समाचारमा बालबालिका

बाल महोत्सवमा भाग लिन प्रधानमन्त्री ओली झापा आउँदै

थाहा खबरमा प्रकाशित,१५ माघ, झापा ।

प्रधानमन्त्री केपी शर्मा ओली आगामी माघ १७ गते गृहनगर दमक आउने भएका छन्। दमक नगरपालिकाको आयोजनामा हुने बृहत बाल महोत्सवको उद्घाटनका लागि उनी आउने नगरपालिकाले जनाएको छ।

Read More

टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि मोरङको सुन्दरहरैंचामा तनाव

थाहा खबरमा प्रकाशित,१४ माघ, विराटनगर ।

टिपरको ठक्करबाट वालिकाको मृत्यू भएपछि मोरङको सुन्दरहरैंचा नगरपालिका–९ तनावग्रस्त बनेको छ। लापरवाहीका कारण टिपर आतंक बढेको भन्दै स्थानीय बासिन्दाले स्थानीयले ६ वटा टिपरमा आगजनी गरेका छन्।

Read More

बालिका हत्या आशंकामा ६ जना पक्राउ

थाहा खबरमा प्रकाशित,१४ माघ, विराटनगर ।

विराटनगर ८ बलुवाहीस्थित सिंघीया खोला किनारमा मृत भेटिएकी बालिकाको हत्या भएको आशंका भएपछि प्रहरीले छ जनालाई पक्राउ गरेको छ।

Read More

दाङमा बालविवाह गराउने पक्राउ, विराटनगरमा बालिकाको शव भेटियो

रातोपाटीमा प्रकाशित,१३ माघ ,दाङ ।

प्रहरीले ललाइफकाई बाल विवाह गराएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार गत माघ १० गते घोराही मामा घरमा जाँदा १६ बर्षिया बालिकाको घोराहीका २२ वर्षीया गणेश चौधरीसँग विवाह गरिदिएको आरोपमा कमली चौधरी र विवाह गर्ने गणेश चौधरी पक्राउ परेका हुन्।

Read More

बुवाआमाको मृत्युपछि तीन बालकको बिचल्ली

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ माघ, मोरङ ।

 मोरङको सुनवर्षी नगरपालिका–७ कुडेलीका १५ वर्षीय दीपक राजवंशी आठ कक्षामा पढ्दै गर्दा पढाइ छाडे । उनी १० वर्षको हुँदा बुवा फगुलाल गुमाए । गत साउनमा आमा सन्तोषी पनि गुमाएपछि दीपक दुईजना भाई ९ वर्षीय राजीव र ५ वर्षीय रोशनको अभिभावक बन्न पुगे । फगुलाल र सन्तोषी दुवैको सेतो लामखुट्टेको टोकाइबाट मृत्यु भएको स्थानीयको भनाइ छ।

Read More

सप्तरीमा करेन्ट लागेर एक नाबालिकाको मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित,१० माघ, सर्लाही।

सप्तरीको महदेवा गाउँपालिका वडा नं–२, एअवरपुरमा करेन्ट लागेर बिहीबर एक नाबालिकाको मृत्यु भएको छ । स्थानीय चन्द साहकी १८ महिनाकी छोरी ज्योति कुमारी साहको आफनै घरमा खेल्ने क्रममा अचानक करेन्ट लाग्दा ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Read More

छोरी बेचेको आरोपमा बुवा पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,९ माघ, नुवाकोट।

आफ्नै छोरीलाई बेचेको आरोपमा बुवा पक्राउ परेका छन् । जिल्लाको दूर्गम क्षेत्र दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारकी १५ वर्षीया बालिका बेचेको आरोपमा उनकै बुवासहित दुप्चेश्वर गाउँपालिका का २२ वर्षीय सुनिल तामाङ र ३१ वर्षीय लक्ष्मी नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

Read More

जंगली फल खाँदा १५ बालबालिकासहित १७ जना बिरामी

थाहा खबरमा प्रकाशित,८ माघ, जनकपुधाम।

सिरहामा जंगली फल खाँदा १५ बालबालिकासहित १७ जना बिरामी परेका छन्। बाख्रा चराउन गएको बेला बघण्डी नामक फल खाँदा उनीहरू बिरामी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Read More

बालिका बलात्कारको अरोपमा दुई जना पक्राउ

थाहाखबरमा प्रकाशित,८ माघ, संखुवासभा।

जबरजस्ती करणी गरेको अरोपमा संखुवासभाका भिन्नभिन्नै स्थानबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिचिला गाउँपालिकाका २२ वर्षीय अमित भनिने टीकाराम विक र भोजपुर साल्पासिच्छो गाउँपालिकाका २५ वर्षीय सन्तोष राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए।

Read More

किनमेल गरेर फर्कँदै गरेका चेपाङ किशोरीमाथि कुटपिट

कान्तिपुरमा प्रकाशित,७ माघ, चितवन।

किनमेल गरेर घर फर्कँदै गरेका दुई चेपाङ किशोरी अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका छन् । चितवनको विकट पहाडी गाउँ लोथरको कान्दामा आइतबार दिउँसो घटना भएको थियो।

Read More

गुल्मीमा १५ बालश्रमिकको उद्धार

अनलाइनखबरमा प्रकाशित,७ माघ, गुल्मी।

 जिल्ला प्रहरी कार्यालय गुलमीले जिल्ला बाल कल्याण समितिसँग सहकार्य गरी १५ बालश्रमिकहरूको उद्धार गरेको छ । पछिल्लो ६ महिनाको समयमा रेसुङ्गा नगरपालिकामा संचालन भएका होटल तथा रेष्टुरेन्टबाट १५ जना श्रमिक बालबालिकालाई उद्धार गरेको प्रहरीले जनाएको छ।

Read More

भोकभोकै विद्यार्थी

कान्तिपुरमा प्रकाशित,७ माघ, धनकुटा।

मलिन अनुहारमा कक्षा कोठामा देखिएकी सात वर्षीया विनिसा राई भोकै विद्यालय जान्छिन् । त्यो पनि नगरपालिकाभित्रै रहेको विद्यालयमा उनी अध्ययनरत छिन्।

Read More

अर्केस्ट्रामा लुटिए बालिका, किशोरी

कान्तिपुरमा प्रकाशित,६ माघ, पर्सा।

ललितपुर धापाखेलकी १५ वर्षीया किशोरीलाई उनकी छिमेकी दिदीले वीरगन्जमा राम्रो काम पाउने प्रलोभन दिइन् । पुसको तेस्रो साता पहिलो पटक एक्लै वीरगन्ज आइन्।

Read More

तातो तेलमा डढेकी नाबालिकाको उपचार खर्च अभाव

कान्तिपुरमा प्रकाशित,६ माघ, नवलपरासी।

तातो तेलमा शरीर डढेकी गैंडाकोटकी २२  महिने नाबालिकाको  उपचार खर्च अभाव भएको पारिवारले जनाएको छ । भरतपुरस्थित नयाँ मेडिकल कलेजम उपचार भइरहेको सिम्रौन पौडेलको पैसा नहुँदा उपचारमा समस्या भएको हो।

Read More

बालयौन दुराचारको अभियोगमा बेलायती नागरिक पक्राउ

नागरिक न्युजमा प्रकाशित,६ माघ, काठमाडौं।

बालयौन दुराचारको अभियोगमा एक जना बेलायती नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा आइएन रोबेर्ट कोल रहेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बालयौन दुराचार भइरहेको छ, भन्ने विशेष सूचनाको आधारमा काठमाडौंको रवीभवनबाट पक्राउ गरेको हो।

Read More

४ वर्षीय बालकलाई फकाएर यौनजन्य कृयाकलाप गर्ने एक युवक पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,५ माघ, रौतहट।

रौतहटमा ४ वर्षीय बालकसँग अप्राकृतिक मैथुन गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गरुडा नगरपालिका वडा नम्बर-१, का ४ वर्षीय बालकलाई शुक्रबार साँझ स्थानीय १९ वर्षीय भोला गिरीले उखुघारीमा लगेर यौनजन्य क्रियाकलाप (अप्राकृतिक मैथुन) गरेको प्रहरीले जनाएको छ।

Read More

कक्षा ९ पढ्न अर्को प्रदेश

कान्तिपुरमा प्रकाशित,५ माघ, रुकुम पश्चिम।

रोल्पाको परिवर्तन गाउँपालिका ४, जरेनीका सुरेश विष्ट रुकुम पश्चिमको मुसीकोट नगरपालिका १०, को चुन बस्छन् । डेरा लिएर चुन बस्ने उनले पढ्नका लागि घर छाडेका हुन् । सोही ठाउँका वीरेन्द्र विष्ट पनि डेरा लिएरै चुनमा बस्दै आएका छन्।

Read More

बसले ठक्कर दिँदा बाटो काट्दै गरेकी बालिकाको ज्यान गयो

उज्यालो अनलाइनमा प्रकाशित,५ माघ, सर्लाही।

सर्लाहीको बयलवासबाट त्रिभुवननगरका लागि छुटेको यात्रु बसले ठक्कर दिँदा एक बालिकाको ज्यान भएको छ । बसको ठक्करबाट ज्यान गुमाउने बालिका स्थनीय ब्रह्रमपुरी-३ की ७ वर्षिया सोनाली मुखिया बिन रहेको प्रहरीले जनाएको छ।

Read More

तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

सेतोपाटीमा प्रकाशित,४ माघ, बाँके ।

बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ।

Read More

इँटाको चाङ पल्टँदा दिदीभाईको मृत्यु

कान्तिपुरमा प्रकाशित,३ माघ, काभ्रे ।

इँटाको चाङ पल्टँदा पाँचखालमा दिदीभाईको मृत्यु भएको छ । हनुमान इँटा उद्योगमा भएको घटनामा रोल्पा गंगादेव गाउँपालिकाका ज्ञानबहादुर परियारका ११ महिने नाबालक छोरा निर्माण र ३ वर्षीया छोरी जेनिशाको मृत्यु भएको काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए।

Read More