समाचारमा बालबालिका

वडा अध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे

महिला खबरमा प्रकाशित,८ चैत, खोटाङ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष ४ महिनाकी बालिकासँग विवाह गरेका छन् ।कानूनले नै बालविवाह बन्देज गरिसकेको अवस्थामा वडा अध्यक्षले नै बालविवाह गरेको खुलेको हो।

Read More

आफन्तबाटै बलात्कृत हुन्छन् बालिका

नागरिक न्युजमा प्रकाशित,७ चैत, अर्घाखाँची।

अर्घाखाँचीको सन्धीखर्क नगरपालिका डिभर्ना अमिलेका ६५ वर्षीय हजुरबुबाले फागुन ३ मा आफ्नै पाँच वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परे। हजुरबुबाले घरमा कोही नभएको मौकामा नातिनीमाथि बारम्बार जबरजस्ती करणी गर्दै आइरहेको खुल्यो। बालिकाको आमाले उजुरी गरेसँगै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आरोपी हजुरबुबालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।

Read More

एसईईको तयारी पूरा

कान्तिपुरमा प्रकाशित,७ चैत, काठमाडौं।

चैत १० बाट हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षदेखि एसईई परीक्षा प्रदेश सरकारको व्यवस्थापनमा हुँदै छ।

Read More

सुनकोशी नदीमा बालक बेपत्ता, गोताखोरको टोलीले खोज्दै

थाहा खबरमा प्रकाशित,७ चैत, काभ्रे।

तेमाल गाउँपालिका–२ चुखाबेँसीस्थित सुनकोशी नदीमा डुबेर एक बालक बुधबार दिउँसो बेपत्ता भएका छन्। फागु खेलेर पौडी खेल्न गएका तेमाल गाउँपालिका–२ लामबगरका मोहनलाल तामाङका १४ वर्षीय छोरा सुमन नदीमा डुबेर बेपत्ता भएका हुन्।

Read More

दुर्घटनामा विद्यार्थीको मृत्यु

नागरिक न्युजमा प्रकाशित,५ चैत, चितवन।

जिल्लाको रत्ननगर नगरपालिका–१० को निपनी चोकमा बोलेरोले ठक्कर दिँदा सोही ठाउँ निवासी १४ वर्षीय वसन्त थापाको मृत्यु भएको छ। ना४च ५००७ नम्बरको बोलेरोले सोमबार बिहान ९ः३० बजे थापालाई ठक्कर दिएको थियो।

Read More

वोलेरोको ठक्करबाट चितवनमा १६ वर्षीय किशोरको मृत्यु

रातोपाटीमा प्रकाशित,४ चैत, चितवन।

पूर्वी चितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज विहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

Read More

सार्वजनिक यातायातमा किशोरी असुरक्षित, ६ महिनामा ११८ पक्राउ

अनलाइनखबरमा प्रकाशित,४ चैत, काठमाडौं।

ललितपुरको बालकुमारीबाट कुमारी ९१८० सार्वजनिक बसमा चढिन् । कोटेश्वर जानलाई उनी बा ३ ख ४०४६ नम्बरको बसमा चढेकी थिइन् । गाडी खचाखच थियो, जसको फाइदा उठाएर सहचालकले किशोरीको हात छुन खोजे । उनलाई असजिलो महसुस हुने गरी धक्का दिए।

Read More

सिक्का खसाल्नुस्, प्याड लिनुस्

अन्न्पूर्ण पोस्ट्मा प्रकाशित,४ चैत, रुपन्देही।

हामीलाई थाहा छ- महिनावारीका कारण नेपालका कतिपय ठाउँका छात्रा विद्यालय जान सकेका छैनन्। यसले महिनामा एउटी छात्राको करिब ४–५ दिन पठनपाठन रोकिने गर्छ। यस्तो समस्या ग्रामीण क्षेत्रमा अझ विकराल छ।

Read More

सेनेटरी प्याडले छात्रा नियमित

कान्तिपुरमा प्रकाशित,४ चैत, लमजुङ।

महिनावारी हुँदा प्रायः छात्रा बिदा लिएर घर फर्कन्थे । स्कुल आउँदैका छात्रा बाटोबाटै घर फर्कन्थे । कोही स्कुल आउने नै थिएनन् । बेंसीसहर नगरपालिका–३ गाउँसहरस्थित लमजुङ माविले छात्रालाई स्कुलमै सेनेटरी प्याडको व्यवस्था गरेपछि नियमितता हुन थालेको छ।

Read More

एसइई प्रश्नपत्रसँगै छात्रालाई सेनेटरी प्याड

रातोपाटीमा प्रकाशित,३ फागुन, म्याग्दी।

म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ । यही चैत १० गतेदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई) मा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने भएको हो।

 

Read More

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,२ चैत, इलाम।

इलाममा बालिकालाई यौन दुर्व्यवहार गर्ने एक व्यक्ति शनिबार पक्राउ परेका छन् । सन्दकपुर गाउँपालिकाकी एउ६ी १२ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गर्ने भीमप्रसाद पाठकलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ।

Read More

पोखरीमा डुबेर बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ चैत, झापा।

भद्रपुर नगरपालिका–२ स्थित किच्चकबधको पोखारीमा डुबेर एक बालकको मृत्यु भएको छ । ताप्लेजुङ फुङ्लिङ नगरपालिका–४ का लोकेन्द्र लिम्बूका १३ वर्षीय छोरा इदम लिम्बूको पोखरीमा डुबेर मृत्यु भएको हो।

Read More

बालविवाहको समस्या : जन्मदर्ता दिने कि नदिने ?

कान्तिपुरमा प्रकाशित,२ चैत, धनुषा।

धनुषा, सहिद नगरपालिका ३ का वडा अध्यक्ष नागेन्द्र प्रसाद मण्डल कम उमेरमा विवाह भएकी किशोरीको सन्तानलाई जन्म दर्ता दिने कि नदिने अन्योलमा थिए । वडा कार्यालयमा उमेर नपुग्दै विवाह दर्ता र सन्तानको जन्म दर्ता लिन आएका छन्, जिल्ला सरकारी वकिल कार्यालयले आयोजना गरेको अर्न्तक्रियामा उनले भने, ‘कानुन छलेर विवाह गर्नेलाई विवाह दर्ता र जन्म दर्ता दिने कि नदिने ?

Read More

बालविवाहमा संलग्न तीनजना पक्राउ

थाहा खबरमा प्रकाशित,१ चैत, सल्यान।

बालविवाह गर्ने र गराउने खाजेको आरोपमा जिल्ला प्रहरी कार्यालय तीन जनालाई पक्राउ गरेको छ। बालविवाह हुन लागेको सूचनाका आधारमा खैरावाङ मन्दिर परिसरबाट तीन जनालाई पक्राउ गरेको हो।

Read More

किशोरी आमा बढे

कान्तिपुरमा प्रकाशित,३० फागुन, सल्यान।

साताअघि त्रिवेणी गाउँपालिका २, की १९ वर्षीया इन्द्रा विक गाउँको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि आफन्तले हतारहतार जिल्ला अस्पताल ल्याए । उनलाई लामो समयदेखि प्रसूति व्यथा लागेको थियो । अस्पतालका चिकित्सकले शल्यक्रियामार्फत प्रसूतिको तयारी गरिरहेको बेला उनले बच्चा जन्माइन् ।

Read More

निःशुल्क टयुसन कक्षा पाएपछि विद्यालय जान थाले मुसहर बालबालिका

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० फागुन, सिरहा।

धनगढीमाई नगरपालिका १३ भर्लेनीका रमेश सदायको उमेर १० वर्ष भए पनि कक्षा १ मै पढ्छन्। जन्मदर्ता प्रमाण पत्र नहुँदा उनी विद्यालयमा पढ्न कहिलेकाही गए पनि भर्ना भएका थिएनन्। सोही उमेरका रन्जन र सरिता सदाय कक्षा ५ मा पढ्छन्।

Read More

विद्यार्थी नै पढ्छन्, पढाउँछन्

कान्तिपुरमा प्रकाशित,३० फागुन, बुटवल।

विद्यालयका कक्षाकोठामा शिक्षक के गर्छन् रु धेरैलाई लाग्छ– विद्यार्थी पढाउँछन् । विद्यार्थी पढ्छन् वा शिक्षकले पढाएको सुन्छन् । रूपन्देहीका केही विद्यालयले भने शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने चलन फेरेका छन् । विद्यार्थी नै पढ्छन् । विद्यार्थी नै पढाउँछन् । शिक्षक सहयोगी मात्रै बन्छन्।

Read More

स्कूले विद्यार्थीबीच खुकुरी हानाहान, एक घाइते

थाहा खबरमा प्रकाशित,३० फागुन, लमजुङ।

विद्यार्थीबीच भएको झगडामा खुकुरी हानाहान हुुँदा एक विद्यार्थी घाइते भएका छन्। बेसीशहर नगरपालिका ३ स्थित लमजुङ माविमा विद्यार्थीहरुबीच खुकुरी हानाहानमा कक्षा १० मा अध्ययनरत बिष्णुप्रसाद देउजा घाइते भएका छन्।

Read More

हिंसाविरुद्ध उत्रिए छात्रा

कान्तिपुरमा प्रकाशित,३० फागुन, बारा।

कलैया उपमहानगरपालिका–४ को एक निजी विद्यालयमा पढ्दै गरेकी १४ वर्षीया बालिका मंगलबार विद्यालय जाँदै थिइन् । बीच बाटामै अर्को निजी विद्यालयका ३ छात्रले उनलाई अश्लील व्यवहार गर्न खोजे । छात्राले रिसले गाली गरिरहिन् र प्रतिकारमा उत्रिइन्।

Read More

५ वटा कक्षाका विद्यार्थी एउटै कोठामा

कान्तिपुरमा प्रकाशित,२९ फागुन, सल्यान।

छत्रेश्वरी गाउँपालिकाको भोटचौरस्थित त्रिभुवन जन माविमा सञ्चालित सुस्तश्रवण स्रोत कक्षाका विद्यार्थी एउटै कोठामा बसेर अध्ययन गर्न बाध्य छन् । स्रोत शिक्षाअन्तर्गत कक्षा १ देखि ५ सम्मका बालबालिका एउटै कक्षामा बसेर पढिरहेका छन्।

Read More