समाचारमा बालबालिका

चक्लेटको प्रलोभनमा पारी पाँच वर्षीया बालिका बलात्कार, आरोपित फरार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१६ पुस, पर्सा ।

पर्सामा पाँच वर्षीया एक बालिकालाई २२ वर्षीय एक युवकले बलात्कार गरेका छन्।पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर १ घर भएकी पाँच वर्षीया बालिकालाई छिमेकी देवकुमार पटेलले चक्लेट दिने प्रलोभन देखाएर बलात्कार गरेका हुन्।

Read More

नारायणी नदीमा डुङ्गा पल्टिँदा एकजना बालक बेपत्ता

उज्यालो अनलाइनमा प्रकाशित,१५ पुस, नवलपरासी ।

नारायणी नदीमा डुङ्गा पल्टिँदा सुस्ताका एक बालक शनिबारदेखि बेपत्ता छन् । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका –५ पक्लिहवा रतनगंजका कैलाश धोबीका छोरा १५ वर्षीय अनुप धोबी बेपत्ता भएका हुन्।

Read More

पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन

उज्यालो अनलाइनमा प्रकाशित,१५ पुस, सुर्खेत ।

सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री रहेको जिल्ला प्रहरी कार्यालय सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो।

Read More

विद्यालयमा उजुरी पेटिका राखेपछि बालविवाहमा कमी

थाहा खबरमा प्रकाशित,१५ पुस, रौतहट ।

सामुदायिक विद्यालयहरूमा गुनासो पेटिका राखेपछि उजुरी पर्ने डरले बालविवाह र लैंगिक हिंसाका घटना रोकिँदै गएका छन्। शून्य सहनशीलता लैंगिक हिंसामुक्त कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरूमा उजुरी पेटिका राखेपछि बालविवाह रोकिँदै गएको सरोकारवालाहरूले बताएका छन्।

Read More

स्कुलबाट एकैसाथ हराएका तीन बालिका बुटवलमा भेटिए

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१५ पुस, सुर्खेत ।

गत मंगलबारदेखि स्कुलबाटै हराएका सुर्खेतका तीन बालिका बुटवलमा भेटिएका छन्। प्रहरीको तीव्र खोजीका कारण उनीहरु आइतबार बुटवल बसपार्कमा भेटिएका हुन्। पुस १० गते स्कुलको हाफटाइममा निस्किएका किशोरी घर फर्केका थिएनन्।

Read More

वर्षमा तीन महिना मात्र खुल्छन् स्कुल

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१४ पुस, मुगु ।

कार्मारोङ गाउँपालिकाका अधिकांश सामुदायिक विद्यालय वर्षमा तीन महिना मात्रै खुल्ने गरेको पाइएको छ। शिक्षा नियमावलीअनुसार वर्षमा न्यूनतम दुई सय २० दिन विद्यालय सञ्चालन हुनुपर्छ। तर, यहाँका सामुदायिक विद्यालय भने ८० दिन मात्र खुल्ने गरेका छन्।

Read More

सहाराविहीन बालिकालाई नगरपालिकाको सहयोग

थाहा खबरमा प्रकाशित,१४ पुस, बैतडी ।

सहाराविहीन अवस्थामा रहेका बैतडीको दशरथचन्द नगरपालिका १० सतपालिका ६ जना बालिकाले दशरथचन्द नगरापालिकाको साथ पाएका छन्। नगरपालिकाले उनीहरूलाई नगद सहयोग गर्नुका साथै उनीहरूको पढाई तथा बसोबासको प्रबन्ध नगरपालिकाले मिलाउने भनेको छ।

Read More

पढाएकै बुझ्दैनन् विद्यार्थी

कान्तिपुरमा प्रकाशित,१३ पुस, रसुवा ।

कक्षाकोठामा धेरै कोचिएर पढदा होहल्ला बढी हुन्छ । हावाहुरी चल्दा पनि पढाइमा अवरोध हुन्छ । पानी पर्दा टहराबाट चुहिन्छ । जस्तामा पानीको आवाजले पढाएकै सुनिँदैन।

Read More

दश वर्षीया बालिकामाथि बलात्कारको प्रयास

उज्यालो अनलाइनमा प्रकाशित,१२ पुस, बारा ।

बारामा एक दश वर्षीया बालिकामाथि बलात्कारको प्रयास भएको छ । प्रसौनी गाउँपालिका–५, कि एक दलित बालिकामाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ।

Read More

दस वर्षमै विवाह

कान्तिपुरमा प्रकाशित,१२ पुुस, रौतहट ।

गौर–चन्द्रनिगाहपुर खण्डको धमौरा चोक नजिक डोम समुदायको सानो बस्ती छ । मंगलबार बस्तीको पूर्व कुनामा रहेको झुपडी कुर्न बसेका १३ वर्षीय बालक भेट्टिए । उनी विवाहित हुन् ।

Read More

शिक्षकको कुटाइले छोराको मृत्यु भएको अभिभावकको आरोप, पिट्ने शिक्षक फरार

कान्तिपुरमा प्रकाशित,१२ पुस, बारा ।

शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो।

Read More

दुई छोरालाई विष खुवाएर आमाले गरिन् आत्महत्याको प्रयास, एकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ पुस, जनकपुरधाम ।

धनुषामा एक महिलाले आफ्नो दुई नाबालक छोरालाई विष खुवाएर आफूले पनि विष खाएर आत्महत्याको प्रयास गरेकी छन्। जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका १ सोनमाई खजुरी टोल निवासी रविन्द्र यादवकी श्रीमति २४ वर्षीया रिना देवी यादवले घरायसी विवाद भएपछि आफ्ना दुई छोराको हत्या गरी आफू पनि आत्महत्या गर्ने प्रयास गरेकी हुन्।

Read More

नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,११ पुस, सप्तरी ।

जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर १ का २० वर्षका सुन्दरकुमार सदालाई पक्राउ गरेको छ।

Read More

पुलमुनि बर्कोले बेरेर फालेको अवस्थामा भेटियो बच्चाको शव

रातोपाटीमा प्रकाशित,११ पुस, धरान ।

धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा रहेको पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटिएको छ । बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चको शव निकै अगाडि फालिएकोले सडेको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदनकुमार तिम्सिनाले जानकारी दिए।

Read More

बलात्कारको आरोपमा इलाममा दुई युवा पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,११ पुस, इलाम ।

बलात्कार गरेको आरोपमा इलाममा  बुधबार दुई युवक पक्राउ परेका छन् । पन्ध्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा सन्दकपुर गाउँपालिका–४, माबुका सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४, बुधबारेका उत्तम राई रहेका छन्।

Read More

बिस्कुट अड्किएर बालिकाको मृत्यु

थाहा खबरमा प्रकाशित,२१ मंसिर, सुनसरी ।

इटहरी उपमहानगरपालिका-४ मा बिस्कुट अड्किएर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। बिहीबार राती सोही स्थान बस्ने सञ्जीव चौलागाईंको छोरी श्रुती चौलागाईं बिस्कुट खाने क्रममा घाँटीमा अड्किएर घाइते भएकी थिइन्।

Read More

जाडो छल्न पोखरा बसाइँ सरे मुस्ताङका विद्यालय

थाहा खबरमा प्रकाशित,१८ मंसिर, मुस्ताङ ।

चिसो बढेपछि हिमालपारिको जिल्ला मुस्ताङका विद्यालयहरू कास्कीको पोखरामा सर्न थालेका छन्। तापक्रम शून्यदेखि माइनस डिग्री सेन्टिग्रेडमा पुग्दा मुस्ताङका छोसेर, छोनुप, सुर्खाङ, चराङ, मराङ, घमी, लोमान्थाङलगायतका ठाउँमा रहेका विद्यालय कात्तिकमै बन्द हुने गरेका छन्।

Read More

अर्घाखाँचीमा जलेर एक बालकको मृत्यु

रातोपाटीमा प्रकाशित,१७ मंसिर, अर्घाखाँची ।

विद्युत सट भई आगलागी हुदाँ अर्घाखाँचीमा मगंलवार एकजनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–६ मेहपानीका ११ वर्षीय नारायण विकको जलेर मृत्यु भएको हो।

Read More

दुई घण्टा हिँडेर विद्यालय

कान्तिपुरमा प्रकाशित,१७ मंसिर, मुगु ।

नजिकै विद्यालय नहुँदा दुर्गमका विद्यार्थीलाई घन्टौं हिंडेर विद्यालय जानुपर्ने बाध्यता छ । बाजुराको हिमाली गाउँपालिकास्थित बोल्डिक, खापर र भिगु गाउँका करिब ४० विद्यार्थी दुई घन्टा हिंडेर मुगुको सर्वोदय मावि सुकाढिक पढ्न आउँछन्।

Read More

नगरमै किशोरी गर्भवती

कान्तिपुरमा प्रकाशित,१७ मंसिर, हेटौंडा ।

 स्वास्थ्यका दृष्टिले २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनु शारीरिक रूपमा अपरिपक्व मानिन्छ । २०७५ भदौदेखि लागू भएको मुलुकी संहिताले  २० वर्षभन्दा कम उमेरमा विवाह नै गर्न नपाउने व्यवस्था गरेको छ।

Read More