समाचारमा बालबालिका

जबरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ

थाहा खबरमा प्रकाशित,३० साउन, लहान ।

जबरजस्ती करणी मुद्दाका फरार आरोपी लुकीछिपी छिमेकी मुलुक भारत गईरहेको अवस्थामा सिरहाको सीमावर्ती माडर बजारबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहा नगरपालिका ३ का २३ वर्षीय धर्मेन्द्र भन्ने सुरेशकुमार ठाकुर रहेको जिला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Read More

जलेर बालिकाको मृत्यु

कान्तिपुरमा प्रकाशित,३० साउन, विराटनगर ।

पाँचथरको फालेलुङ गाउँपालिका ५ मा जलेर एक बालिकाको बुधबार मृत्यु भएको छ । स्थानीय अभिनारायण राईको घरमा आगलागी हुँदा घरभित्र सुतिरहेकी २१  महिनाको उनकी छोरी सुमिनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

बानेश्वरमा होस्टलको छतबाट खसेर बालिकाको मृत्यु

अनलाइनखबरमा प्रकाशित,३० साउन, काठमाडौं ।

बानेश्वरमा होस्टलको छतबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ । रयाग मार्गस्थित ओम शान्ती होस्टेलको तेस्रो तलाको छतबाट खसेर सर्लाही मलगंवा नगरपालिका–१० का सन्तोषकुमार कर्णको ४ वर्षीया छोरी साक्षीकुमारी कर्णको मृत्यु भएको हो ।

Read More

बलात्कारको अभियोगमा पक्राउ

नागरिक न्युजमा प्रकाशित,२९ साउन, उदयपुर ।

जवरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका १२ बस्ने २६ वर्षीय विकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ।  परियारसहित ३ जनाले सोमबार त्रियुगा २ मोथिहायीकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। 

Read More

विद्यालयको पानी ट्यांकीमा विषादी : पानी पिउँदा १५ विद्यार्थी बिरामी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२९ साउन, मोरङ ।

ट्यांकीमा विष हालेको पानी पिउँदा मोरङको लेटाङस्थित एक विद्यालयका १५ जना विद्यार्थी बिरामी परेका छन्। मोरङको लेटाङ जाँपेस्थित श्री माध्यमिक विद्यालयमा मंगलबार बिहान पानी पिउँदा विद्यार्थीहरू बिरामी भएका हुन्। 

Read More

स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी घाइते

नागरिक न्युजमा प्रकाशित,२९ साउन, पाल्पा ।

पाल्पामा रिभर भ्याली सेकेण्डरी बोर्डिङ स्कुलको बस बगनासकाली गाउँपालिका–१, पिप्लेमा दुर्घटना हुँदा ४ विद्यार्थी घाइते भएका छन्। विद्यार्थी लिएर विद्यालयतर्फ जाँदैै गरेको लु १ ख १५५८ नम्बरको बस पिप्लेको ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो।

Read More

६ महिनादेखि प्रिन्सिपलबाट किशोरी बलात्कृत

नयाँ पत्रिकामा प्रकाशित, २८ साउन, धरान ।

५ साउनेस्थित मदर इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल झमक बस्नेतले हाडनाताकी एक किशोरीलाई जबर्जस्ती करणी गर्दै आएको घटना सार्वजनिक भएको छ । कक्षा १२ मा पढ्दै आएकी किशोरीलाई बस्नेतले ६ महिनादेखि जबर्जस्ती करणी गर्दै आएका हुन् ।

Read More

काठमाडौंमा फेरि एक बालक हराए

थाहा खबरमा प्रकाशित,२८ साउन, काठमाडौं ।

११ वर्षका बालक निशान खड्काको अपहरणपछि हत्या भएको समाचार सेलाउन नपाउँदै काठडौंबाट अर्का बालक अपहरणमा परेको भन्दै प्रहरीमा जाहेरी परेको छ। आइतबार तनहुँबाट काठमाडौं आएका ९ वर्षका बालक सिजान्त महत अपहरणमा परेको भन्दै उनकी आमा सीताले गोंगबु प्रहरीमा जोहरी दिएकी छन्।

Read More

रघुमति खोलामा बगेर बालकको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,२८ साउन, बाजुरा ।

बाजुराको बुढीनन्दा नगरपालिका ७ स्थित रघुमति खोलामा बगेर एक बालकको मृत्यु भएको छ । आइतवार बेलुकी ५ बजे खोलामा बगेर कोल्टीमा एक बालकको मृत्यु भएको हो । 

Read More

सडेको अवस्थामा शिशुको शव फेला

अनलाइनमा प्रकाशित,२८ साउन, वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकामा एक शिशुको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका–१४, गण्डक चोक नजिकै अन्दाजी ५ महिनाको शिशुको शव कुहिएको अवस्थामा फेला परेको हो ।

Read More

स्कुल बस दुर्घटना, १४ विद्यार्थी घाइते

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ साउन, इलाम ।

स्कुल बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते भएका छन्। सोमबार बिहान मेची राजमार्गमा इलाम नपा १ बागखोर बजारस्थित राकेबाट आशादिप बोर्डिंङ स्कुलको विधार्थी बोकेर रक्सेतर्फ आउँदै गरेको मे १ ख १९५५ न.को बस विपरित दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा दुर्घटना हुँदा १४  विद्यार्थी घाइते भएका हुन्।

Read More

करेन्ट लागेर बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,२७ साउन, कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका–५ देवकलियामा शनिबार करेन्ट लागेर एक बालकको मत्यु भएको छ। नुहाउनका लागि मोटर चलाउन खोज्दा करेन्ट लागेर १२ वर्षीय राजु चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

Read More

जिपको ठक्करबाट एक शिशुको मृत्यु, एकै परिवारका तीन सहित ४ घाइते

नागरिक न्युजमा प्रकाशित,२७ साउन, पाल्पा ।

पाल्पामा जिपले ठक्कर दिँदा एक शिशुको मृत्यु भएको छ भने अन्य ४ घाईते भएका छन्। घाइते हुनेमा एकै परिवारका ३ जना रहेको छन्। घाइते हुनेमा एकै परिवारका ३ जना रहेको छन्।

Read More

झाडापखालाले बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ साउन, डोटी ।

डोटीको दिपायल सिलगढी नगरपालिका-८ लडागडा नारी दाङ कटनामा झाडापखालाका कारण बालिकाको मृत्यु भएको छ। स्थानीय सिद्ध नेपालीकी नौ बर्षीया छोरी मायाको मृत्यु भएको हो। 

Read More

बालमैत्री नगर बन्दै तिलागुफा

कान्तिपुरमा प्रकाशित,२६ साउन, कालिकोट ।

तिलागुफा नगरपालिका बालमैत्रीउन्मुुख बनेको छ । नगरपरिषद्ले बालमैत्री स्थानीय शासनका सूचक पूरा गरी ५ वर्षभित्र नगरपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी तीव्र बनाएको छ ।

Read More

अपराधमा बालबालिका प्रयोग घट्दै

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२५ साउन, विराटनगर ।

प्रदेश १ मा आपराधिक घटनामा बालबालिका प्रयोग घटेको पाइएको छ । प्रहरीको पछिल्लो तीन वर्षको तथ्यांकले अपराधमा बालबालिकाको संलग्नता र प्रयोगको दरमा कमी हुँदै गएको देखाएको हो ।

Read More

स्कुल बस दुर्घटना, ३२ विद्यार्थी घाइते, चारको अवस्था गम्भीर

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२४ साउन मोरङ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका- ३ स्थित भित्री सडकखण्डमा बुधबार साँझ स्कुल बस दुर्घटना हुँदा ३२ जना विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । 

Read More

झापाको अर्जुनधारामा एक सातामा २ बलात्कारको घटना

उज्यालो अनलाइनमा प्रकाशित,२३ साउन, झापा ।

चार वर्षीया बालिकामाथि बलात्कार भएको एक साता बित्न नपाउँदै झापाको अर्जुनधारामा फेरि १३ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको छ । शनिश्चरे प्रहरी चौकीका अनुसार सोमबार राति राति पौने १० बजे शौचालय गएकी दिदीलाई कुरिरहेकी १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कारको प्रयास भएको हो । 

Read More

पहिरोले घर पुरिँदा डेढ वर्षको बालकको मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित,२३ साउन, काभ्रे ।

पहिरोले घर पुरिँदा काभ्रेमा डेढ वर्षका बालकको ज्यान गएको छ । मंगलबार राति घरमाथिबाट पहिरो खस्दा मण्डन देउपुर नगरपालिका–१० छापका हेमबहादुर तामाङका डेढ वर्षका छोराको ज्यान गएको हो ।

Read More

बालिका बलात्कार गर्ने पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२३ साउन, परासी ।

साढे तीन वर्षीया बालिकालाई बलात्कृत गर्ने एक युवालाई इलाका प्रहरी कार्यालय बेलाटारीले पक्राउ गरेको छ। बलात्कृतमा परेकी बालिका भारतीय हुन् । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका९८ बद्रिघाटमा रहेकी ठूलीआमालाई परिवारसहित भेट्न आएकी बालिकालाई मंगलबार बिहान घर नजिकैका एक युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए। 

Read More