समाचारमा बालबालिका

पौडी खेल्ने क्रममा पोखरीमा डुबेका दुई बालकको शव फेला

https://www.onlinekhabar.com/2021/04/942494 २०७७ चैत १९

१९ चैत, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका दुईजना बालकको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

Read More

बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

https://ekantipur.com/pradesh-4/2021/04/01/16172793453969655.html चैत्र १९, २०७७

बागलुङ — बालिका बलात्कार गरेको आरोपमा बागलुङ प्रहरीले ८० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

काठेखोला गाउँपालिका–१ की १५ वर्षीया बालिकालाई स्थानीय वृद्धले बलात्कार गरेको उजुरीपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले बताए ।

Read More

बालिकालाई कपडा पसलमा काम दिने भन्दै लगे, पछि बन्धक बनाएर राखे

https://www.setopati.com/social/233457 चैत १९

मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले पाँच जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए।

परिसरमा १६ वर्षीया बालिकालाई कपडा पसलमा काममा लगाइदिने भन्दै काठमाडौंको माकलबारीस्थित फ्ल्याट भाडामा लिएर होटलमा ग्राहकसँग जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीको आधारमा खटिएको टोलीले तीन पुरूष र दुई महिलालाई पक्राउ गरेको हो।

Read More

बालिकालाई यौन दुर्व्यवहारको आरोपमा १ जना पक्राउ

https://www.onlinekhabar.com/2021/03/942254 २०७७ चैत १८

१८ चैत, वीरगञ्ज । पर्सामा १० वर्षकी बालिकालाई यौन दुर्व्यबहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । माघ २५ गते बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ छपकैयाका ४५ वर्षका भुनेश राउत कुर्मी पक्राउ परेका हुन् ।

मुलुकी अपराध संहिता २०७४ ले करणीको आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको ठहर्ने उल्लेख गरेको छ ।

Read More

घाँस काट्न गएका ७ जना बेपत्ता

https://www.onlinekhabar.com/2021/03/942055 २०७७ चैत १८ 

१८ चैत, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु बेपत्ता भएका छन् ।

१८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Read More

सामूहिक बलात्कार प्रयास आरोपमा ४ पक्राउ

https://ekantipur.com/pradesh-4/2021/03/31/16171568983229577.html चैत्र १८, २०७७

स्याङ्जा — सामूहिक बलात्कार प्रयास आरोपमा हरिनास गाउँपालिकाबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

Read More

बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एकजना पक्राउ

https://www.onlinekhabar.com/2021/03/941710 २०७७ चैत १६

१६ चैत, गोरखा । १४ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ थर्पुका ४० वर्षीय भगवान खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

Read More

इनारमा डुबेर बालकको मृत्यु

https://www.onlinekhabar.com/2021/03/941427  २०७७ चैत १५

१५ चैत, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा आइतबार सात वर्षीय बालकको डुबेर मृत्यु भएको छ । सोही स्थान निवासी देउबहादुर गागा मगरका छोरा डिक्सनको इनारमा डुबेर मृत्यु भएको हो ।

 

Read More

होली खेल्ने क्रममा छ्यापेको एसिडले तीनजना घाइते

https://www.onlinekhabar.com/2021/03/941534 २०७७ चैत १६

१६ चैत, काठमाडौं । होली खेल्ने क्रममा डेरीमा राखेको एसिड छ्याप्दा तीनजना घाइते भएका छन् ।

शंखरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा उसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको थियो । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

Read More

आफूलाई बलात्कार गरेको भन्दै अनाथालय सञ्चालकविरूद्ध अनाथालयकै १४ वर्षीया बालिकाले दिइन् उजुरी

https://www.setopati.com/social/232915 चैत १२  

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीमा अनाथालय सञ्चालन गर्दै आएका विष्णु चौधरीविरूद्ध प्रहरीमा बालिका बलात्कारसम्बन्धी उजुरी दर्ता भएको छ। 

उनीविरूद्ध अनाथालयकै एक १४ वर्षीया जुम्लाकी बालिकामाथि जबरजस्ती बलात्कार गरेको जाहेरी परेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए।

‘उजुरी प्रहरीमा बुधबार बेलुका नै आएको हो,’ एसपी चन्दले भने, ‘पीडित बालिकाको मेडिकल गराई बिहीबार उजुरी दर्ता भएको छ।’

चौधरीले अभिभावकविहीन (अनाथ) बालबालिकालाई संरक्षण र शिक्षा दिक्षा दिने भन्दै बिजौरीमा ‘असहाय बाल विकास नेपाल’ नामक अनाथालय सञ्चालन गर्दै आएका छन्। चौधरी उक्त अनाथालयका सञ्चालक हुन्। 

Read More

दैलेखमा बालकको हत्या, आमाले गरिन् आत्महत्या प्रयास

https://www.onlinekhabar.com/2021/03/940695 २०७७ चैत १२

१२ चैत, सुर्खेत । दैलेखको डुंगेश्वर गाउँपालिका-३ मा ३ वर्षका बालकको हत्या भएको छ, उनकी आमा २९ वर्षकी हिरा थापाले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्या गरेकी हुन् र आफूले लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्या प्रयास गरेकी हुन् ।

Read More

गाउँबाट पढाउने भन्दै ल्याएर किशोरीलाई बन्धक र बलात्कार, दुई जना पक्राउ

https://ratopati.com/story/172981/2021/3/24/rape-news- चैत ११, २०७७

बुटवल । गाउँबाट पढाउने भन्दै ल्याएर बन्धक बनाइ दुई किशोरीलाई बलात्कार गरेको आरोपमा रुकुम पूर्वमा दुईजना युवक पक्राउ परका छन् । उनीहरुले जिल्लाको विकट क्षेत्र मानिने भूमि गाउँबाट  १४ र १५ वर्षका दुई किशोरीलाई रूकुमकोट बजारमा ल्याएर बन्धक बनाई करणी गरेको प्रहरीले जनाएको छ । 

Read More

चाल्नाखेलमा मृत भेटिएका दुई विद्यार्थीको भिसेरा परीक्षण गरिने

https://ratopati.com/story/172977/2021/3/24/death-body  चैत ११, २०७७

काठमाडौं । दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलमा मृत फेला परेका दुईजना विद्यार्थीको पोष्टमार्टम सकिएको छ ।  अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार नुवाकोट घर भएका १६ वर्षीय अर्जुन खड्काले विष खाएको भेटिएको छ । काभ्रेका १८ वर्षीय मंगल तामाङले चाहिँ विष खाए–नखाएको खुलेको छैन । 

Read More

ट्युसन पढ्न हिँडेकी किशोरीको भीरबाट लडेर मृत्यु

https://www.setopati.com/social/232811  चैत ११

बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।

तलकोट गाउँपालिकामा-४ की १६ वर्षीया मिउजला बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। 

Read More

पोखरीमा डुबेर २ जना बालबालिकाको मृत्यु

https://www.onlinekhabar.com/2021/03/939757  २०७७ चैत ९

९ चैत, काठमाडौं । सप्तरी र धनुषामा पोखरीमा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहरनियामा १३ वर्षीया अञ्जलीकुमारी यादवको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित पोखरीको पानीमा नुहाउने क्रममा डुबेकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

Read More

भीरबाट लडेर अछाममा एक बालिकाको मृत्यु

https://www.onlinekhabar.com/2021/03/940026  २०७७ चैत १०

१० चैत, काठमाडौं । भीरबाट लडेर अछाममा एक बालिकाको मृत्यु भएको छ । बान्निगढी जयगढ गाउँपालिका-६ दर्ना चन्डालीकी ७ वर्षीया आयुशा ठकुल्लाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार आज बिहान विद्यालय जाँदै गरेको अवस्थामा भीरबाटो भन्ने ठाउँबाट लडेर बालिका गम्भीर घाइते भएकी थिइन् ।

Read More

किशोरी कुटपिट गर्ने पक्राउ

https://ekantipur.com/pradesh-5/2021/03/17/16159846168682541.html चैत्र ४, २०७७

नेपालगन्ज — बाँकेको नेपालगन्ज उपमहानगरकी १५ वर्षीया बालिकालाई मरणासन्न हुने गरी कुटपिट गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

चट्याङले घाइते लमजुङका एक विद्यार्थीको मृत्यु

https://ekantipur.com/pradesh-4/2021/03/16/16158939301141697.html  चैत्र ३, २०७७

लमजुङ — लमजुङको क्‍व्होलासोथार गाउँपालिका–४ भुजुङमा मंगलबार दिउँसो चट्याङ लागेर घाइते भएका ३ विद्यार्थीमध्ये एक जनाको मृत्यु भएको छ ।

हेलिकप्टरमार्फत पोखरा लगेर मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका अन्दाजी १७ वर्षीय विनोद विश्वकर्माको साँझ साँढे ५ बजेतिर मृत्यु भएको हो । उपचारस्थलमा रहेका क्‍व्होलासोथार गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार हेलिकप्टरबाट उपचारका लागि ल्याइएका ३ जनालाई तत्काल मणिपाल लगिएकोमा उपचार गर्दागर्दै मृत्यु भएको डाक्टरले घोषणा गरेका थिए ।

Read More

नातिनी बलात्कार कसुरमा आजीवन कारावास

http://annapurnapost.com/news/176776 ०५ चैत २०७७

उदयपुर : आठ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालतले कसुरदार ठहर गरेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सिलुवालको एकल इजलासले त्रियुगा नगरपालिकाका ५६ वर्षीय वृद्धलाई आजीवन कारावाससहित थप चार वर्षको कैद सजायको फैसला सुनाएको छ ।

Read More

बलात्कार आरोपमा ललितपुरका एक शिक्षक पक्राउ

https://ekantipur.com/news/2021/03/16/161586073557062325.html  चैत्र ३, २०७७

काठमाडौँ — १५ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा ललितपुरस्थित एक सरकारी विद्यालयका शिक्षक पक्राउ परेका छन् । माध्यमिक तहकी छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा पारिवारिक नातासमेत पर्ने शिक्षक रवि केप्छाकीलाई ललितपुर प्रहरीले गत फागुन २६ मा पक्राउ गरेको हो । 

Read More