार जिल्लाका सातवटा स्थानीय तहबाट संकलन गरिएको तथ्यांक सार्वजनिक गर्दै महिला तथा बालबालिका कार्यालयले यो विवरण पेश गरेको हो ।

Read More

मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय जाँदैनन्

नयाँ पत्रिकामा प्रकाशित,१ साउन, काठमाडौं ।

नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए ।

Read More

स्विमिङ पुलमा डुबेर १० वर्षीया बालिकाको मृत्यु

रातोपाटीमा प्रकाशित,१ साउन, बाँके ।

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको मृत्यु भएको हो ।

Read More

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

नागरिक न्युजमा प्रकाशित,३२ असार, डोल्पा ।

त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युबक पक्राउ परेका छन्। १४ वर्षीया रुमति (नाम परिर्वन)लाई यही असार ३१ गते बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाका २५ वर्षीय युबक जितबहादुर शाही पक्राउ परेका हुन्।

Read More

६ दिनअघि हराएकी किशोरीको शव फेला

थाहा खबरमा प्रकाशित,३२ असार, कैलाली ।

छ दिनदेखि परिवारको सम्पर्कमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

Read More

मोरङमा पूर्ण खोप सुनिश्चितता

कान्तिपुरमा प्रकाशित,३२ असार, मोरङ ।

जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले सोमबार आयोजना गरेको पूर्ण खोप सुनिश्चितता घोषणा समारोहमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेका हुन् । 

Read More

व्यवस्थापन समितिमा बालबालिका

कान्तिपुरमा प्रकाशित,३२ असार, परासी ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले गुणस्तरीय शिक्षा र बालबालिकाको विकासका लागि बालमैत्री विद्यालय घोषणा अभियानलाई तीव्र पारेको छ । नेपालको पहिलो बालमैत्री नगरपालिका घोषणा भएको सुनवलले संघीयतापछि थपिएको भूभागमा रहेका क्षेत्रमा बालमैत्री अभियानलाई तीव्रता दिएको हो ।

Read More

सर्पदंशबाट मृत्यु

कान्तिपुरमा प्रकाशित,३२ असार, दाङ ।

तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका चार वर्षीय कमल विकको सोमबार सर्पदंशबाट मृत्यु भएको छ । सोमबार बिहानै सर्पले डसेर बिरामी परेका कमलको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

Read More

कलिलो थाप्लोमा दुःखको भारी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३१ असार, जनकपुरधाम ।

पाँच किलोभन्दा बढी विद्युतीय सजावट सामग्रीको भारी टाउकोमा बोकेर १३ वर्षीय अजय साह साथीसँग लहरै वैवाहिक कार्यक्रममा गइरहेका भेटिए। उनकै उमेर समूहका ६ जना अरू बालक पनि टाउकोमा भारी बोकेर धनुषाको जनकपुर उपमहानगरपालिकाको महावीर चोकमा बिहेको कार्यक्रममा सजावटका लागि गइरहेका थिए।

Read More

पानीमा डुबेर बालकको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,३१ असार, सर्लाही ।

सर्लाहीको कविलासीमा आइतवार बिहान डुबेर एक बालकको ज्यान गएको छ । कविलासी नगरपालिका-८ अगर्बास्थित मामाघर गएका तीन वर्षीय बालक आदित्य ठाकुरको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

Read More

पानी माग्ने निहुँमा बालिका बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० असार, अछाम ।

अछामको साँफेबगर नगरपालिकामा ८ वर्षीया बालिका बलात्कृत भएकी छन्। बालिकाकी आमा रोपाइँ गर्न गएको मौका छोपेर २ वर्षीया बहिनी हेर्न बसेकी ती बालिकालाई पानी माग्ने निहुँमा असार २० गते साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले बलात्कार गरेको पीडित परिवारले बताएको छ।

Read More

बढ्दो सम्बन्धबिच्छेद, १४ देखि १९ वर्षका किशोरी बढी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२९ असार, सल्यान ।

पछिल्लो समय सल्यानमा सम्बन्धबिच्छेदका घटना बढेका छन्। जिल्ला अदालतका अनुसार एक वर्षका अवधिमा १०० भन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका छन्। 

Read More

नालामा डुबेर एक बालिकाको मृत्यु

थाहा खबरमा प्रकाशित,२८ असार, झापा ।

झापाको चाराआली–केचना सडक खण्ड अन्तरगत खनिएको नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ। नाला डुबेर भद्रपुर नगरपालिका १ हिमाली चोक निवासी राजु तामाङको अढाई बर्षीया छोरी रेविका तामाङको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

Read More

खाल्डोमा डुबेर मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२७ असार, राजविराज ।

वर्षाको पानी जमेको खाल्डोमा डुबेर सप्तरीमा एक बालकको मृत्यु भएको छ। घरदेखि एक सय मिटर पश्चिमतर्फ रहेको खाल्डोमा डुबेर कृष्ण सवरन गाउँपालिका-३ डंग्राहा टोलका चार वर्षीय जीवन मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

Read More

बलात्कारमा बालिका बढी

कान्तिपुरमा प्रकाशित,२७ असार, हेटौंडा ।

मकवानपुरमा बलात्कार घटना बढिरहेको पाइएको छ । चालु आवको ११ महिनामा मात्र १८ जना बलात्कृत भएका छन् । यिनमा सबैभन्दा बढी बालिका छन् ।बालिकाको सुरक्षामा परिवार गम्भीर नहुँदा यस्ता घटना दोहोरिने गरेको सरोकारवालाको ठम्याइ छ ।

Read More

१४२ बालबालिकामा सिकलसेल

कान्तिपुरमा प्रकाशित,२६ असार, नेपालगन्ज ।

कोहलपुर नगरपालिकाका आधा दर्जनभन्दा बढी विद्यालयमा अध्ययनरत थारू बालबालिकाको रगत परीक्षण गर्दा १ सय ४२ मा सिकलसेल एनिमिया संक्रमण पाइएको छ । ती विद्यालयका १ हजार ३ सय ५३ बालबालिकाको रगत परीक्षण गरिएको थियो ।

Read More

४८ जिल्ला पूर्ण खोप सुनिश्चित

रातोपाटीमा प्रकाशित,२६ असार, रोल्पा ।

रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको बताउँदै स्वास्थ्य नागरिकले मात्र देश विकास गर्न सक्ने धारणा व्यक्त गरे । 

Read More

कलिलैमा आमा बन्छन् चेपाङका चेली

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ असार, चितवन ।

चितवनको राप्ती नगरपालिका-१२ धनवाङ गैरीकी रक्षा चेपाङ भर्खर १७ वर्षमा लागिन्। कक्षा ६ मा पढ्दापढ्दै गतवर्ष मंसिरमा उनले प्रेमविवाह गरिन्। अहिले उनी गर्भवती छिन् ।

Read More

पाँच बाल विवाह रोकियो

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ असार, पर्सा ।

पर्सामा अभियन्ता र प्रहरी सक्रियतामा दुुई महिनामा पाँचवटा बाल विवाह रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल)का अनुसार वैशाख अन्तिम सातादेखि असार २५ गतेसम्म उमेर नपुग्दै गर्न लागिएका पाँच बाल विवाह रोकिएका हुन् ।

Read More

विद्यालयको ढोका भत्किँदा विद्यार्थीको मृत्यु

थाहा खबरमा प्रकाशित,२६ असार, झापा ।

दमकस्थित जनज्योति निमाविको ढोका भत्किँदा एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार विद्यालयको परिसरमा खेल्दै गरेका इलाम, चुलाचली गाउँपालिका–३ का १० वर्षीय रिजन लिम्बूको ढोकाले थिचेर मृत्यु भएको हो।

Read More