समाचारमा बालबालिका

छाउपडी प्रथा : महिनावारीमा विद्यालय नै टेक्दैनन् छात्रा

कान्तिपुरमा प्रकाशित,१३ चैत, डोटी।

केआईसिंह गाउँपालिका ५ जमलकट्टेस्थित भूवनेश्वरी माविमा कक्षा ८ मा पढिरहेकी निर्मला भट्टले डेढ वर्षयता महिनामा ४ दिन आफू पढ्ने विद्यालयमा पाइलै टेकेकी छैनन् । विद्यालय जान वञ्चित भएपछि त्यस अवधिमा उनका पाइला मेलापात गर्न वनपाखातर्फ लम्किन्छन् । कारण हो ‘महिनावारी’।

Read More

दुई बालिकालाई जबरजस्ती गरेको आरोपमा ५३ वर्षीय पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ चैत, विराटनगर।

दुई बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा इटहरीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। इटहरी-३ निवासी ५३ वर्षीया देवीबहादुर लिम्बू ११ र ७ वर्षीया बालिका दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

Read More

बलात्कार घटना धमाधम प्रहरीमा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ चैत, बनेपा ।

गत चैत ३ गते मण्डनदेउपुर नगरपालिका–६ की १४ वर्षीया बालिका सामूहिक बलात्कारको सिकार भइन्। इन्द्रावती बगरमा बालुवा चालेर घर फर्किने क्रममा टिपर चालकले बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो।

Read More

माछा मारेर पढाइ खर्च

कान्तिपुरमा प्रकाशित,१३ चैत, दमौली।

माछा मार्नु पुर्ख्यौली पेसा । व्यास–१० बोटेटारका १४ वर्षीय जुम्ल्याहा दाजुभाइ त्यसमा पोख्त छन् । यही सीपले राम–लक्ष्मण बोटेलाई पढाइ र घरखर्च जुटाउन ठूलो भर छ।

Read More

शिक्षक नै खोस्छन् प्याड

कान्तिपुरमा प्रकाशित,१२ चैत, अछाम।

पञ्चदेवल विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ । बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारो पर्ने हो कि भन्ने डरले उनलाई सताएको थियो । अर्कोतिर बाहिर डेरा गरेर बस्नुपर्ने भएकाले खर्चको समस्या उस्तै थियो।

Read More

१४ वर्षीया किशोरी ११ दिनदेखि बेपत्ता

थाहा खबरमा प्रकाशित,१२ चैत, पर्वत।

जलजला गाउँपालिका ७ धाइरिङकी एक किशोरी ११ दिनदेखि बेपत्ता छिन्। चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनीता रिजाल अझैसम्म पनि सम्पर्कमा नआएकी बुबा महानन्द रिजालले बताए।

 

Read More

एसईई दिएर फर्केका विद्यार्थी त्रिशूलीमा बेपत्ता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ चैत, गोरखा।

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर नदीमा पौडी खेल्न गएका एक विद्यार्थी त्रिशूली नदीमा डुबेर बेपत्ता भएका छन्। गोरखाको गण्डकी गाउँपालिका ६ को भद्रकाली माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका वनटार निवासी १७ वर्षीय कमलबहादुर चेपाङ सोमबार दिउँसो त्रिशूली नदीमा डुबेर बेपत्ता भएका हुन्।

Read More

बालिका बलात्कारका फरार अभियुक्त पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ चैत, गाइघाट।

१० वर्षीया बालिका यौन दुर्व्यवहार गरेको आरोपमा उदयपुरका एक युवा सोमबार पक्राउ परेका छन्। चैत्र ८ गते साँझ बालिका यौन दुर्व्यवहार गरेको छिमेकीले थाहा पाएपछि फरार रहेका त्रियुगा नगरपालिका ११ गाईघाटका ४० वर्षीय बुधराज राईलाई प्रहरीले पक्राउ गरेको हो।

Read More

रुकुम पश्चिममा १ महिनामै पाँच बलात्कार, तीन बर्षदेखि आफ्नै बुबाले बलात्कार गर्दै आएको १७ बर्षीय किशोरीको आरोप

न्युज २४ मा प्रकाशित,१२ चैत, बुटवल।

पश्चिम रुकुममा पछिल्लो एक महिनाको ५ बलात्कार भएको घटना सार्वजनिक भएको छ ।पछिल्लो एक महिनामा महिलालाई बलात्कार गर्ने उद्योगका ३ आरोपी साथै अर्का एक किशोरीलाई बलात्कार गर्ने पुरुष र आफ्नै छोरी बलात्कार गरेको अभियोगमा एक जाना गरेर पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाई सकिएको प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिएका छन्।

Read More

दाइले सलाई खेल्दा जलेर बहिनीको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ चैत, दाङ ।

दाङमा आगोमा परी एक बालिकाको ज्यान गएको छ।  राप्ती गाउपालिका–१ बगाह सोतीका हिमाल रानाको १ महिनाकी छोरी संगिताको आगोले जली ज्यान गएको हो।

Read More

निजी छोडेर सामुदायिक विद्यालयमा भर्ना हुँदै विद्यार्थी

उज्यालो अनलाइनमा प्रकाशित,११ चैत, डोटी।

डोटी जिल्लाका निजी विद्यालयमा पढ्ने विद्यार्थीहरु हिजोआज सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् । जिल्लामा रहेका सामुदायिक विद्यालयहरुले निजी विद्यालयभन्दा राम्रो पढाइ गराउन थालेपछि उनीहरु निजी छोडेर सामुदायिक विद्यालयतर्फ आकर्षित हुन थालेको सामुदायिक विद्यालयका शिक्षकहरुको दावी छ।

Read More

मिसले पाइपले हिर्काउँदा घाइते

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ चैत, तानसेन।

मिसको कुटाइबाट घाइते ८ वर्षीय राजु बुढाथोकी अस्पताल भर्ना भएका छन्। गुल्मी रेसुंगा–९ मा बस्दै आएका उनी उपल्लो तम्घास माविमा यूकेजीमा अध्ययनरत छन्। उनलाई शिक्षिका सावित्रा आचार्यले चैत ४ गते कुटपिट गरेकी हुन्।

Read More

आजदेखि एसईई परीक्षा, साढे २९ हजार सुरक्षाकर्मी परिचालन

थाहा खबरमा प्रकाशित,१० चैत, काठमाडौं ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० आइतबारबाट सुरु हुँदैछ। परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ। २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए। परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ।

Read More

एसईई छाडेर आत्महत्या

नागरिक न्युजमा प्रकाशित,१० चैत, पाल्पा।

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने एक विद्यार्थीले झुण्डिएर आत्महत्या गरेकी छन्। गुंगा माध्यमिक विद्यालयबाट एसईई परीक्षाको तयारी गरेकी बगनासकाली गाउँपालिका–६, यम्घा गुँगा भुटेकेकी अन्दाजी १६ वर्षीया मनिषा विकले आत्महत्या गरेकी हुन्।

Read More

ढुंगाले लागेर बालिकाको मृत्यु

थाहा खबरमा प्रकाशित,१० चैत, इलाम।

बाटो खन्ने क्रममा जेसीबीबाट खसेको ढुंगाले लागेर इलाममा एक बालिकाको ज्यान गएको छ। दिउँसो ३ बजे इलाम नगरपालिका ८ स्थित गरीमा टोलअन्तर्गत भित्रि कच्ची सडक खन्ने क्रममा खसेको ढुंगाले लागेर १३ वर्षीया एलिसा न्यौपानेको ज्यान गएको हो।

Read More

दुई किशोरीद्वारा एकै दिन झुण्डिएर आत्महत्या

रातोपाटीमा प्रकाशित,१० चैत, महोत्तरी।

महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी महतोले आत्महत्या गरेका छन्।

Read More

माइक्रोबसले ठक्कर दिँदा बालकको मृत्यु

रातोपाटीमा प्रकाशित,१० चैत, मोरङ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान माइक्रोबसको ठक्करबाट बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नंको माइक्रोबस अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किँदा सुनसरी, धरान उपमहानगरपालिकाका १३ वर्षीय सबिन मक्रान्तीलाई ठक्कर दिएको थियो।

 

Read More

सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र स्थापना

थाहा खबरमा प्रकाशित,१० चैत, काठमाडौं।

सर्वोच्च अदालतमा पहिलो पटक शिशु स्याहार केन्द्र स्थापना गरिएको छ। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आइतबार एक कार्यक्रमका बीच रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको शिशु स्याहार केन्द्रको उद्घाटन गरेका हुन।

Read More

आगलागीमा दुई बालिकासहित तीन जनाको ज्यान गयो

उज्यालो अनलाइनमा प्रकाशित,९ चैत, सिरहा ।

सिरहाका छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा दुई बालिका र एक महिलासहित तीन जनाको ज्यान गएकोे छ । शनिबार अपराह्न धनगढीमाई नगरपालिका-१४, अमिलटारमा दीपक धमलाको गोठमा आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो।

Read More

वडा सदस्यमाथि बलात्कारको आरोप, उजुरीपछि फरार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,९ चैत, ओखलढुंगा।

लिखु गाउँपालिका–३ का वडा सदस्य ५० वर्षीय विष्णुभक्त श्रेष्ठमाथि बालात्कारको आरोप लागेको छ । १७ वर्षीया एक किशोरीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा वडा सदस्य श्रेष्ठमाथि आज शनिबार उजुरी दर्ता गरेकी हुन् । बलात्कारको उजुरी परेपछि वडा सदस्य श्रेष्ठ भने फरार छन् ।श्रेष्ठले आफैँले सञ्चालन गरेको इटा कारखनामा काम गर्ने कामदार किशोरीमाथि बलात्कार गरेको उजुरी परेको हो।

Read More