समाचारमा बालबालिका

भोजपुरमा ६ वर्षीया बालिका बलात्कृत

उज्यालो अनलाइनमा प्रकाशित,२४ पुस, भोजपुर ।

जिल्लाको उत्तरी षडानन्द नगरपालिकामा ६ वर्षीया बालिका बलात्कार गर्ने एक किशोर पक्राउ परेका छन् । षडानन्द नगरपालिका–१०, साङ्गपाङमा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ जनाएको छ।

Read More

उपचार खर्च अभावले बालक सात वर्षदेखि बाँधिन बाध्य

नागरिक न्युजमा प्रकाशित,२३ पुस, कञ्चनपुर ।

जन्मेको दुई वर्षसम्म तन्दुरुस्त रहेको नाति तीन वर्षपछि डोरीमा बाँधेर राख्नुपर्ला भनेर कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ६० वर्षीय हिरादेवी सुनारले सपनामा पनि चिताएकी थिएनन्।

Read More

करणी मुद्दाका फरार अभियुक्त पक्राउ

अनलाइनखबरमा प्रकाशित,२३ पुस, हेटौंडा ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको बिशेष टोलीले फरार रहेका मकवापुरगढी गाउँपालिका–४ मा स्थायी घरभई भिमफेदी गाउँपालिका–६ बस्ने २५ वर्षिय गणेश भन्ने रेवती सञ्जेललाई पक्राउ गरेको हो।

Read More

नेपालमा बाल यौन दुराचार गरेको आरोपमा क्यानडामा पक्राउ

कान्तिपुरमा प्रकाशित,२३ पुस, काठमाडौं ।

नेपालमा बाल यौन दुराचारमा संलग्न भएको आरोपमा क्यानडामा ६२ वर्षीय पउल म्याकर्थीलाई पक्राउ गरिएको छ । उनी माथि क्यानडा बोर्डर सर्भिस एजेन्सीले अनुसन्धान गरिरहेको क्यानेडियन सञ्चार माध्यमले जनाएको छ।

Read More

फोहोर उठाउने गाडीमा नवजात शिशुको शव भेटियो

उज्यालो अनलाइनमा प्रकाशित,२३ पुस, कास्की ।

पोखरामा फोहर उठाउने गाडीमा फालिएको नवजात शिशु (छोरा)को शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङका अनुसार गाडीमा उठाएर ल्याइएको फोहर डम्पिङ साइटमा लगेर छुट्टयाउने क्रममा नवजात शिशुको शव तन्नाले बेरेको अवस्थामा फेला परेको हो।

Read More

बालविवाह रोक्न ‘संकल्प’

कान्तिपुरमा प्रकाशित,२३ पुस, रौतहट ।

तराई–मधेसमा उमेर नपुगी बालविवाह गराइदिने चलनको अन्त्य हुन नसकेको भन्दै यहाँका तीन स्थानीय तहले त्यसविरुद्ध संकल्प गरेका छन्।
‘बिस के बाद सादी कराउ, बालबच्चा के भविष्य सुनेरहा बनाऊ’ भन्ने मूल नाराका साथ रेखा थापा फाउन्डेसनले जिल्लाभित्र अभियान थालेपछि गौर, राजदेवी र यमुनामाई नगरपालिकाले बालविवाह रोक्ने संकल्प गरेको हो।

Read More

कम उमेरमा सुत्केरी हुने क्रम रोकिएन, छ महिनामा १७२ जना बने आमा

थाहा खबरमा प्रकाशित,२२ पुस, सल्यान ।

शारदा नगरपालिका–१४ बरलाकी शोभा विष्ट बुढाथोकी १७ वर्षमै आमा बनिन्। कक्षा ८ मा पढ्दा पढ्दै उनले गाउँकै कृष्ण बुढाथोकीसँग प्रेम विवाह गरिन्। विवाह गर्ने उमेर नपुग्दै उनी आमा बनिन्। आमा बनेसँगै उनको माथिल्लो कक्षा पढ्ने सपना अपूरो नै रह्यो।

Read More

पानीको ड्रममा डुबेर १८ महिने बालिकाको ज्यान गयो

उज्यालो अनलाइनमा प्रकाशित,२२ पुस, रामेछाप ।

रामेछापमा आफ्नै घरको नजिक राखेको ५ सय लिटर क्षमताको पानीको ड्रमभित्र डुब्दा १८ महिने बालिकाको आइतबार घटनास्थलमा नै ज्यान गएको छ।

Read More

सात वर्षीया बालिका बलात्कारका आरोपी पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२२ पुस, धरान ।

सात वर्षीय बालिका बलात्कार गरेको अभियोगमा सुनसरीको रामधुनी नगरपालिका–८ का राजेश उराँव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीे प्रहरी टोलीले रामधुनी नगरपालिका डुम्रहाकी सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उराँवलाई पक्राउ गरेको हो।

Read More

१२ वर्षीया बनिन् आमा

कान्तिपुरमा प्रकाशित,२० पुस, हेटौंडा ।

बाल्यकाल पार नहुँदै एक चेपाङ बालिका आमा बनेकी छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका ३ सरिखेत औलेकी १२ वर्षीया गंगामाया चेपाङलले बुधबार छोरी जन्माएकी छन्।

Read More

बालविवाह रोक्न विद्यार्थी र अभिभावकलाई सँगै कक्षा

थाहा खबरमा प्रकाशित,१९ पुस, जाजरकोट।

बालविवाह नरोकिएपछि जिल्लाका विद्यालयमा बालविवाह न्यूनीकरणका लागि कक्षा सञ्चालन गर्न थालिएको छ। बालविवाह गर्नेको दर बढेपछि यहाँका स्थानीय सरकारले विशेष कार्ययोजना बनाइ कक्षामा पढाउन थालिएको हो।

Read More

शिक्षकको कुटाईबाट विद्यार्थी घाइते

कान्तिपुरमा प्रकाशित,१९ पुस, सल्यान ।

बाग्चौर नगरपालिका-२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयमा दुई शिक्षकले कक्षा १० मा अध्ययनरत छात्र बिशाल बस्नेतलाई कुटपिट गरेका छन् । शिक्षकको कुटपिटबाट छात्र बस्नेत घाइते छन्।

Read More

अत्यधिक चिसोपछि हुम्लाका विद्यालय बन्द

अनलाइनखबरमा प्रकाशित,१८ पुस, हुम्ला ।

अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनि बिदा दिँदै आएको छ।

Read More

जाउलो खाने आशाले नियमित स्कुल :दिउँसोको खाजा पाएपछि विद्यार्थी बढे

उज्यालो अनलाइनमा प्रकाशित,१७ पुस, बझाङ ।

विद्यालय जान नमान्ने बालबालिकाहरु जाउलो खाने आशले नियमित विद्यालय जान थालेका छन् । खप्तड छान्ना गाउँपालिकामा रहेको गोर्खाली आधारभुत विद्यालयमा २ वर्ष पहिले विद्यार्थीको उपस्थिति न्यून रहे पनि दिवा खाजा कार्यक्रम लागू भएपछि झण्डै २२ जनाभन्दा बढी बालबालिकाहरु भर्ना भएको विद्यालयका प्रध्यानाध्यापक गोरख बहादुर खड्काले बताउनु भयो।

Read More

झापामा नवजात शिशुको शव फेला

नयाँ पत्रिकामा प्रकाशित,१७ पुस, झापा ।

बुद्धशान्ति गाउँपालिका, ४ मा नवजात शिशुको शव भेटिएको छ । शिशुको शव खुट्टा बाहिर देखिने गरी गाडिएको अवस्थामा फेला परेको हो ।
गाउँपालिकाको आइतबारेमा शिशुको शव भेटिएको इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक कृष्णप्रसाद हुमागाईले जानकारी दिए । प्रहरीका अनुसार शव स्थानीय शंकर रेग्मीको जग्गामा गाडिएको थियो।

Read More

पुण्य कमाउने नाममा महिनावारी नहुँदै छोरीको विवाह

उज्यालो अनलाइनमा प्रकाशित,१७ पुस, डोटी ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीका ग्रामीण क्षेत्रमा बालविवाहले विकराल रुप लिँदै आएको छ । सानै उमेरमा छोरीको विवाह गरे छोरीको भविष्य बिग्रिन्छ भन्ने जान्दा जान्दै पनि यहाँका स्थानीयहरु बालविवाह रोक्नुको साटो झन् फैलाउन लागिपरेका छन्। 

Read More

माघदेखि नवजात शिशुको बिमा

कान्तिपुरमा प्रकाशित,१७ पुस, जनकपुरधाम ।

प्रदेश २ सरकारले माघ १ गतेदेखि जन्मिने नवजात शिशुको जीवन बिमा गरिदिने भएको छ । प्रदेशको ८ जिल्लाबाट एक एक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका गरी ८ वटा स्थानीय तहको सबै वडाका हरेक शिशुलाई जन्मिएपछि बिमा गरिदिने जनाएको छ।

Read More

चक्लेटको प्रलोभनमा पारी पाँच वर्षीया बालिका बलात्कार, आरोपित फरार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१६ पुस, पर्सा ।

पर्सामा पाँच वर्षीया एक बालिकालाई २२ वर्षीय एक युवकले बलात्कार गरेका छन्।पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर १ घर भएकी पाँच वर्षीया बालिकालाई छिमेकी देवकुमार पटेलले चक्लेट दिने प्रलोभन देखाएर बलात्कार गरेका हुन्।

Read More

नारायणी नदीमा डुङ्गा पल्टिँदा एकजना बालक बेपत्ता

उज्यालो अनलाइनमा प्रकाशित,१५ पुस, नवलपरासी ।

नारायणी नदीमा डुङ्गा पल्टिँदा सुस्ताका एक बालक शनिबारदेखि बेपत्ता छन् । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका –५ पक्लिहवा रतनगंजका कैलाश धोबीका छोरा १५ वर्षीय अनुप धोबी बेपत्ता भएका हुन्।

Read More

पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन

उज्यालो अनलाइनमा प्रकाशित,१५ पुस, सुर्खेत ।

सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री रहेको जिल्ला प्रहरी कार्यालय सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो।

Read More