समाचारमा बालबालिका

एउटै विद्यालयमा १३ जोडी बालविवाह

कान्तिपुरमा प्रकाशित,२६ माघ, हेटौंडा ।

राक्सिराङ गाउँपालिकाको सरीखेत पलासेस्थित सूर्योदय माविमा ६ कक्षामा पढ्ने १३ वर्षीया सुनीता चेपाङले मदन चेपाङसँग विवाह गरिन् । चेपाङ र मदनको घर एक घण्टाको दूरीमा पर्छ । मदन स्कुलमा पढ्दैनथे।

Read More

बालिका बलात्कारको अभियोगमा दुई युवक पक्राउ

अनलाइनखबरमा प्रकाशित,२६ माघ, चितवन ।

पूर्वी चितवनमा १३ बषर्ीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । रत्ननगर नगरपालिका-७ बछ्यौलीकी एक बालिकालाई पैसाको प्रलोभन देखाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले बाराको कोलही नगरपालिकाका ३० बर्षीय गंगा चौधरी र २२ बर्षीय अजय कुमारलाई पक्राउ गरेको हो।

Read More

विद्यार्थी कुट्ने प्रअविरुद्ध उजुरी, बालकलाई बिर्तामोड लगियो

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ माघ, पाँचथर।

प्रधानाध्यापकको कुटाईबाट घाइते भएका विद्यार्थीका बावुले प्रधानाध्यापकविरुद्ध प्रहरीमा उजुरी गरेका छन् ।फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटाईबाट घाइते भएका कक्षा ९ मा अध्ययनरत विद्यार्थी रोहित राईका बुवा सञ्जय राईले शुक्रवार प्रहरीमा उजुरी दिएका हुन्।

Read More

सप्तरीमा बालिका बलात्कार गर्ने अभियुक्तलाई आठ वर्ष कैद

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ माघ, सप्तरी।

सरस्वती पूजाबाट घर फर्किरहेकी बालिकालाई बलात्कार गर्ने एक अभियुक्तलाई जिल्ला अदालत सप्तरीले आठ वर्ष कैद सजायको फैसला गरेको छ।

Read More

हनुमन्ते खोलामा भेटियो अनुहार नचिनिने अवस्थामा बालिकाको शव

उज्यालो अनलाइनमा प्रकाशित,२६ माघ, भक्तपुर।

भक्तपुरको हनुमन्ते पुलमुनी शनिबार अनुहार नचिनिने अवस्थामा एक बालिकाको शव फेला परेको छ । मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका जोड्ने हनुमन्ते पुलमुनी बालिकाको शव भेटिएको हो।

Read More

१३ वर्षमै एकल

नागरिक न्युजमा प्रकाशित,२४ माघ, ओखलढुंगा।

गत वर्षको असोज महिनामा रीता गजमेरको मोबाइलमा अपरिचितको फोन आयो। फोन उठाइन्, बोलिन्। नचिनेको मान्छे भएकाले रङ नम्बर भनेर फोन काटिन्। त्यसपछि त्यही नम्बरबाट दैनिक फोन आउन थाल्यो।

Read More

लगनखेलस्थित ललितपुर माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहार छानबिन गर्न समिति

कान्तिपुरमा प्रकाशित,२५ माघ, ललितपुर।

लगनखेलस्थित ललितपुर माध्यमिक विद्यालयका तीन शिक्षकमाथि लागेको यौन दुर्व्यवहार आरोपबारे छानबिन गर्न ललितपुर महानगरपालिका ५ वडा कार्यालयले छानबिन थालेको छ।

Read More

१२ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,२४ माघ, अर्घाखाँची।

अर्घाखाँचीको शीतगंगामा आफ्नै बावुबाट छोरी बलात्कृत भएकी छिन ।शीतगंगा नगरपालिकाको वडा नम्बर–६, आफ्नै बुबाबाट १२ वर्षीया छोरी बलात्कारको सिकार भएकी हुन।

Read More

आफन्त भन्दै बालकलाई भाँडा मझाउँदै

अनलाइनखबरमा प्रकाशित,२४ माघ, पर्सा ।

वीरगञ्ज महानगरपालिका वडा नं १३ मा रहेको अविरल नास्ता होटलमा १४ वर्षमुनिका दुई बालक काम गरिरहेको अवस्थामा भेटिए । वीरगञ्जलाई बालमैत्री नगरका रुपमा स्थापित गर्ने उद्देश्यले बाल श्रम नियन्त्रणका लागि काम गरिरहेका एनजिओका प्रतिनिधिले बालबालिकालाई श्रममा लगाउनु गैरकानुनी कार्य हो भनेर होटल सञ्चालकलाई सम्झाए।

Read More

थप दुई शिक्षकमाथि यौन दुर्व्यवहार आरोप

कान्तिपुरमा प्रकाशित,२४ माघ, काठमाडौं ।

लगनखेलस्थित ललितपुर माविका शिक्षक सुमन्त ‘सुमन’ केसी र गोकुल शर्मालाई यौन दुर्व्यवहारको आरोप लागेको छ।

Read More

बाजुरामा तीन महिनामा एकै गाउँमा दश विवाह

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२४ माघ, बाजुरा।

बालविवाह नियन्त्रण गर्न कानुन बनेको छ, सजायको व्यवस्था पनि छ, नीतिगत कुरामा बालविवाह नियन्त्रणको काम राम्रै भएको छ। तर, व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको छ।तरपनि समाजलाई त्यसको चिन्ता भने पटक्‍कै छैन।

Read More

यौनहिंसामा परेकी बालिका अध्ययनबाट वञ्चित

नागरिक न्युजमा प्रकाशित,२४ माघ, कावासोती ।

सामूहिक बलात्कारमा परेकी नवलपुरकी एक बालिका सामाजिक लाञ्छनाका कारण पढाइबाट वञ्चित हुनुपरेको छ। तीन वर्षअघि बलात्कारमा परेकी ती बालिकाले लामो समयपछि न्याय त पाइन् तर आफ्नो पढाइलाई भने निरन्तरता दिन सकिनन्।

Read More

नहरमा डुबेर नाबालिकाको ज्यान गयो

उज्यालो अनलाइनमा प्रकाशित,२३ माघ, सप्तरी ।

सप्तरीको महदेवा गाउँपालिका–६, ढिकलीमा कोशी नहरमा डुबेर एक नाबालिकाको मृत्यु भएको छ । स्थानीय आनन्दी यादवकी २ वर्षीया छोरी अन्जली कुमारी यादवको घर नजिकै रहेको कोशी नहरमा खेल्ने क्रममा अचानक डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Read More

परपुरुषसँग लागेपछि विष खुवाई ४ वर्षे छोराको हत्या

अनलाइनखबरमा प्रकाशित,२३ माघ, सल्यान।

सल्यानमा एक युवतीले आफ्नै छोरालाई विष खुवाएर मारेको खुलेको छ । छत्रेश्वरी गाउँपालिका ४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ।

Read More

पूर्णखोपयुक्त मकवानपुरमा दादुरा भेटियो

थाहा खबरमा प्रकाशित,२३ माघ, हेटौँडा।

दुई वर्ष अगाडि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको मकवानपुरमा दादुराको प्रकोप देखिएको छ। मकवानपुरको पश्चिमक्षेत्रस्थित जिल्लाको विकट कैलाश गाउँपालिका–८ धुसाराङका पाँचजनामा दादुरा देखिएको हो। मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका बिरामीहरुमा रगत जाँच गर्दा दादुराको संक्रमण भएको पाइएको हो।

Read More

प्रदेश २ का विद्यालयमा १० बजेदेखि नै पढाउन निर्देशन

अनलाइनखबरमा प्रकाशित,२३ माघ, सप्तरी।

प्रदेश २ मा विद्यालय र शिक्षक भएपनि बालबालिकाले नियमित पढ्न पाइरहेका छैनन् । कक्षा नियमित नचल्ने र चले पनि समयमा नचलेको पाइएपछि प्रदेशको शिक्षा विकास निर्देशनालयले प्रदेशका सबै विद्यालयलाई पत्र काट्दै निर्धारित समयसम्म कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

Read More

बालबालिकामा ‘इन्टरनेट लत’ को समस्या

रातोपाटीमा प्रकाशित,२३ माघ, काठमाडौँ ।

दुईरतीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान थिए । चार कक्षामा अध्ययनरत १२ वर्षीय उनको छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि झोला नै खोल्न नचाहने गरेकोे उनले बताए।

Read More

बालिका अपहरण गर्ने मनीष महोत्तरीबाट पक्राउ

थाहा खबरमा प्रकाशित,२२ माघ ,काठमाडौं।

कोटेश्वरकी बबिता शाहकी छोरी सन्विज्ञा शाहलाई अपहरण गर्ने मनीष गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुप्तालाई सोमबार महोत्तरीको भिटामोडबाट पक्राउ गरेको हो।

Read More

विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,२२ माघ, डोटी ।

 ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा डोटीमा एक शिक्षकलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार विद्यालयमा नै बालिकालाई एकान्त कोठामा लगेर अश्लिल चलचित्र देखाउने गरेको भन्ने उजुरीका आधारमा शिक्षकलाई पक्राउ गरिएको हो।

Read More

जंगलमा हराएका बालबालिका सेना र प्रहरीले उद्धार गर्योा, अभिभावक भन्छन्: धामीले भनेको मिल्यो

उज्यालो अनलाइनमा प्रकाशित,२१ माघ, जाजरकोट।

अझै पनि जाजरकोटमा  बच्चा हराएपछि अभिभावक धामी हेराउन जाने चलन छ । धामीले भोलि बच्चा भेटिन्छ भनेपछि उनीहरुको खोजी नगरेर अभिभावक घरमा गएर बस्छन्।

Read More